प्रथम उपमेयर कप क्रिकेट प्रतियोगीताको उपाधी गोडैताले उचाल्यो
सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस २० गते । हरिवनमा भएको प्रथम उपमेयर कप क्रिकेट प्रतियोगीताको उपाधी गोडैता नगरपालीकाले उचालेको छ । सोमबार भएको प्रतियोगीताको फाईनल खेलमा बागमती नगरपालीका लाई ५ विकेटले हराउदै गोडैता नगरपालीकाले उपाधी चुमेको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको बागमतीले १६ ओभरमा सबै विकेट गुमाएर ५० रन बनाएको थियो ५१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको गोडैता नगरपालीकाले ६ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटाएको हो ।
प्रथम हुने टिम लाई नगद रु २१ ह्जार शिल्ड, मेडल, प्रमाणपत्र त्यसैगरी दोस्रो हुने टिम लाई नगद रु ११ हजार, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । यसैबिच खेलको म्यान अफ दि म्याच गोडैताका भाग नारायण साह भए उनले १४ रन खर्चेर बिपक्षिको ४ विकेट लिएका थिए भने म्यान अफ दि सिरीज हरिवनका एलेक्स बुढाथोकी भए उनले २ वटा हाफ सेन्चुरी बनाएका थिए । हरिवनमा पहिलो चोटी भएको प्रथम उपमेयर कप क्रिकेट प्रतियोगीताको प्रमुख अतिथी हरिवन नगरपालीकाकी उप प्रमुख रेणुका पौडेल अतिथी हरुमा हरिवन नगरपालीका वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा, बिदुर प्याकुरेल, केशव ढकाल, अनिल हमाल, प्रवेश पोखरेल, निशा बानिया ठकुरी, प्रभु नारायण शिवाकाटी, गिता राउत, अन्जना शिवाकोटी, युग बहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो । यसै कार्यक्रमका बिच केही समाज सेवि , संचारकर्मि लगायत लाई पनि सम्मान गएिको थियो । ८ टिम सहभागी भएको यो प्रतियोगिता पौष १० गत्ते देखी सुरु भएको आयोजक समितीका अध्यक्ष राकेश चौधरीले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
