+977 9854027065 | akulpdsah@gmail.com

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

3 घन्टा पहिले प्रकाशित

Akul Prasad Sah

81 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भएको ले निर्माण व्यावसायी मार्कामा परेको छ ।
मधेश प्रदेश निर्माण व्यावसायी महासंघ जनकपुरधाम ले डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धनमा भएको मुल्य वृद्धिबाट सम्पूर्ण निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको बाट जोगाउन मधेश प्रदेश सरकार समक्ष ज्ञापन पत्र बुझाउने आज आयोजित पत्रकारसम्मेलनमा जनाएको छ ।
मधेश प्रदेशका मुख्यमंत्री कृष्ण प्रसाद यादव समक्ष निर्माण व्यावसायी महासंघ मधेश प्रदेशले वैशाख १४ गते ज्ञापन पत्र बुझाउने महासंघका बरिष्ठ उपाध्यक्ष कैलाश प्रसाद यादवले बताउनु भयो ।
मुख्यमंत्रीलाई बुझाउने ज्ञापन पत्र समेत बरिष्ठ उपाध्यक्ष यादवले पढेर सुनाउनु भयो । निर्माण व्यावसायीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रेशित विज्ञप्तिमा इन्धनमा भएको अप्रत्याशित मुल्य बृद्धिले पूर्वाधार क्षेत्रमा सुनामी ल्याएको उल्लेख गरिएको छ । इन्धनमा भएको मुल्य बृद्धिले निर्माण सामग्रीहरुको अभाव हुन पुगेकोले प्रायःनिर्माण उद्योग ठप्प हुने अवस्थामा रहेको उल्लेख गर्दै अब ‘म्याद थप’ अपरिहार्य रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनको अध्यक्षता गर्दै निर्माण व्यावसायी महासंघ मधेश प्रदेशका अध्यक्ष मुन्ना चौधरीले भन्नुभयो,‘ नेपाल सरकारले गाडी भाड़ा दर समायोजन गर्न पुगेको झैं निर्माण व्यावसायीको समस्या तत्काल ध्यान पु¥याउन आवश्यकता रहेको छ । ’ उहाँले यदी सरकारले ध्यान पु¥याएन भने अबको सातदिन पछि सम्पूर्ण निर्माण व्यावसायी ले ‘काम होलिडे’ गर्ने चेतावनी समेत दिनुभयो ।
मधेश प्रदेशका अध्यक्ष चौधरीले मुख्यमंत्री कृष्ण प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउन हामी १४ गते आउँदै छौं भनेर जानकारी गराईसकेको बताउनु भयो ।
निर्माण व्यावसायी मुन्ना साह ले निर्माण व्यावसायीहरुले लिएका ठेक्काहरुमा झण्डै ९० प्रतिशतको निर्माण कार्य बन्द भईसकेको बताउनु जानकारी गराउनु भयो । उहाँले ज–जस्ले बालुवा गिट्टी स्टोर गरेको हो उनिहरुको मात्र निर्माण कार्य जारी रहेको बताउँदै, तर कालोपत्र कार्य पूर्ण रुपमा सबै निर्माण व्याबसायीको बन्द रहेको थप्नुभयो ।
डिजेल र पेट्रोलमा भएको अप्रत्याशित मुल्य बृद्धिले ईंट,बाल्वा,गिट्टी,सिमेन्ट,डण्डी,विट्वीन(अलकत्रा) लगायतका सामग्रीमा अप्रत्यासितरुमा भएको मुल्य बृद्धीको निकास सरकारले दिनुपर्ने उहाँ ले थप्नुभयो ।
त्यस्तै मधेश प्रदेश निर्माण व्यावसायी संघका महासचिब उपेन्द्र चौधरी भन्नुहुन्छ,‘ निर्माण सामग्रीको मुल्य बृद्धिबारेमा संघीय सराकारलाई पटक पटक हामी भन्दै आएको भएपनि मौखिकरुपमा अस्वासन मात्र दिंदै आएको हो ।’ तर, निर्माण व्यावसायीले निकाशको मागंगर्दै आएको भन्दै उहाँले देश विकासको लागि निर्माण व्यावसायीको मांग सम्बोधन हुनु अत्यन्त आवश्यकता रहेको थप्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 घन्टा पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

20 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले