+977 9854027065 | akulpdsah@gmail.com

बिन्धीका भूमिपुत्र(मुसहर) हरुलाई दुई–दुई कठ्ठा सरकारले जमिन उपलब्ध गराउन पर्दछ–वडाध्यक्ष साह

2 महीना पहिले प्रकाशित

Akul Prasad Sah

218 Views

कमल साह
जनकपुरधाम,फागुन २१ गते । जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. २३ का वडाध्यक्ष राघवेन्द्र साह ले वेला बखतमा सरकारले सुकुम्बासीहरुलाई मधेशको जंगल फडानी गरेर जमिन वितरण गरेको थियो । तर, देशका वास्तविक भूमिपुत्रहरु आजसम्म सुकुम्बासी जीवन विताईरहेको बताउनु भयो ।
उहाँले यो कुराको लागि उदाहरण आफ्नै वडालाई दिनुभयो । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ को बेला र बिन्धि गाउँमा झण्डै एक सय घर मुसहर जाति रहेका छन् । तर, उनिहरुले सार्वजनिक पोखरीको डिलमा घर बनाएर जीवन यापन गर्दै आएको उहाँले बताउनु भयो ।
वडाध्यक्ष साहले बिन्धि,बेला झैं जनकपुरधाम उमहानगरपालिकामा थुप्रै मुसहर सुकुमवासी भएर जीवन आपन गर्दै आएका हुन । तर, उनिहरुलाई आजसम्म सरकारले जग्गाको स्वामित्व प्रदान गर्न नसेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
वडाध्यक्ष साह ले सोमवार मुसहर समुदायको देवता भुईयाँ महाराजको पूजा समारोह आयोजना गर्नुभयो । त्यस अवसरमा उहाँले उक्त कुरा बताउनु भयो ।
साविक बिन्धि गाउँपालिकामा एउटै गाउँको एउटै समुदायको प्रधान पंच हुँदै आएको थियो । जनकपुरधाम उपमहानगरपालिकाको एक वार्ड नं. २३ भएपनि बिन्धीको प्रभुत्व छँदै थियो । त्यस प्रभुत्वलाई तोडन स्थानिय निर्वाचन ताका बेला र लादो गाउँका जनता एक मत भएका थिए । यसैक्रममा बेला गाउँका मुसहर जातिले राघवेन्द्र साह वार्ड अध्यक्षमा निर्वाचित भए भुईयाँ महाराजको अपटनी गर्ने भाकल गरेका थिए । सो कुरा वडाध्यक्ष लाई थाह हुँदा उहाँले फागुन १९ गते अपटनी पूजा गर्नुभयो ।
अपटनी पूजाको क्रममा सक्रिय रहेका धामिहरुलाई सम्मानस्वरुप तकमा प्रदान गर्दै वडाध्यक्ष साहले हाम्रो वार्डमा रहेको सुकुम्बासी मुसहर जातिलाई दुई–दुई कठ्ठा जमिन प्रदान गरेर वास्तिविक नागरिक बनाई दिनको लागि आग्रह गर्नुभयो ।
भूईयाँ महाराजको पूजा अवसरमा बेला,लादो,बिन्धी लगायतका गाउँबाट श्रद्धालु भक्तजन तथा भरभालादमीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..

रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..

24 दिन पहिले

पत्रकार रजकको हत्या विरोधमा रैली

कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..

27 दिन पहिले

हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी

कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..

27 दिन पहिले

सेतो अण्डा ९६ क्यारेट नष्ट

मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्र..

29 दिन पहिले

कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन

कमल साहजनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिका..

29 दिन पहिले