बेला गाउँका समाजसेवी भागवत साह अब रहनु भएन
कमल साह
जनकपुरधाम,वैशाख २५ गते । समाजसेवी भावगत साह अब हाम्रो बीचमा रहनु भएन ।
जनकपुरधाम उपमहानगर पालिका वार्ड नं. २३ बेला गाउँमा जन्मु भएको समाजसेवी साहको निधन ८४ वर्षको आयुमा शनिवार विहान साढे ६ बजे भएको जनाएको छ । सोहि दिन उहाँको अन्तिम संस्कार गाउँमै सम्पन्न भएको छ ।
समाजसेवी साहलाई स्वाँस लिनमा कठिनाई हुँदा उनका छोरा डाक्टर शम्भु प्रसाद साह सघन उपचारको लागि यहाँका धनुषा अस्पतालमा भर्ना गराउनु भएको थियो । पाँचौंदिन पछि समाजसेवी साहको हालत खस्दै जाँदा उहाँका छोरा डा. शंभु साह ले आफ्ना निकट्म मित्र चाईल्ड विशेषज्ञ डा. विकास साहको सुझाब अनुसार स्तरीय सघन उपचारको लागि संघीय राजधानी काठमाण्डौको अस्पतालमा भर्ना गराउने योजना बनाउनु भयो । तर, त्यो योजना बीचमै टुट्न गएको छ ।
यो भन्दा अघि दुई पल्ट कोरोना भाईरस संक्रमित भईसकेका समाज सेवीलाई स्वास्थ्यकर्मीहरुले बचाउन सफल भएको थियो । तर, यसपालि कसैले बचाउन सकेनन् । किनकि पछि उहाँको मुटुमा समेत समस्या उत्पन्न भएको थियो ।
भनिन्छ, मृत्यु अगाडी कसैको केहि लाग्दैन, र त्यही भएको छ ।
समाजसेवी आफ्नो पछाडी एक छोरा,पाँच छोरी ज्वाई,नाती,नतनी लगायतलाई छोडेर जानु भएको छ ।
उनको संस्कार सनातन धर्म अनुसार बेला गाउँ स्थित आफ्नै पैतृक जमिनमा गरिएको छ ।
जनकपुरधाम २३ को बेला लादोमा कसैको अंश बण्डा हुँदा या जग्गा बेचबिखन गर्दा समाज सेवी भावत साह लाई नै सम्झनथ्यो । उनि निस्वार्थरुपमा जग्गालाई नापतौल गरिदिन्थ्यो । उनको अतुल्यि देनलाई आजका दिनमा बेला लादो गाउँवासी सम्झिरहेका छन ।
उनको निधन प्रति बरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली दुःखका साथ श्रद्धासुमन व्यक्त गर्नुभएको छ । बरिष्ठ पत्रकार नेपाली ले संधै एकै ठाउँमा रहने ।तर, अन्तिम समयमा दाईको संस्कारमा उपस्थित हुन नसक्दा आफु मर्माहित भईको बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
22 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
