+977 9854027065 | akulpdsah@gmail.com

सर्लाहीमा असार ७ सम्म निषेधाज्ञा थप

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1265 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ ३१ गते । सर्लाहीमा जारी निषेधाज्ञा असार ७ गतेसम्म थपिएको छ । कोरोना संक्रमण नियन्त्रणमा आइनसकेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
यसअघि जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोरोना भाइरस संक्रमण अझै नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा थप्न प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
सर्लाहीमा लगाइएको निषेधाज्ञा आज मध्यराति १२ बजे सकिंदैथियो । जिल्ला प्रशासन कार्यालयले यसपटकको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ । किराना, फलफूल र तरकारी पसलका साथै बैंक तथा वित्तीय संस्थालाई नियमित सञ्चालनको अनुमति दिइएको छ ।
स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेटूोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सबै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, शव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिइएको छ ।
विवाह, व्रतबन्ध तथा मृत्यु संस्कार लगायतका कार्यमा भौतिक दूरी कायम गर्दै बढीमा २५ जनासम्म उपस्थित हुन पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

19 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

30 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले