+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधामको सीमामा वाटर पार्क संचालन

2 महीना पहिले प्रकाशित

Akul Prasad Sah

264 Views

कमल साह
जनकपुरधाम,फागुन २८ गते । मधेश प्रदेशको राजधानी एवं धार्मिक तथा सांस्कृतिक नगर जनकपुरधामको सीमामा शुक्रबारबाट वाटर पार्क संचालनमा आएको छ । वंडरलैण्ड वाटर पार्कको उद्घाटन नेपालको चर्चित अभिनेत्री प्रियंका कार्कीले गर्नुभयो । उद्घाटन समारोह आयोजना भएको दिन भरी निःशुल्क प्रवेश सर्वसाधारणले गरेका छन ।
प्रदेशमै सबैभन्दा ठुलो तथा अत्याधुनिक रहेको वाटर पार्क स्थलमै विहिवार पत्रकार सम्मेलन गरेर सो जानकारी गराईयो । क्षिरेश्वर नगरपालिका–१ रमदैयामा निर्माण गरिएको जानकी फन पार्क एण्ड रिसोर्टको प्रबन्धक निर्देशक गुड्डु जैनले उक्त जानकारी गराउनु भयो ।
पर्यटन प्रबद्र्धन गर्नुका साथै रोजगारीको अवसर सृजना गर्न तथा यस क्षेत्रका जनतालाई मनोरंजन प्रदान गर्ने उदेश्यबाट वाटर पार्क संचालनमा ल्याएको छ ।
उहाँले यस वाटर पार्कको उद्घाटन नेपालको चर्चित अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितीमा शुक्रबारबिहान ११ बजे हुने जानकारी गराउनु भयो ।
सो वाटर पार्कको क्षेत्रफल ३ लाख स्क्वायर फिट रहेको छ । त्यसमा मल्टीलेन स्लाइड टु लेन, वडी वेभ स्लाइड, हाइ स्पिड वडी स्लाइड, ओपेन वडी टर्निङ्ग स्लाइड, ओपेन फ्लोट स्लाइड, वेभ पुल, रेण डान्स, ५ प्लेटर्फम वाटर प्ले सिस्टमलगायतका मनोरञ्जन उपकरणको निर्माण कार्य सम्पन्न भइसकेको जैनले बतउनु भयो । पार्कका आगन्तुकहरुका लागि पर्याप्त पार्किंगको व्यवस्था समेत गरिएको छ ।
वाटर पार्कमा दक्ष तथा अनुभवी कर्मचारीहरुको निगरानीमा बिहान १०ः३० बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुने उहाँले बताउनु भयो । पार्क प्रवेशमा ३ फीट मूनीका बालबालिकालाई कुनै प्रवेश शुल्क लाग्ने बताउँदै जैनले अन्यको हकमा प्रति व्यक्ति कर सहित रु. ८५० प्रवेश शुल्क निर्धारीत गरिएको भन्नुभयो ।
पार्कका पानीको स्वच्छता कायम गर्न पार्कमा हाल ४ वटा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरेको छ । आगन्तुकहरुका लागि कस्ट्युम तथा लकरको व्यवस्था रहेको छ ।
वाटर पार्क सिद्धार्थ बैंक लिमिटेडको ऋण सहयोगमा निर्माण भएको छ । त्यसमा १२ करोड ५० लाख खर्च भै सकेको छ । उदघाटन दिन सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..

6 दिन पहिले

खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..

धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..

8 दिन पहिले

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..

रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..

1 महीना पहिले

पत्रकार रजकको हत्या विरोधमा रैली

कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..

1 महीना पहिले

हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी

कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..

1 महीना पहिले