+977 9854027065 | akulpdsah@gmail.com

वडादशैं मनाउन महावीरले कार्य आरम्भ गरियो

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1303 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, आश्विन २ गते । यसवर्षको वडादशैं अन्य वर्षझैं व्यवस्थित तथा अविषमर्णिय बनाउनको लागि महावीर युवा कमिटी आफ्नो कार्य आरम्भ गरिसकेको छ ।
यसवर्ष घटस्थापना असोज २१ गते हुन गईरहेको छ । त्यसलाई मध्यनगरगर्दै महावीर युवा कमिटी आफ्नो तयारिमा जुटिसकेको छ । राजदेवी मन्दिरको रंगरोगनबाट कार्यक्रम आरम्भ गरिसकेको छ ।
महावीरले दुर्गा पुजा सफल पार्न महावीर युवा कमिटी ले विभिन्न उपसमितिहरु गठन गरेको छ ।
यहाँको ऐतिहासिक स्थल राम मंन्दिरको अर्को आंगनमा स्थापित राजदेवी माता निरकार रुपमा बिराजमान रहेकी छिन । दुर्गा पुजा अवसरमा राजदेवी माता मन्दिरलाई स्थानिय महावीर युवा कमिटीले दुल्ही झै सजाउंदै आएको छ ।
राजदेवी माता प्रति समस्त सनातन धर्मावलम्बीको आस्थाका केन्द्र बिन्दु बन्दै अएको हुनाले नै दुर्गा पुजा अवसरमा यहाँ निकै भिड लाग्ने गरेका हुन्छन ।
महावीर युवा कमिटी ले यस वर्ष दुर्गा पुजा व्यवस्थित तथा अविषमर्निय बनाउन विभिन्न उपसमिति गठन गरेको छ ।
हुनत महावीर युवा कमिटी ले राजदेवी माताको मन्दिरमा वर्षको दुई पल्ट नवरात्रा मनाउने गर्दछ । शरदीय नवरात्रा र अर्को चैत्री नवरात्रा । तर, त्यसमा शरदीय नवरात्रालाई वढी प्राथमिकता दिंदै आएकोछ ।
गुठी संस्थान ले नौ दिनसम्म माता राजदेवीमा विधिवत पुजा आर्चा गराउँदैछ । भने महावीर युवा कमिटीले मन्दिर परिसर, माताको गहवर लगायतलाई सजाएर बेहुली झैं बनाउने गर्दै आएको हो ।
राममन्दिरदेखि राजदेवी मन्दिरसम्मलाई सजाउने थालेको देखि दर्शनार्थिको भिड लाग्दै आएको महावीर युवा कमिटीका पूर्व अध्यक्ष शुनिल प्रसाद ले जनाएका छन ।
महावीर युवा कमिटी का अध्यक्ष बलराम साह को अध्यक्षतामा वसेको बैठकले मुल संयोजक देखि विभिन्न उपसमितिको उपसंयोजक सर्वसम्मतिबाट चयन गरिएको छ ।
कलश स्थापनादेखि विजयादशमीसम्म चल्ने राजदेवी पुजा व्यवस्थित तरिकाबाट मनाउन दिपक यादव को संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।
त्यस उपसमितिमा कालरात्री(ठेहा संयोजकमा आशुतोष साह (छोटु),सुरक्षा समिती संयोजकमा धिरज बिक्रम साह,रमाइलो मेला संयोजकमा बिजय यादब,भजन सन्ध्या संयोजकमा बलराम साह,भब्य श्रृङ्गार संयोजकमा नितेश ज्यसबाल, खोइच भराइ संयोजकमा शम्भु साह प्रशाद,रावण बध संयोजकमा रन्जन जयसवाल, विज्ञापन संयोजकमा दिपक गुप्ता,कोभिड संयोजकमा सन्जिव साह र बिजय जुलुस संयोजकमा श्याम साह चयन भएका छन ।
त्यस्तै खाना व्यवस्थापन संयोजकमा सन्तोष शर्मा,लाइन व्यवस्थापन संयोजकमा शशी साह, फाउन्टेन संयोजकमा बजरङ लहेरि,नारिवल संयोजकमा राजु राउत,सरसफाइ संयोजकमा सुनिल राउत र प्रसाद वितरण संयोजकमा सुनिल मिश्रा लाई सर्वसम्मतिबाट चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

19 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

29 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले