+977 9854027065 | akulpdsah@gmail.com

धनुषामा अगामी १४ गतेसम्म निषेधाज्ञा बढाइयो तर, सरकारी अर्ध सरकारी अड्डाहरु पनि खुल्ने

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1768 Views

कमल साह
जनकपुरधाम,असार ७ गते । धनुषामा ७ दिन निषेधाज्ञा थप गरेर १४ गते सम्म पारिएको छ।तर, जोर विजोर गरेर टेम्पु र जिप पनि चलाउने छ ।

जिल्ला प्रशासन कार्यालय धनुषा मा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठका बाट आज राती १२ बजेदेखि ७ दिनसम्म लागु हुने गरि निषेधाज्ञा थप गरिने निर्णय गरिएको छ । साथै आवश्यक पसलहरु आब दिउँसो ३ बजेसम्म खोल्न मिल्ने बैठकले निर्णय गरेको छ ।
गत साता नै त्यस्ता पसलहरू बिहान ११ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको थियो ।
बैठक ले निजी सवारी साधन मोटरसाईकल ,टेम्पू, ट्याक्सी आदि जोर बिजोर प्रणाली अनुसार चलाउन सकिने निर्णय गरिएको छ । त्यस्तै, विद्यालयहरुमा भीडभाड हुन नदिई आलोपालो गरी पुस्तकहरु वितरणको व्यवस्था गर्न सकिने उल्लेख गरिएको छ । सरकारी, अर्ध सरकारी कार्यालय, स्थानीय तह एवं संस्थानहरुले भीडभाड हुन नदिई आलोपालो गरी नियमित सेवा सुचारु गर्ने निर्णय बैठकमा गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले नियमित सेवा सुचारु गर्न भनिएको छ ।
निषेधाज्ञा आदेशको उल्लघंन गर्ने व्यक्ति तथा संस्थालाई कानुन अनुसार कारबाही गरिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

19 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

30 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले