जनकपुरधाममा ब्याचर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी ( बीटेक. एडआईटी) नामक कार्यक्रमको सञ्चालन
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, फाल्गुन २६ गते । काठमाण्डौं विश्वविद्यालयले जानकी कलेज फर प्रोफेशनल स्टडीजको सहकार्यमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा ब्याचर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी ( बीटेक. एडआईटी) नामक ४ वर्षे स्नातक कार्यक्रमको शुरुवात गरेको छ ।
यसको औपचारिक घोषणा जनकपुरधाममा आयोजित एक कार्यक्रम बिच गरिएको छ ।
जानकी कलेजका अध्यक्ष पंकज जालानले अध्यक्षता गर्नु भएको कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका मुख्यमंत्री लालबाबु राउत हुनुहुन्थ्यो । सो कार्यक्रममा मधेश प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झा, जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साह, विश्वविद्यालयको तर्फबाट स्कुल अफ एजुकेशनका डिन बालचन्द्र लुईटेल र स्टीम शिक्षाको हेड अफ द डिपार्टमेन्ट विनोद पतं लगायतको सहभागिता रहेको थियो ।
जानकी कलेज नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहयोगी संस्था हो । बीटेक. एडआईटी कार्यक्रमको उद्देश्य सुचना प्रविधीको क्षेत्रमा प्राविधीक शिक्षक तयार गर्नु रहेको छ ।
चार वर्षे बीटेक. एडआईटीको कार्यक्रमलाई आठ सेमेस्टरमा विभाजित गरिएको छ । कार्यक्रमको कुल भार १३८ क्रेडिट आवर रहेको छ ।
यो कार्यक्रम जनकपुरधामको पहिलो स्मार्ट विद्यालय अक्षर विद्या मन्दिरको परिसरमा सञ्चालन हुनेछ । यस कार्यक्रममा भर्ना हुने विद्यार्थीले इन्टर्नर्सिपकोलागी दोश्रो वर्षदेखि नै विद्यालयहरुमा अध्यापन गराउन जानुपर्ने छ । यसले अहिले नेपाल सरकारले सञ्चालन गरेको पढ्दै कमाउदै कार्यक्रमलाई पनि सार्थक तुल्याउने छ ।
चार वर्षे बीटेक. एडआईटीमा भर्ना हुनकोलागी कुनै पनि संकायबाट १२ कक्षा वा सो सरह वा सिटिइभीटीले सञ्चालन गरेको ३ वर्षे डिप्लोमा उत्तिर्ण गरेको हुनुपर्ने छ । विद्यार्थीहरुको छनौट काठमाण्डौं विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परिक्षाको आधारमागरिने छ ।
कलेजका अध्यक्ष पंकज जालानका अनुसार मधेश प्रदेशको साक्षरता र शैक्षिक स्तरमा वृद्धि गर्नकालागि जानकी कलेजको स्थापना यस प्रदेशको शिक्षाको क्षेत्रमा नयाँ युग हुनेछ ।यो प्रदेशका जेहेन्दार विद्याथीहरुले जनकपुरधाममा नै बसेर काठमाण्डौं विश्वविद्यालयले सञ्चालन गरेको सुचनाप्रविधीसगँ संबंधीत स्नातक स्तरको कार्यक्रममापढ्न पाउने छन् ।
४ वर्षे पढाइ पूरा गरे पश्चातमधेश प्रदेशको शैक्षिक संस्थामाअध्यापनगर्न पाउने अवसर भएकोले ’ब्रेन डूेन’े को समस्याबाटबिस्तारै पुरै देशलाई नै बचाउनअसम्भव छैन ।
काठमाण्डौं विश्वविद्यालयका स्कुल अफ एजुकेशनका डिन बालचन्द्र लुईटेलले हाल प्राविधिक शिक्षालयहरुमा अध्यापन गराउने शिक्षकहरुको अभाव कम गर्न यस कार्यक्रमले ठुलो मद्दत पुर्याउने विश्वास व्यक्तगर्नु भयो ।
कमेन्ट गर्नुहोस्
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
19 घन्टा पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
8 दिन पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
10 दिन पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
4 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
4 महीना पहिले
संवाददाता
