+977 9854027065 | akulpdsah@gmail.com

रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊर्जा

6 महीना पहिले प्रकाशित

Akul Prasad Sah

1164 Views

भागचरण यादब, जनकपुरधाम, 
जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग जोडिएकी छिन्, हाल आफ्नो नयाँ टोली “रमौलवाली मैथिली सांस्कृतिक मञ्च” मार्फत मिथिलाको गौरव संरक्षण र प्रवद्र्धनमा सक्रिय छिन्। यो मञ्च एस.आर. मैथिली मिडिया प्रा.लि. को संचालनमा गत एक वर्षदेखि निरन्तर रूपमा मिथिलाञ्चलमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

मञ्चको उद्देश्य मैथिली भाषा, कला र परम्पराको संवर्धन र प्रचार–प्रसार गर्नु हो। यस मञ्चले आयोजना गरेका कार्यक्रमहरूमा सयौं मैथिली गीत, नृत्य र हास्य प्रहसन प्रस्तुत भइसकेका छन्। यस्ता प्रस्तुति मार्फत दर्शकहरू मनोरञ्जन पाउने मात्र नभई सामाजिक सन्देश र सांस्कृतिक चेतना पनि प्राप्त गर्दै आएका छन् ।

मञ्चका प्रमुख कलाकारहरूमा रीना यादव (प्रहसन), राजरोहित मैथिल, अमर कर्ण, भागचरण यादव (प्रहसन कलाकार), सुनिल राजा, गोरकी, फुलकुमारी, गीताञ्जली (नृत्य), रौशन मिश्र (वाद्यवादक), सन्तोष झा (गायक), बलराम झा (उद्घोषक), लाल यादव (साउण्ड व्यवस्थापन), ललन ठाकुर (कार्यक्रम व्यवस्थापन) समावेश छन्। यी कलाकारहरूले मिथिलाका गाउँ र शहरमा कार्यक्रम प्रस्तुत गरी मैथिली भाषाको प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।



हालै सम्पन्न कार्यक्रममा कलाकारहरूले रंगीन पोशाक र पारम्परिक भेषभूषामा आकर्षक मैथिली गीत, नृत्य र हास्य प्रहसन प्रस्तुत गरे। कार्यक्रममा दर्शकहरूको उत्साहजनक उपस्थिति रह्यो र वातावरण पूर्ण रूपमा उल्लासपूर्ण बन्यो ।

मञ्चका प्रतिनिधिका अनुसार, आगामी महिनाहरूमा बिहार र नेपालको विभिन्न जिल्लामा सांस्कृतिक कार्यक्रमको श्रृंखला आयोजना गरिनेछ। यस प्रयासबाट स्थानीय प्रतिभा दर्शकसमक्ष आउनेछन् र मैथिली संस्कृति तथा पहिचानलाई मजबूती मिल्नेछ ।

रमौलवाली मैथिली सांस्कृतिक मञ्चले सम्पूर्ण प्रदेशका कलाकारहरूलाई एकत्रित गर्दै “भाषा, संस्कृति र पहिचान – हाम्रो गौरव” भन्ने नारासँग सांस्कृतिक जागरण अभियान निरन्तर अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

11 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 महीना पहिले