आज श्री कृष्ण जन्मोत्सव र श्री गोविन्द पूजनोत्सव मनाईदै
कमल साह
जनकपुरधाम,भाद्र ३ गते । नखट् नन्दलाला श्री कृष्णको जन्मोत्सव र उहाँको अर्को स्वरुप श्री गोविन्द जन्मोत्सव यहाँ मनाईदैछ ।
श्री कृष्णको जन्मोत्सव यहाँका राम मन्दिर, जानकी मन्दिर,कृष्ण मन्दिर, श्याम मन्दिर,राधाकृष्ण मन्दिर लगायतमा आज मनाईदै छन् । जानकी मन्दिरमा भाद्र ३ गते देखि ६ दिनसम्म रामजानकीको युगल मुर्तिलाई हिडोलामा राखेर झुलाईने आरम्भ हुँदैछ । भनिन्छ– द्वापर युगमा भगवान राम नै कृष्णा अवतार लिनु भएको हो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा आज शुक्रवार बिहान चैतन्य झाँकी तथा सुखमय संसारको उदय विषयक प्रवचन कार्यक्रमको आयोजना को तयारी भएको छ । सो अवसरमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्माष्टमी पर्वले सम्पूर्ण प्राणीको हृदयमा धर्मको उदय गराउने कामना गरिदैछ ।
धर्मको नाउँमा हत्या गर्ने, राजनीति सिद्धान्तहिन हुने, आमा बाबुलाई शत्रु मान्ने, पत्नीलाई मित्रवत मान्ने, गाई विष्टा खाने, ब्राम्हणले तामसिक भोजन गर्ने कार्य हुंदै आएकोले मानव जीवन अशान्त बन्दै आएको विचारहरु सो प्रवच्चन कार्यक्रममा चर्चागरिने जगदिश भाई ले जनाएका छन । उहाँले पर चिन्ता नगरौं र शुभचिन्तन गरौं, हामी सबै मिलेर मात्र संसारमा एक भाषा एक धर्म र एक मत भए सुख शान्ति आउने विश्वास व्याक्त गर्नुहुन्छ ।
द्वापर युगमा भाद्र कृष्ण अष्टमी तिथिका दिन कंशहरुको नाशको लागि अवतार हुनु भएको भगवान श्री कृष्णको जन्मोत्सव हरेक वर्ष धार्मिक परम्परा अनुसार मनाइने गरिन्छ ।
कृष्णाष्टमीको अवसर पारेर स्टेशन एरिया युवा कमिटीले विगत ५२ वर्षदेखि जनकपुर रेल्वे स्टेशन प्रांगणमा धार्मिक विधिपूर्वक श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाइदै आएको जानकारी पूजा समितिले गराएको छ । उसैगरी गोपाल सेवा समितिद्वारा संचालित भगवान श्री कृष्ण मन्दिरमा सो महोत्सव विशेष रुपले मनाइने तयारी भएको छ । गोपाल सेवा समितिद्वारा निर्मित श्री कृष्ण मन्दिरमा भागवत कथा, प्रवचन, संकीर्तन भईरहेको छ ।

उसैगरी जिरोमाईलमा सो क्षेत्रका युवाहरुको सक्रियतामा श्री कृष्णाष्टमी मनाईदैछ ।
धार्मिक मान्यता अनुसार भगवान श्री गोविन्द जी को जन्म कृष्णाष्टमी तिथि पछि पर्ने शनिवार भएको हो । त्यसैले भगवान श्री गोविन्द जी को जन्मोत्सव आज शुक्रबारबाट नेपाल तथा भारतका विभिन्न शहरहरुमा रहेको श्री गणिनाथ जी महाराज श्री गोविन्द भगवान मन्दिरमा मनाईदै छन ।
जनकपुरधाम उप महानगरपालिका वडा नं.– २३ बेला गाउँमा भगवान श्री गोविन्द पूजनोत्सव मनाउन सम्पूर्ण तयारी भईसकेको गोविन्द सेवा समितिका अध्यक्ष राघवेन्द्र साह ले जनाएका छन । आज शुक्रबार विहान २४ घण्टे अष्टयामबाट आरम्भ हुँदैछ । कोरोना भाइरसको संक्रमण फैल्न सक्ने भएको ले सामाजिक दुरी पालनगर्दै मास्क लगाएर मन्दिर भित्र प्रवेश गर्नको लागि सबै श्रद्धालु भक्तजनलाई आग्रह गर्दैछन ।
नेपाल अधिराज्य मै सबभन्दा पहिले २०३० सालदेखि यहाँ श्री गोविन्द पुजनोत्सव मनाईदै आएको हो ।
यसैगरी मिथिलांचलका प्रमुख शहर जनकपुरधाम, धनुषाको पौडेश्वर, जलेश्वर, वारको कलैया,रौतहटको शिवनगर र सुन्दरपुरमा श्री गोविन्दजीे जन्मोत्सव मनाउने कार्य शुक्रबारबाट आरम्भ हुँदैछन ।
श्री गोविन्द जन्मोत्सव मनाउनु भन्दा एक दिन अघि अर्थात् शुक्रवार पुजारीले दिनभरी निराहर रहि राती (बिडी खसाउने) निम्तोगर्ने चलन रहेको छ । सो अवसरमा पुजारीले बाबा श्री गणिनाथ जी महाराज,माता श्री छेमासती, भगवान श्री गोविन्द जी लगायत १४ देवान संगै गाउँ रक्षक नगर डिहवार देउताको समेत आमन्त्रण गरिसकेपछि सो राती नून बिनाका परिकार खाने गरिन्छ । कतिपय ठाउँमा अरुवा चावलको भात,मुंग या चानाको दाल र लसुन प्याजबाहेक बनाएको तरकारी समेत खाने गरिन्छ ।
त्यसको भोलीपल्ट शनिवारका दिन निराहार रहेर पुजारीले श्री गोविन्दको पूजा ढारने गरिन्छ । श्री गोविन्दको जन्मोत्सव सफलतापूर्वक सम्पन्न गर्न उहाँका पिता श्री गणिनाथ महाराज,आमा (क्षेमासती) खेमासती समेत १४ देवानलाई पूजा गरिन्छ । १४ देवानमा पर्नेहरुमा दुई दाई र भाउजु क्रमशः रामचन्द्र बाबा,बिजुली बहुरिया र श्रीधर बाबा र चतुरा बहुरिया, श्री गोविन्द महाराज जी को दुई बहिनी शिलमती र शोलमती तथा भतिजोहरुमा बौधा बाबा,साहेब बाबा, जगन्नाथ बाबा,चक्रपानी बाबा र नीलकंठ बाबा रहेका छन् ।
त्यसपछि श्री गोविन्द बाबा को अंगरक्षक लाल खाँ को भाग मन्दिर बाहिर दिने चलन रहेको छ । उहाँलाई भगवानलाई चढाएको प्रसादहरु ढकनीमा राखेर दिईन्छ भने संगै भांग पनि चढाईने गरिन्छ ।
श्री गणिनाथ जी महाराज श्री गोविन्द भगवान को निम्तो गर्ने दिन स्थानीय ग्राम देवताहरुमा नगर डिहवार, भैरव महराज, भुइयाँ, दुर्गा भवानी लगायतका देवतालाई समेत पूजामा सहभागी हुन तथा सफलतापूर्वक सम्पन्न पार्नको लागि आह्वान गरिन्छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
19 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
