राष्ट्रिय बचत सहकारीले शाखा विस्तार गर्ने
कमल साह, जनकपुरधाम
जनकपुरधाम, पुस २४ गते । बचत सहकारीको दौरमा अबल रहेको राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाले शाखा विस्तार गर्र्ने भएको छ ।
सहकारीको २० औं साधारण सभाका प्रमुख अतिथी जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साह र राष्ट्रिय बचत सहकारीका संचालकको इच्छालाई सहजता पूर्वक बन्दसत्रले परित गरिदिएको एक जना सदस्यले बताएका छन । उहाँका अनुसार राष्ट्रिय बचत सहकारीको सधारण सभाले शाखा विस्तार गर्ने प्रस्ताव सर्वसम्मतिबाट परित गरिदिएको छ ।
जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहले आफ्नो मन्तव्य राख्दै राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था ले हरेक वर्ष एक–एक वटा शाखा विस्तार गर्दै रहोस् भनि कामना गर्नुभएको हो ।
राष्ट्रिय बचत तथा ऋण सहकारीका अध्यक्ष बिद्याकर प्रसाद शाह को अध्यक्षतामा आरम्भ भएको उद्घाटन सत्रको आरम्भमा सहकारी भित्रमा रहेका जेष्ठ नागरिकहरु मध्येबाट ४ जनालाई सम्मान गरिएको छ । प्रमुख अतिथीको हातबाट दोसाल्ला तथा मायाको चिनोबाट सम्मानित हुनेहरुमा रामपृत यादव,देव सुन्दरी देवी, दुःखन राउत र राजेश्वर यादव रहेका छन् ।
त्यस्तै दुई असल ऋणी र दुई जना असल बचतकर्तालाई पनि प्रमुख अतिथी साहले देसाल्ला ओढाएर सम्मान गर्नुभयो । सम्मानित हुनेहरुमा असल ऋणबाट सुनिता देवी यादव र राजो देवी तथा असल बचत कर्ता तर्फबाट मिना देवी पासवान र रामविलास मण्डल रहेका छन ।
राष्ट्रिय बचत सहकारीले आफ्नो २० औं साधाराण सभा अवसरमा राधाकृष्ण र मणिमण्डप महिला बचत समुहका पाँच–पाँच जना सदस्यलाई गम्छाबाट सम्मानित गरिएका छन ।
उसैगरी ९ वटा महिला बचत समुहका अध्यक्षलाई सम्मान गरेको छ । सम्मानित हुने महिला बचत समुहहरुमा क्रमशः महारानी, लक्ष्मी,रामजानकी,दुर्गामाता,शान्ति, जानकी,अमृत (क),अमृत र मिथिला महिला बचत समुह रहेका छन ।
सो सधारणसभाका अध्यक्षता गर्दै सहकारीका अध्यक्ष बिद्याकर प्रसाद शाह ले आफ्नो मन्तव्यमा गत आर्थिक वर्षमा ८ करोडको कारोबार भएको बताउनु भयो । उहाँले १५ प्रतिशत बोनस हरेका सदस्यलाई वितरण गर्ने बताउनुभयो । सो सहकारीको शेयर सदस्य एक हजार एक सय ७५ रहेको जनाएको छ ।
यहाँका एक पार्टी पैलेशमा आरम्भ भएको २० औं सधारण सभामा शुभकामना मन्तव्य राख्नेहरुमा नेफ्स्कुन जनकपुर शाखाका राजन ढकाल,श्यानिका महतो,रामसनेही साह,रामनगिना राउत,अमित ठाकुर लगायत रहेका छन ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
