समाजवादी प्रेस संगठन धनुषाको अध्यक्षमा अकुल साह
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असार २३ गते । समाजवादी प्रेस संगठन नेपाल धनुषा शाखाको अध्यक्ष पदमा सर्वसम्मतिबाट अकुल प्रसाद साहलाई चयन गरिएको छ ।
संगठनको आईतवार भएको पहिलो अधिवेशनबाट साहलाई सर्वसम्मतिबाट चयन गरिएको हो ।
त्यस्तै संगठनको उपाध्यक्षमा दिलिप दास, महिला उपा–अध्यक्ष लक्षमी साह, कोषाध्यक्षमा दिनेश साह सचिवमा भोला यादव, सहसचिवमा विवेक कुमार मण्डललाई चयन गरिएको छ । त्यसैगरी सदस्यमा जितेन्द्र कुमार पाल र शनि मण्डल रहेको जनाइएको छ ।
त्यसैगरी प्रदेश प्रतिनिधिमा १० जना सर्वसम्मतिबाट चयन गरिएको हो । त्यसतैगरी केन्द्रीय प्रतिनिधिमा ५ जना सर्वसम्मतिबाट चयन गरिएको हो । कार्यक्रमको उद्घाटन सत्रमा मधेश प्रदेशका पर्यटन मन्त्री शत्रुधन महतोले वर्तमान अवस्थामा राजनीतिक क्षेत्र लगायत अन्य क्षेत्र पनि अस्तव्यस्त रहेको छ, तर पत्रकारिता क्षेत्रलाई अस्तव्यस्त हुनबाट बचाउन आग्रह गरेका छन् ।
मन्त्री महतोले पत्रकारिता क्षेत्र मर्यादित हुन नसकेमा राजनीति क्षेत्र बर्बाद हुन्छ, राजनीतिक क्षेत्र बर्बाद भएमा मुलुक नै बर्बादित तर्फ जाने बताएका छन् ।
उनले सत्यतथ्य समाचार लेख्नका लागि सबैसँग आग्रह समेत गरेका छन् ।
संंगठनका धनुषा अध्यक्ष रुपेश सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रिय उपाध्यक्ष प्रकाश खतिवडा, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, पार्टीका धनुषा अध्यक्ष रामचन्द्र पण्डित सहितले आफ्ना विचार राखेका छन् ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
19 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
