+977 9854027065 | akulpdsah@gmail.com

अमर शहीद दुर्गानन्द झा को ५९ औं बलिदान दिवस विभिन्न कार्यक्रमगरी मनाईयो अमर शहीद दुर्गानन्द झा को मुल स्मारक संगै पुरानो महोत्तरीका शहीदहरुका स्मारकामा सहयोग गर्ने – भौतिक पुर्वाधार मंत्री यादव

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

575 Views

कमल साह
जनकपुुरधाम, माघ १५ गते । अमर शहीद दुर्गानन्द झा को मुल स्मारक संगै पुरानो महोत्तरी जिल्ला अर्थात धनुषा र महोत्तरीका शहदीहरुलाई समेटेर बन्ने स्मारकमा आफु सहयोग गर्ने तयार रहेको बताउनु भयो ।
उक्त उदगार भौतिक पूर्वाधार विकास मंत्री रामसरोज यादव ले अमर शहीद दुर्गानन्द झा को ५९ औं बलिदान दिवस अवसरमा आज आयोजित कार्यक्रममा राख्नु भयो ।
शहीद दुर्गानन्द स्मारक निर्माण समिति जनकपुरधामद्वारा श्री गोविन्द सेवा समिति बेला गाउँको सभाकक्षमा मंत्री यादव ले शहीद दुर्गानन्द झा लगायतका शहीदहरुको स्मारक संगै पार्कको लागि पनि सहयोग गर्न तयार रहेको बताउनुभयो ।
बेला गाउँस्थितको गोविन्द मन्दिरको सभाकक्षमा आयोजित समारोहका प्रमुख अतिथी मंत्री यादव ले अमर शहीद दुर्गानन्द झा को स्मारक आजसम्म जनकपुरधाममा निर्माण हुननसक्नु प्रति दुःख व्यक्त गर्नुभयो ।
उहाँले शहीद दुर्गानन्द को वलिदानीलाई जति तारिफ गरेपनि कम हुने बताउँदै थप्नुभयो,‘अमर शहीदको स्मारक निर्माणले उनिमाथि एउटा सम्मान प्रकट हुन्छ ।
तिक्ष्ण विचारका धनि तथा फुटवलका प्रमुख खेलाडी अमर शहीद दुर्गानन्द झा समातिएपछि उनलाई मान्सिक र शारीरिक यत्ना दिएको कुरा समेत उहाँले स्मरण गर्नुहुँदै श्रद्धसुमन व्यक्त गर्नुभयो ।
अमर शहीद दुर्गानन्द झा को स्मारक निर्माणका कार्यहरु जानकी मन्दिरको फुलवारीमा आरम्भ भएको थियो । तर, त्यहा मठाधिश लगायतका व्यक्तिहरुले विभिन्न किसिमबाट पु¥याएको वाधा अडचनले स्मारक हालसम्म बन्न नसकेको हो । तर, हाल रोजिएको ठाउँ उपयुक्त रहेको वक्ताहरुले विचार व्यक्त गरेका छन ।
अमर शहीद दुर्गानन्द झा स्मारक समितिका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बरिष्ठ पत्रकार राजेश्वर नेपाली ले जनकपुरधाम उप महानगरपालिका–२३ लादो गाउँस्थित जनकपुर – भिठामोड र जटही– जनकपुर,ढल्केबर ६ लाईन सडक जोडने ठाउँमा अमर शहीद दुर्गानन्द झा को मुल स्मारक संगै पुरानो महोत्तरी जिल्लाका शहीदहरुको समेत स्मारक लगाउने उपयुक्त ठाउँ हुने बताउनु भयो ।
समारोहका विशिष्ट अतिथि अमर शहीद दुर्गानन्द स्मारक निर्माण समितिका सल्लाहकार तथा वरिष्ठ अधिवक्ता युगल किशोर लाल ले वीर शहीदको वलिदानबाट नै गणतन्त्र स्थापना भएको बताउँदै सोही वीर सपुतको स्मारक निर्माण हुन नसक्नुमा दुःख व्यक्त गर्नुभयो ।
उहाँले मुलुकमा गणतन्त्र आयो । तर, हामी गुलामीको जंजिरलाई आजसम्म तोडन नसकेको कारण यस्तो भईरहेको बताउनु भयो ।
दुर्गानन्द स्मारक निर्माण समितिका अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ट पत्रकार राजेश्वर नेपालीे ले जानकी मन्दिरका महंथ राम तपेश्वर दास वैष्णवले अमर शहीद दुर्गानन्द झा को स्मारक निर्माणका लागि जानकी मन्दिरको पार्कमा जग्गा उपलब्ध गराएको ठाउँमा स्मारक निर्माण भईरहदा पछि मन्दिरबाट नै अबरोध भएको ले आजसम्म स्मारक लाग्न नसकेको भनि दुःख व्यक्त गर्नुभयो ।
उहाँले अब जनकपुरधाम उप–महानगरपालिका– २३ लादो स्थित सिक्स लाईन र फोर लाईन सडक मिलेको ठाउँमा स्मारक लगाउने सोंचरहेको बताउँदै यस कार्यमा सबैको सहयोग आवश्यक रहेको थप्नुभयो ।
प्रेस स्वतन्त्रतता सेनानी वरिष्ट पत्रकार नेपाली को प्रयासबाट २०७४ सालमा शहीद दुर्गानन्द झा को स्मरणमा नेपाल सरकारबाट टिकट प्रकाशन भएको थियो । रु १० को हुलाक टिकट जारी हुनलाग्दालाई रोक्ने प्रयास यहिका नेताहरुले समेत गर्नुभएको थियो ।
स्मारक निर्माण समितिद्वारा स्थानीय जानकी चौकमा स्मारक निर्माण भईरहेको वेला भएको अवरोध कारण आजसम्म स्मारक निमार्ण समितिमा रहेको अन्यौलता अहिल्येसम्म हटन सकेको छैन ।
