बलभद्र पुजनोत्सव विभिन्न कार्यक्रम गरी मनाइयो
कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र २७ गते । भगवान श्री बलभद्र पुजनोत्सव विभिन्न कार्यक्रमगरी हर्षाेल्लासका साथ मानइयो ।
व्याहुत कलवार समुदायको कुल देवता भगवान श्री बलभद्र को पुजनोत्सव अन्य वर्ष झै यस वर्षपनि हर्षाेल्लासका साथ मनाइएको हो ।
जनकपुरधाम वडा नम्बर ४ स्थित व्याहुत कलवार सेवा समिति द्वारा संचालित रामजानकी मन्दिरमा सप्ताह व्यापी कार्यक्रम गरी बलभद्र पुजनोत्सव मनाइएको छ ।
भगवान बलभद्रको जन्मोत्सव अवसरमा व्याहुत कलवार सेवा समितिले आज आईतवार विहान शोभा यात्रा निकालिएको छ । समितिको प्राङ्गनबाट निकालिएको शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरिएदै यहाँका ऐतिहासिक सरोवर गंगा सागरमा जल भरेर पूजा स्थलमामा पुर्याएको छ ।
व्याहुत कलवार सेवा समितिका अध्यक्ष शम्भु प्रसाद साहको अध्यक्षता तथा निरज विक्रम साहको संयोजकत्वमा निकालिएको शोत्रा यात्रा महावीर चोक, सुनारपट्टी, जानकी चौक, देवी चौक, मिल्सएरिया, भानु चौक, शिव चौक, जनक चौक, राम चौक, महावीर चौक हुदैं पुन व्याहुत सेवा समितिमा पुगेको छ ।
बलभद्र पुजा अवसरमा आयोजित सप्ताह व्यापारी कार्यक्रम अन्तर्गत चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । त्यसमा प्रथम दोश्रो र तेश्रो हुनेलाई तथा सहभागी बालबालिकालाई प्रशंसापत्र सहित सम्मान गरिएकोे छ ।
चित्रकला प्रतियोगितामा अनामिका साह प्रथम, राजनन्दनी दोश्रो र अनामिका साह तृतिय भएका छन । प्राचीन कालदेखि नैं कृष्ण भगवानका दाई वलरामको अर्को स्वरुप नै बलभद्र भगवान हुन भनि मान्यता रहेको छ । व्याहुत कलवार समुदायले बलभद्र भगवानलाई कुल देवताको रुपमा उहिल्येदेखि मान्दै आएका हुन ।
अध्यक्ष शम्भू प्रसाद साहले बताउनु भए अनुसार बलभद्र भवगानलाई कुलदेवताको रुपमा विभिन्न समुदायका श्रद्धालुहरु पनि मान्दै आएका हुन ।
बलभद्र भगवानलाई बलरामको रुपमा पनि लिने गरेको बताउँदै उहाँले बललाई शक्ति र भद्रलाई अन्न मानिएको बताउनुभयो । उहाँले बलभद्र भगवानलाई भात, विशेष किसिमको दाल र पाँच थरीको तरकारीको भोग लगाउने प्रचलन रहेको जानकारी गराउनु भयो ।
गत सोमबारबाट आरम्भ भएको साप्ताह व्यपक कार्यक्रमका संयोजकहरुलाई समेत आज सम्मान गरिएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
