+977 9854027065 | akulpdsah@gmail.com

अधिकृत श्रीवास्तवको भ्रष्टाचार आगो जस्तै फैलिदै, जनप्रतिनिधिहरु मौन !

25 दिन पहिले प्रकाशित

Akul Prasad Sah

668 Views

रंजित चौरसिया, वीरगंज,
वीरगंज चैत्र २६ गते । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले नगरपालिकाको कार्यभार सम्हाले देखि भ्रष्टाचारलाई बढावा दिदै पछिल्ला दिनहरुमा हाईलेभलका मौजमस्ती गर्दै गरेको कुरा सो कार्यालयमा व्यापक चर्चाको विषय बनेको छ ।
होली बितेको दुई दिन पछाडि अधिकृत श्रीवास्तव, जिन्सी प्रमुख मनोज साह र लेखा प्रमुख मन्दीप महतोले पार्टनरहरु सहित पर्यटकीय स्थल कास्की जिल्लाको पोखरा भ्रमण गर्न गएको जानकारहरु बताउँदछन् । सोही भ्रमणलाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु बीच व्यापक चर्चाको विषय बनेको एक जनप्रतिनिधिले नाम नछाप्ने सर्तमा यस अनलाईनलाई बताए ।
होली पछाडि पोखराबाट फर्केपछि अधिकृत श्रीवास्तव एक दिन कार्यालयमा हाजिर भई त्यसपछाडि भारतको भ्रमणमा निस्की शनिवार फर्केर आईतवार २५ गते कार्यालय गएका थिए । कार्यालयमा जाँदा कर्मचारी र जनप्रतिनिधिहरुले राम्रो तरीकाले अधिकृत श्रीवास्तव सँग बोलचाल नगर्दा उनको अनुहारमा १२ बजेको ती जनप्रतिनिधिको भनाई रहेको छ ।
कमिशनको मामिलामा घिनाईसकेका अधिकृत श्रीवास्तवले सो कार्यालयमा हेल्थ ईन्सपेक्सनको दरबन्दी नभएतापनि भ्रष्टाचार को रकमबाट संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई खुवाउदै निमित्त पद जोगाउदै आएको स्रोतको कथन रहेको छ ।
भ्रष्टाचारको मामिलामा सुक्ष्म अनुभव बटुलेका भ्रष्ट अधिकृत श्रीवास्तवले करिब तीन महिना अगाडि नगरपालिकामा बिना सूचनाको करिब ७ जना कर्मचारी भर्ना गरेको स्रोतको भनाई रहेको छ ।
पोखरिया नगरपालिकामा कम्प्यूटर अपरेटर र सुपरवाईजरको पद रिक्त नभए पनि अमित चौहान, संदिप साह गोढ, सरोज चौहान, लोकेन्द्र साह कानु लगायत ७ जना मध्ये ५ जना सँग जनही २ लाखको दरले रकम लिई अधिकृत श्रीवास्तवले नियुक्ती गरेको स्रोतको कथन रहेको छ । २ जना कर्मचारी मेयर चौहानको नजिकको रहेकोले सो २ जनाले घुसको रकम नदिएको ती स्रोतको दाबी रहेको छ ।
यति मात्र होईन, पोेखरिया अस्पताल पर्साका निमित्त मेडिकल सुपरिटेन्डेन्ट संजु दास तात्वा सँग अधिकृत श्रीवास्तवले मिलोमतो गरी बिना सूचनाको करिब ५ दर्जन कर्मचारीहरु नियुक्त गरेको अस्पताल स्रोतको भनाई रहेको छ ।
प्रत्येक कर्मचारी सँग कम्तिमा २ लाख र बढीमा ४ लाख सम्म अधिकृत श्रीवास्तव र मेसु तात्वाले करोडौं रकम असुली केही कर्मचारीहरुलाई अस्पतालमा खटाए पनि केहीलाई नखटाउँदा सो अस्पतालमा खैलाबैला मच्चिएको स्रोतले जनाएको छ ।
कम्बल ओढेर घ्यु खादै आएका अधिकृत श्रीवास्तव र मेसु तात्वाको अनियमित्ता सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउदाँ पोखरियावासीहरु दाँतले औला टोक्न बाध्य भएका छन् ।
पोखरिया नगरपालिकाको भ्रष्टाचार  आगो जस्तो फैलिन लागेपछि सो नगरपालिकालाई ठटटाको विषय बनाउदै घोडवा नगरपालिका अचेल भन्ने गरिएको सुन्न थालिएको छ ।
अधिकृत श्रीवास्तवको भ्रष्टाचार बाट आजित भएका केही जनप्रतिनिधि र ठेक्केदारहरु शनिवार राति छलफल गरेर आईतवार नै कालोमोसो दल्ने तयारी गरे पनि केही प्राविधिक कारणवस पछाडि हटेको स्रोतको भनाई रहेको छ । तर कुन बेला अधिकृत श्रीवास्तवलाई कालोमोसो दलेर बिदाई गर्ने हुन, छलफलमै रहेको ती स्रोतको भनाई रहेको छ ।
अधिकृत श्रीवास्तवको कारण पोखरिया नगरपालिका हरेक हिसाबले घिनाई सक्दा पनि समयमै मेयर प्रद्युमन चौहान, उपमेयर रुबी ठाकुर, वडाध्यक्षहरु लगायत जनप्रतिनिधिहरुले सचेत भएर अगाडि बढन सकेन भने बदनामी सिवाय अरु केही नहुने पोखरियाका सचेत नागरिकहको भनाई रहेको पाईएको छ ।
यस सन्दर्भमा अधिकृत श्रीवास्तव सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

कविता : पहिचान

        कविता :        पहिचान लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा   उत्पात मचाउने मान्छे कहिल..

2 दिन पहिले

हात्तीपाइले रोगविरुद्धको औषधि आईतवारदेखि धनुषामा खुवा..

कमल साहजनकपुरधाम,वैशाख २० गते । हात्ती पाइलो रोगको संक्रमण मधेश प्रदेशको धनुषा,सर्लाही सहित सात जिल्लामा जोखिम र..

2 दिन पहिले

एकीकृत सरकारी कर्मचारी संगठन मधेश प्रदेश द्धारा भितेँप..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख १७ गते । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश कार्यसमिति, जनक..

2 दिन पहिले

एकीकृत सरकारी कर्मचारी संगठन मधेश प्रदेश द्धारा भितेँप..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख १७ गते । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश कार्यसमिति, जनक..

3 दिन पहिले

कविता : नदेऊ धोखा

       कविता     नदेऊ धोखा लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा जो गर्छ चोरी बैमानी ।त्यसले गर्छ क..

4 दिन पहिले