नेपाल चार्टर्ड एकाउन्टेण्ड लगायतद्वारा निःशुल्क भोजन
कमल साह
जनकपुरधाम,मंसिर २२ गते । श्री सीताराम विवाह महोत्सव अवसरमा नेपाल चार्टर्ड एकाउन्टेण्ड संघ जनकपुरधाम ले यहाँका एतिहासिक स्थल रंगभुभि मैदानमा निःशुल्क भोजन संचालन गरेको छ ।
बारहविगहा परिसरको शंकटमोचन क्षेत्रमा आयोजित निःशुल्क भोजन कार्यक्रमबाट १२ हजार ३ सय जनाले आफ्नो भोक मिटाएको जनाएको छ ।
चाटर्ड एकाउन्टेण्ड संघ जनकपुरधाम को निःशुल्क भोजन कार्यक्रम मनपराएर केहि प्रदेश स्तरीय संघका सदस्यको पनि सहयोग भएको थियो । उनिहरुले श्रद्धालुहरुलाई खुवाएको भोजनमा पुरी, बुनिया, च्युरा,तरकारी र ड्रिंकिंग पानी रहेको जनाएको छ ।
उनिहरुले धार्मिक तथा ऐतिहासिक स्थल रंगभुमि फोहरमय नहोस् उद्येश्यबाट खुवाएको पात तथा पानीका गिलासहरु समेत संकल गरेका छन ।
त्यस्तै जनकपुरधाम उप महानगपालिका स्थितका व्यापारीहरुको सहयोगमा,तैलिक समाज जनकपुरधाम द्वारा जनक चौकमा,मगही फाउण्डेशन द्वारा, जनकपुरधाम वार्ड नैे ९ द्वारा पनि निःशुल्क भोजन खुवाएको छ ।
त्यस्तै महावीर युवा कमिटी ले राम मन्दिरमा, सुड़ी समाजले रामजानकी सुडी मन्दिरमा,व्याहुत कलवार ८४ ले आफ्नै मन्दिरमा, जनकचौकका युवा व्यावसायीले जनकचौकमा,मिथिला समाज सेवा समिति ले आफ्नै कार्यालया जानकी चौका निःशुल्क भोजन गराएका छन ।
महोत्सव अवसरमा यहाँका विभिन्न संघ संस्थाले श्रद्धालु भक्तजनहरुलाई चिया बिस्कुट,पानी लगायतका अनेक प्रकारबाट निःशुल्क सेवा प्रदान गरेका छन । तैलिक साहु समाज ले शिवचोकमा निःशुल्क खाना खुवाएको छ । त्यस्तै हनुमान मन्दिर रेल्वे स्टेशनले खाना तथा अवासको व्यवस्था गरेको छ ।
मेलामा आउने यात्रीहरुको प्राथमिक उचारका लागि दजनौं संघ संस्थाहरुले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन ।
कमेन्ट गर्नुहोस्
“शहीद सत्य नारायण मेमोरियल कप“ आजबाट कपिलेश्वरमा सुरु
सुबोध कुमार राउत,जनकपुरधाम, ८ गते । शहीद सत्य नारायण शाह स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित “शहीद सत्य नाराय..
19 घन्टा पहिले
वैदेशीक रोजगारीका लागि मधेशबाट १५ लाख ७ हजार युवा युवती ..
कमल साहजनकपुरधाम,माघ ७ गते । रोजगारी खोज्दै मधेश प्रदेशबाट १५ लाख ७ हजार युवा युवती बिदेश पलायन २० वर्षमा भएका छन ..
2 दिन पहिले
एभरेष्ट रिलिफ (यु एस ए नेपाल) फाउण्डेसनले राहत बितरण
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस ६ गते । सर्लाहीको हरिवनमा राहत सहयोग प्रदान गरिएको छ । एभरेष्ट रिलिफ (यु एस ए नेपा..
3 दिन पहिले
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन निर्देशक..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, माघ १ गते । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक ठाकुर पक..
8 दिन पहिले
मधेश प्रदेश सरकारले एक हजार छियासी शहीद परिवारको बिमा गर..
कमल साह जनकपुरधाम,पुस २५ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेश प्रदेशमा विभिन्न आन्दोलनको क..
12 दिन पहिले