स्मारक निर्माण समितिका अध्यक्ष बरिष्ठ पत्रकार राजेश्वर नेपालीले भन्नुहुन्छ –पौने तीन करोड नेपालीका माझ प्रथम गणतन्त्रवादी शहीद रहनु भएकोले नेपाल गणतन्त्र घोषणाको लगतै २०६५ अषाढ ९ गते जनकपुुर बौद्धिक समाजको एक भेलाले अमर शहीद दुर्गानन्द झा स्मारक निर्माण समिति गठन गरिएको थियो । २०६६ श्रावण ९ मा निर्माण समितिको मांग अनुसार स्मारक निर्माण गर्न जानकी मन्दिर गुठी कार्यालयद्वारा मन्दिर अगाडिको पार्क (फूलवारी) मा लिखित रुपमा जग्गा जानकी मन्दिरका महन्थबाट उपलब्ध गराएको थियो । त्यसको दोश्रो सप्ताह श्रावण २१ गते दुर्गानन्द झाकी धर्मपत्नी तत्कालिन संविधानसभा सदस्य काशीदेवी झा द्वारा स्मारकको शिलान्यास गराइएको थियो ।
दुर्गानन्द झाको पूर्ण कदको प्रतिमा निर्माण भैसकेको छ । स्मारकको जग परेपछि निर्माण कार्य २०६७ चैत्र ८ मा जनकपुुर पुनरावेदन अदालतद्वारा निर्माणमा रोक लगाइएको थियो । हाल मुद्दा फैसला भए पनि हामीले चाहंदा चाहंदै पनि निर्माण कार्य गर्न नपाएको उहाँ बताउनु हुन्छ । निर्माण कार्य माथि लागेको रोक खारेज भई सकेको भएपनि उनको स्मारक निर्माण गर्न सकिएको छैन ।
समितिका अध्यक्ष नेपाली बताउनुहुन्छ – स्मारक निर्माणको लागि नेपालीले रु.११११।– दिएर अरुलाई हाथ जोड्दा पनि २,८५,०२१।– चन्दा वसुली भएको र जिविसले रु.२ लाख ५० हजार र श्रीमति काशीदेवी झा को विकास अनुदानबाट रु.१ लाख ५० हजार गरी कूल रु.६,८५०२१।– सहयोगी विकास बंैकमा जम्मा भएको र त्यसमध्ये प्रतिमामा रु. २ लाख ५० हजार दिनुका साथै शिलान्यासमा रु.४,४००।– र जग निर्माणमा रु.७७,९६०।– गरी कूल रु.३,३२,३६०।– खर्च भै रु.३,५२,६६१।– बंैक खातामा रहेको छ ।
सो कार्यक्रममा नेपाली कांग्रेश धनुषाका उपसभापति संतोष यादव ले संसारको सबैदेशहरु लोकतन्त्र,गणतन्त्रमा नै विकास भएको बताउँदै हाम्रो देशको विकास अवरोधक माओवादी खाओवादी हुन गएको थप्नुभयो ।
त्यस्तै नेका का क्षेत्रीय सभापति श्याम निधी ले अमर शहीद दुर्गानन्द झा को नाउमा नगराईनमा हुँदै आएको टुर्नामेन्ट हाल रुक्न गएको बताउँदै त्यसलाई आउने दिनमा जटहीमा निरंतर्ता दिने उद्घोष गर्नुभयो ।
उसैगरी पूर्व क्षेत्रीय सभापति कन्हैया कर्ण, नेका जनकपुरधाम उप महानगर कमिटी का सभापति मनोज साह, नेका वडा २३ कमिटीका सदस्य विभा ठाकुर, पूर्व गाउँ कमिटी अध्यक्ष सुरेश साह,केवल कुमार शर्मा लगायतले ६ लाईन र ४ लाईन मिल्ने ठाउँ सोनामाई स्थान स्थित स्मारक निर्माण गर्दा उत्तम हुने बताउनु भयो ।
कार्यक्रमको आरम्भमा नेका– २३ वाडा कमिटी सभापति राघवेन्द्र साह र अवकाश प्राप्त शिक्षक चन्द्रशेखर राय चमन ले कविता वाचन गर्नुभयो ।
धनुषाको जटही गाउँका देवनारायण झा र सुकमारी देवी झा को एका मात्र सन्तानको रुपमा रहनु भएको शहीद दुर्गानन्द झा को जन्म १९९९ साल वैशाख १४ गते भएको थियो । पं. भोलानाथ झा का तीन भाई छोराहरुमध्ये एक मात्र उतराधिकारी दुर्गानन्द झा को बाल्यकालमै पिताको मृत्यु भएको थियो । गाउँबाट ३ कि.मी. दुरीमा रहेको भारतीय क्षेत्रका उमगांउ स्थित दिनदयाल हाई स्कूलमा झा अध्ययन गरिरहेको बेला काशी देवी संग विवाह सम्पन्न भयो । उनी १७ को हुँदा कुम्हरौडाकी १४ वर्षिया काशी देवीसंग विवाह सम्पन्न भएको थियो । उनी २०१८ साल माघ ९ गते का दिन राजा महेन्द्र माथि जनकपुरधामको ऐतिहासिक स्थल जानकी मन्दिरको प्रांगणमा बम प्रहार गरेको हुनाले नै उनको स्मारक मन्दिर परिसरमा बनाउने निर्णय भएको थियो ।
तत्कालीन पञ्चायती सरकारले दुर्गानन्द झालाई मृत्युदण्ड दिएको दिन । मुलुकमा लोकतान्त्रिक गणतन्त्र ल्याउने सपना देखेका दुर्गानन्द २१ वर्षको युवा रहेका बेला उनलाई मृत्युदण्ड दिइएको थियो ।
शहीद दुर्गानन्द झा को ५९ औं स्मृतिको वहाँको पैतृक गाउँ जटहीमा रहेको स्मारक प्रवेश द्वारमा नेपाली काँग्रेसद्वारा पुष्पाञ्जली अर्पण गरिएको छ ।
त्यस्तै नेपाल जनता पार्टी ले यहाँका ऐतिहासीक स्थल जनक चौकमा अमर शहीद दुर्गानन्द झा को वलिदानलाई सम्झेको छ । सो कार्यक्रममा विभिन्न वक्ताहरुले अमर शहीद झा माथि श्रद्धा सुमन व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

