+977 9854027065 | akulpdsah@gmail.com

आज असार १५ गते अर्थात १९ औँ राष्ट्रिय धान दिवस मनाइए

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1274 Views

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, असार १५ गते । देशभरका किसानले धान रोपेर आज राष्ट्रिय धान दिवस मनाएका छन् । असार १५ को दिन च्यूरा दही र आँप खाएर धान रोपाई गरि दिवस मनाउने चलन रहेका छन् ।
दही च्यूराले शरीरमा उर्जा दिने भएकाले धान रोपाईसँगै दही च्यूरा खाने गरिएको हो । यसै क्रममा मधेस प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र धनुषाको राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम हर्दिनाथ बनिनियाँले एक विशेष कार्यक्रमको आयोजना गरि १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएका छन् ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ तथा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको आयोजनामा सो कार्यक्रम गरिएको हो । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ मूल नाराका साथ धान दिवस मनाएका हुन् ।
धान दिवस तथा रोपाई महोत्सवलाई सम्बोधन गर्दै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले प्रदेश सरकार र स्थानीय सरकार मिलेर काम गर्दा धान बालीमा जैविक विविधताको उपयोग र आयात प्रतिस्थापनमा सहयोग पुग्ने बताएका छन् ।
मन्त्री यादवले बोल्दै भने मलखाद संघ सरकारले खरिद गर्ने, प्रदेश सरकारले कोटा निर्धारण गर्ने र स्थानीय सरकारले वितरण गर्ने गरिरहेको भन्दै मधेश प्रदेश सरकारले अहिले युरिया, फसफोरस र पोटास जन्य वस्तु बन्ने एमपिटिलाई विस्तारै विस्थापित गर्दै जानुपर्नेमा जोड दिन समेत बताए ।
हाम्रो पराम्परागत तरिका गोबर, गड्यौला तथा अन्य उपायबाट मल उत्पादन गर्न आग्रह गर्दै मन्त्री यादवले मलखाद उपयोगका कारण खाद्यान्न उत्पादनमा भईरहेको समस्यालाई अन्त्य गर्न आवश्यक रहेको मन्त्री यादवले बताए ।
त्यस्तै, कार्यक्रममा वरिष्ठ वैज्ञानिक तथा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका निमित्त संयोजक देवनिधी तिवारीले धानबालीले देशको अर्थतन्त्रमा करिव २० प्रतिशत योगदान दिएको जानकारी गराए।
उहाँले सर्वाधिक धान उत्पादनमा नेपाल विश्वमा १६ औँ स्थानमा रहेको जानकारी गराउदै किसानहरुका लागि धानबाली उत्पादन गर्ने नयाँ प्रविधि र उपायहरुबारे आवश्यक अनुशनधान गरिरहेको दावी गरे।
हालसम्म धानको ९२ वटा जात विकास भईसकेको जानकारी दिँदै उहाँले वैज्ञानिक अन्य नयाँ नयाँ धानको जात विकास गरी आयातलाई न्युनिकरण गर्नुपर्नेमा जोड समेत दिए।
सो अवसरमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको सचिव डा. नम्रता सिंह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायत कृषि सम्बन्धी विभिन्न कार्यालयका प्रतिनिधी र स्थानीय किसानहरुको सहभागिता रहेको थियो ।
वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन असार महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे सुरमा लोक गीत गाउँदै धान रोप्ने र थालपानि खेलने मनारेञ्जन गर्ने चलन रहेका हुन् ।
यसैबीच अहिलेसम्म मधेश प्रदेशमा करिब ११ प्रतिशत धान मात्र रोपाई हुन सकेको छ । कृषि विकास निर्देशनालयको तथ्यांक अनुसार प्रदेशमा कुल ५ लाख ५५ हजार २ सय १८ हेक्टर भन्दा बढी क्षेत्रफलमा धान लगाउने गरिएको भए पनि हालसम्म ४३ हजार ८ सय हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएका छन् ।
यसै बीच जनकपुरधाम उपमहानगरपालिले पहिलो पटक धान दिवस मनाएको छ ।


जनकपुरधामको वडा नम्बर– २० स्थित नोचा पोखरी नजिक धान रोपेर धान दिवस मनाएको हो । 
नगरप्रमुख मनोजकुमार साहले उपमहानगरले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षदेखि कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन लागेको बताए । प्रमुख समस्या रसायनिक मलको छ । मेयर साहले जनकपुरधाम उपमहानगरले आगामी आर्थिक वर्षदेखि यहाँका कृषि उत्पादकत्व बढाउन माटो परिक्षण, जैविक मलको उत्पादनमा जोड, यान्त्रिकीकरण, सिँचाइको सहज उपलब्धता र कृषि मिटरमा छुट, चौपाया गाईवस्तुमा अनुदानलगायतका कार्यक्रम ल्याउन लागेकोसमेत जानकारी दिए ।
यसका साथै माटो परीक्षणको कार्यक्रमसमेत अगाडि बढाउने, उपमहानरले तयार पारेको प्रतिवेदनको आधारमा खाद्यवस्तुको उत्पादनमा जोड दिनुका साथै किसानलाई अनुदानमा धान काट्ने, हाते टयाक्टर, अन्नबाली भित्राउने मेसिन सम्भव भए निःशुल्क उपलब्ध वा अनुदानमा उपलब्ध गराउने कार्यक्रम पनि आगामी आर्थिक वर्षमा समेटिएको मेयर साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

6 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

7 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

7 दिन पहिले

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..

नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..

8 दिन पहिले

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..

प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..

13 दिन पहिले