जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साह
जनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहेको छ ।
आईतवारको २४ घण्टे परिक्रमा पनि आरम्भ हुनेछ । त्यो लगाएर फागुन शुक्लपक्षमा जनकपुरधाम क्षेत्रमा परिक्रमा तीन किसिमको हुन्छ । एक १५ दिने, अर्को पँचायन परिक्रमा र तेश्रो २४ घण्टे परिक्रमा हुन्छ ।
पँचायन परिक्रमालाई पाँच दिने परिक्रमा पनि भनिन्छ । १५ दिने परिक्रमा धनुषाधाम पुग्ने दिन उठ्ने गरेको हुन्छ । यो परिक्रमा कल्याणेश्वरबाट उठेर पहिलो राती विश्राम जलेश्वरमा गर्छन । दाश्रो राती क्षिरेश्वरनाथमा, तेश्रो राती धनुषाधाममा, चौथौ राती बहुअर्वामा र पाँचौ राती जनकपुरधाम स्थित तिरहुतियागाछीमा विश्राम गर्ने गदर्छन ।
यसपाली फागुन १३ गते अर्थात बुधबारबाट पंचायन परिक्रमा उठिसकेको छ । पंचायन परिक्रमामा सहभागी हुनको लागि श्रद्धालुवर्ग फागुन १२ गते साँझसम्म कल्याणेश्वरमा जम्मा भएका थिए । त्यहाँ राती विताउन नचाहिनेहरु १३ गते विहान पुगेका छन ।
पँचायन परिक्रमामा सहभागी हुने श्रद्धालु भक्तजनहरु अन्तःगृह परिक्रमा क्षेत्रमा रहेका धार्मिक सरोवरहरुको परिक्रमा गर्दै जल सेचन गर्ने गरेका हुन्छन।
मिथिला माध्यमिक परिक्रमा नामबाट प्रचारित १५ दिने परिक्रमाको अन्तिम पडाव विशौल पुग्ने दिन २४ घन्टे (बोल बाम) परिक्रमा कल्याणेश्वरबाट आरम्भ हुने गर्दछन । बोलबाँम परिक्रमामा सहभागि हुने श्रद्धालुवर्ग विशौल पुगेर पुनः कल्याणेश्वर आई आफ्नो चिनो मिटाएर जनकपुरधाम आउने गर्दछन । बोलबाँम परिक्रमा र पँचायतन परिक्रममा सहभागी हुनेहरु ऐतिहासिक स्थल तिरहुतिया गाछीमा राती बास वस्ने गरेका हुन्छन ।
त्यस्तै १५ दिने परिक्रमामा सहभागी हुने यात्रीहरु रंगभूमिमा या परिक्रमा क्षेत्रमा रहेका अफ्न्तको घरमा समेत वास बस्ने गरेका हुन्छन ।
फाल्गुण पूर्णिमाका दिन अन्तःगृह परिक्रमा गरेर सम्पन्न हुने मिथिला पंचकोसी परिक्रमामा सहभागी हुनको लागि मथिलाविहारी र किशोरी जीको डोला गत ४गते सोमवार राति जनकपुरधामको हनुमानगढीमा वास बसेको थिए । परिक्रमामा नांगै खुट्टा सहभागि हुने चलन रहेको छ ।
१५ दिने परिक्रमाको प्रमुख केन्द्रबिन्दु मिथिलाविहारी जी को डोला जनकपुरधाम को जानकी मन्दिरबाट ५ कि.मी. उत्तर कचुरी मठबाट उठेको हो । त्यस्तै किशोरी जीको डोला जनकपुरधामकै अग्नी कुण्ड स्थित शिया राघव शरणको राम जानकी मन्दिरबाट उठने गर्दछ ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 घन्टा पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
11 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
23 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
26 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