पंचकोशी परिक्रमा आईपुग्यो सोमबार अन्तरगृह परिक्रमा र ह..

कमल साहजनकपुुरधाम,चैत्र ११ गते । पन्द्रह दिने मिथिला पंचकोसी आज आईतवार जनकपुरधाम आई पुगेका छन । भाली सोमवार अन्त..

4 दिन पहिले

बेला लादो बिन्धीमा लगभग साढेचौध बिगहा सर्वाजनिक सम्पति ..

कमल साहजनकपुरधाम, चैत्र ११ गते । जनकपुरधाम उपमहान पालिका २३ वडा (साबिक बिन्धी गाउँ पालिका) अन्तर्ग लगभग साढे १४ वि..

4 दिन पहिले

नारायणी अस्पतालको मुद्दा तत्काल छिनोफानो गर्न सांसद या..

रंजित चौरसिया, वीरगंज, वीरगंज चैत्र २ गते । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले नारायणी..

13 दिन पहिले

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र २ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्..

13 दिन पहिले

पंचकोशी परिक्रमा मटिहानीबाट जलेश्वर हुँदै मडई पुग्यो

कमल साहजनकपुुरधाम,चैत्र २ गते । पन्द्रह दिने मिथिला पंचकोसी परिक्रमा मटिहानीबाट जलेश्वर हुँदै आज मडई पुगेको छ । ..

13 दिन पहिले