कोभिड–१९ विरुद्धको स्वास्थ्य कार्यालय धनुषालाई प्लान इन्टरनेशनल नेपाल स्वास्थ्य सामग्री सहयोग
सुबोध कुमार राउत
जनकपुरधाम, जेष्ठ २४ गते । कोभिड–१९ विरुद्धको लडाईमा स्वास्थ्य कार्यालय, धनुषालाई प्लान इन्टरनेशनल नेपालबाट करिब रु. ३,७१,०००।०० मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । आईतवार स्वास्थ्य कार्यालय, धनुषाको परिसरमा आयोजित कार्यक्रममा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति, धनुषाका सदस्य श्री अशोक कुमार कर्णको उपस्थितिमा प्लान इन्टरनेशनल नेपाल, पूर्व क्षेत्रीय कार्यालय, जनकपुरको तर्फबाट क्षेत्रीय प्रबन्धक श्री रवि शंकर पण्डितले स्वास्थ्य कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख श्री युगल किशोर यादवलाई ती स्वास्थ्य तथा सरसफाई समाग्री हस्तान्तर गर्नु भयो ।
प्लान ईन्टरनेशनल नेपालले धनुषा जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएकाले स्वास्थ्य सामग्रीको अभाव हुन नदिन स्वास्थ्य कार्यालय, धनुषा मार्फत वितरण हुनेगरी ७० थान पिपई पूर्ण सेट, १०० थान ५०० एमएलको ह्याण्ड स्यानिटाईजर, ५००० थान सर्जिकल माक्स, ५००० थान सर्जिकल ग्लोब्स, ६५० थान केएन ९५ मास्क, ६० थान पल्स अक्सिमीटर लगायतको स्वास्थ्य सामग्रीहरु सहयोग गरेको जनाएको छ । यी सामाग्रीहरु धनुषा जिल्लाको विकट पालिकहरु कमला नगरपालिका, शहिदनगर नगरपालिका, जनकनन्दनी गाउँपालिका, विदेह नगरपालिका र सबैला नगरपालिकाको स्वास्थ्य संस्थाहरुलाई कोभिड(१९ प्रतिकार्यको लागि उपलब्ध गरार्ईने छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
