जनक छात्रावासको अध्यक्षमा दीक्षित निर्वाचित
कमल साह
जनकपुरधाम,माघ १४ गते । जनजाति कल्याण आश्रमद्वारा संचालित जनक छात्रावासको अध्यक्ष पदमा कृष्णकुमार दीक्षित सर्वसम्मतिबाट निर्वाचित भएका छन ।
जनजाति कल्याण समाज जनकपुरधाम शाखा ले यहाँका ऐतिहासिक स्थल रत्नसागर को उत्तर पश्चिम कुना स्थित रामजानकी मन्दिरलाई कार्यालय बनाएर छात्रावास संचालन गर्दै आएको छ । रत्नसागर स्थान अन्तर्गत रहेको सो रामजानकी मन्दिर जनजाति कल्याण आश्रमलाई जनक छात्रावास संचालन गर्नको लागि प्रदान गरिसकेको छ ।
उक्त जनक छात्रावासमा विहिवार आयोजित वृहत सभा ले अध्यक्ष पदमा कृष्णकुमार दीक्षित, उपाध्यक्षमा ऋषिकेश साह, महासचिवमा कालेश्वर महतो, सचिवमा अमित कुमार साह र कोषाध्यक्षमा आसुतोष चिरानियालाई सर्वसम्मतिबाट निर्वाचित गरिएका छन ।
त्यस्तै सदस्य पदमा सचिन सिंह,रमण कुमार साह र अनिकेत रुङ्गटा सर्वसम्मतिवाट चयन भएका छन । रिक्त सदस्य पदमा एक जनालाई पछि कार्य समितिमा मनोनयन गर्ने जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष दीक्षित पहिलाको कार्यसमितिमा कोषाध्यक्ष पद सम्हालनु भएको थियो । सो पदमा रहेर उहाँले गर्नुभएको सराहनिय कार्यलाई मुल्यांकन गर्दै जनजाति कल्याण आश्रम जनकपुर द्वारा एकमतबाट अध्यक्ष पदमा चयन गरियो । साथै सधारण सभाले उहाँलाई नै आफुखुसी कार्यसमिति चयन गर्ने जिम्मेबारी समेत दिएको थियो ।

जनजाति कल्याण समाज जनकपुरद्वारा संचालित जनक छात्रावासमा हाल ११ जना विद्यार्थीले निःशुल्क आवास तथा खानपान पाईरहेका छन् ।
नवनिर्वाचित अध्यक्ष कृष्ण कुमार दीक्षित भन्नुहुन्छ, यस जनक छात्रावासमा आउँदो दिनमा २१ जना विद्यार्थीलाई सेवा प्रदान गर्ने योजना रहेछ ।
उहाँले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, सिरहा र सप्तरी लगायतका जिल्लाहरुमा रहेका अतिविपन परिवारका जनजाति बच्चालाई पठन पाठन गर्नको लागि भर्ना लिने योजना रहेको बताउनु भयो ।
सो छात्रावासमा जनकपुरधामबाट साढे ७ सय किलोमिटर टाढा नेपालगंजका छात्र रहेर आफ्नो जीवनको भाग्य रेखा को र्दैछन ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
