रामायण सर्किटको कार्यालय जनकपुरमा स्थापना हुने

कमल साह
जनकपुरधाम,जेष्ठ १२ गते । देवभुमि जनकपुरधामलाई धार्मिक तथा पर्यटन विकासको लागि यहाँ रामायण सर्किटको कार्यालय स्थापना हुनेछ ।
रामायण सर्किट कार्यालय स्थापनाले यस क्षेत्रको विकासका लागि गुठी संस्थानले जग्गा बन्दोवस्ती गर्न लागेको गुठी संस्थानका अध्यक्ष पुन्य भुसाल ले बताउनु भयो ।
बेला कुटीको संरक्षण सम्बद्धन कसरी हुन्छ र भईरहेको अतिक्रमण कसरी मुक्त हुन्छ छलफलको लागि जनकपुरधाम उपमहानगर– २३ का नवनिर्वाचित वडा अध्यक्ष राघवेन्द्र प्रसाद साह गुठी कार्यालय जनकपुरमा पुग्दा अध्यक्ष भुसाल ले सो जानकारी गराउनु भयो ।
जनकपुरधाम उपमहानगर प्रमुखको मंगलवार सपथ ग्रहण भएको छ । अब मेयरले उपप्रमुख,वडाअध्यक्ष र सदस्यहरुलाई विहिवार सपथ गराउने कार्यक्रम रहेको छ । तर, २३ का वडा अध्यक्ष राघवेन्द्र प्रसाद साह एक कदम अगाडी बढेर धार्मिक स्थलको संरक्षण सम्बन्धमा छलफल गर्न पुगेका छन ।
गुठीका अध्यक्ष भुसालले बेलाकुटी भ्रमण गर्दा अवस्था दैनिय रहेको बताउँदै यसको वृहत्तर विकासको लागि लागेको थप्नुभयो । उहाँले बेलाकुटीसमेतका मठमन्दिरको विकास गरेर धार्मिका पर्यटकीय नगरीको रुपमा विकास हुनुपर्छ थप्नुभयो ।
उहाँले गुठीसंग हाल पर्याप्त दरबन्दी नभएको ले स्थानीय सरकाले त्यसको जगेर्ना गर्नुपर्ने बताउँदै थप्नुभयो,गुठी संग भएको ३० प्रतिशत जग्गामध्ये केहिमा व्यापारी कम्पलेक्स बनाउने र केहि लिजमा लगाउने कार्यक्रम रहेको छ ।
सो छलफल कार्यक्रममा वडाध्यक्ष राघवेन्द्र साह ले बेला कुटीको नाउमा झण्डै १५ विगहा रहेको जमिन वैधानिक भएपनि त्यसकुटीमा साढे १७ विगहा रहेको बताउनुभयो । उहाँले बेलाकुटीको जग्गा क–कसरलाई लिजमा दिइएको जानकारी गराउन मांग गर्नुभयो ।
गुठी कार्यलय प्रमुख वैकुण्ठ प्रसाद रेग्मीले वसपार्कलाई ४ विगहा, विश्व भारती फाउण्डेशनलाई डेढ विगहा र गजेन्द्रनारायण सिंह प्रतिस्ठानलाई साढे ५ विगहा जमिन लिजमा दिएको जनाकारी गराउनु भयो । उहाँले गजेन्द्रनरायण सिंह प्रतिस्ठानलाई दिएको जमिन अतिक्रम भएको थप्नुभयो ।
उहाँले स्थानीय प्रतिनिधी,गुठी संस्थान र सुरक्षा निकायको निस्कृयताले बेलाकुटी लगायतका मठमन्दिरको जग्गा अतिक्रमण भएको स्वीकार गर्नुभयो । गुठीको जग्गा जोगाउन चासो लिएर आउनुभएको वडा अध्यक्षले अब त्यहाँ अबैध तरिकाबाट निर्माण हुने घरलाई रोक्नको लागि उहाँले सहयोग माग्नु भएको छ ।
नेपाल सरकारको २० हजार जमिनको मालपोत समेत बदर गराउन सफल भएका पुन्य भुसाल गुठी संस्थानको अध्यक्षमा आउनु भएको हो । उहाँबाट अवश्य बेलाकुटीको अतिक्रमण मुक्तहुने विश्वास सहभागिहरु गर्दछन ।
सो छलफल कार्यक्रममा गोविन्द सेवा समितिको सल्लाहकार प्रध्यापक रमेश साह, डा.शम्भु,केवल कुमार शर्मा,गोविन्द सेवा समितिका पूर्व अध्यक्ष द्वय रामेश्वर प्रसाद साह र योगनारायण साह, ईन्जिनियर मुकेश साह,संचारकर्मीहरु श्रीनारायण साह, उपेन्द्र भगत नगवशी,सफिकुला राईन,गया हक, गणेश युवा कमिटीका पूर्व अध्यक्ष संतोष साह, दिपेन्द्र साह,जिवछ साह लगायतको उपस्थिति रहेको थिए ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
6 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
7 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
7 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
8 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
13 दिन पहिले

