+977 9854027065 | akulpdsah@gmail.com

दर्ता विना आफ्नै घरमा अबैध प्रसुति सेवा संचालन

12 महीना पहिले प्रकाशित

Akul Prasad Sah

856 Views

प्रिंन्स मिश्रा, कपिलवस्तु
कृष्णनगर, बैशाख ३० गते । कपिलवस्तुको चन्द्रौटामा विना दर्ता अबैध रुपमा प्रसुति सेवा संचालन गरिएको छ । शिवराज नगरपालिका विरपुर स्वास्थ्य चौकिमा कार्यरत अनमी पुनम पोख्रेलले आफ्नै घरमा नागरीकको स्वास्थ्य माथि खेलवाड गर्दै मापदण्ड विपरित प्रसुति सेवा संचालन गरेको जनगुनासो आएको छ ।
पहिलो निर्वाचनमा शिवराज नगरपालिकाको स्वतन्त्र उपमेयर पदका उमेद्वार र दोस्रो निर्वाचनमा नेपालि काग्रेसबाट शिवराज नगरपालिका वडा न ५ का वडा अध्यक्ष पदका उमेद्वार भएर हार ब्यहोरेका हरी पोखरेलको संरक्षणमा पत्नी पुनम पोखरेलले यस्तो काम गर्दै आएकी हुन । नेपाली काग्रेसको प्रभावशालि नेता पोखरेलको राजनैतिक आडमा विगत वर्ष देखि विना दर्ता अवैध रुपमा प्रसुति सेवा संचालन गरेकी हुन । राजनैतिक पहुचको भरमा संचालन गरेको प्रसुती सेवाको कसैले विरोध गर्न सकेका छैन्न । सामाजिक संजालमा सकृय पोखरेल अरुलाई उपदेश दिने गरेपनि आफ्नो संरक्षणमा विगत वर्षदेखि विना दर्ता अवैध रुपमा प्रसुति सेवा संचालन गरिरहेका छन ।
निस्वार्थ सेवा गर्ने स्वास्थय कर्मचारी हुनुपर्ने पुनम पोखरेलले गर्ववती महिलाहरूलाई आफ्नो घरमा प्रसुति गराउन दवाव दिने र मोटो रकम असुल्दै आएकि छिन । आफ्नो घरमा प्रसुति गराउन आउने महिलालाई आक्सीटोसिन इन्जेक्सन दिने गरेकोले महिलाहरूलाई स्वास्थ्यमा समस्या देखिएको छ । उक्त औषधि डब्लु एच ओ को मापदण्ड अनुसार प्रयोग नगरि जथाभावि प्रयोग गर्नाले महिला स्वास्थ्यमा गम्भीर खेलवाड गरेको देखिन्छ ।
स्वास्थ्य चौकि विरपुरमा २४ घण्टे प्रसुती सेवा संचालन भएपनि आफ्नो घरबाट विना दर्ता सेवा संचालन गरिको हो । यसबारे शिवराज नगरपालिका स्वास्थ्य शाखामा बुझ्दा नगरपालिकामा पटक पटक यस्तो गुनासो आएपछि सेवा संचालन नगर्न वा दर्ता प्रकृया पुरा गर्न बारम्बर सुझाव दिदा पनि बेवास्ता गरेको शाखा प्रमुख चुडामणि भट्टराईले बताए । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ ले घरमा हुने प्रसुती कार्य शून्यमा ल्याउने निति अवलम्बन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

कविता : पहिचान

        कविता :        पहिचान लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा   उत्पात मचाउने मान्छे कहिल..

2 दिन पहिले

हात्तीपाइले रोगविरुद्धको औषधि आईतवारदेखि धनुषामा खुवा..

कमल साहजनकपुरधाम,वैशाख २० गते । हात्ती पाइलो रोगको संक्रमण मधेश प्रदेशको धनुषा,सर्लाही सहित सात जिल्लामा जोखिम र..

2 दिन पहिले

एकीकृत सरकारी कर्मचारी संगठन मधेश प्रदेश द्धारा भितेँप..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख १७ गते । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश कार्यसमिति, जनक..

2 दिन पहिले

एकीकृत सरकारी कर्मचारी संगठन मधेश प्रदेश द्धारा भितेँप..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख १७ गते । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश कार्यसमिति, जनक..

2 दिन पहिले

कविता : नदेऊ धोखा

       कविता     नदेऊ धोखा लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा जो गर्छ चोरी बैमानी ।त्यसले गर्छ क..

4 दिन पहिले