+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधाम मुजेलिया–१४ श्री राम जानकी तपसी बाबा कुट्टीमा श्रीकृष्णाजन्माष्टमी मनाउँदै

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

560 Views

भागचरण, जनकपुरधाम
जनकपुरधाम, भाद्र ४ गते । भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण श्रीकृष्णाजन्माष्टमीको अवसरमा प्रत्येक वर्ष कृष्ण मन्दिरमा विशेष पूजापाठ गरिदै आएको छ ।
शुक्रबार भगवान श्रीकृष्णको जन्मोत्सव मनाइदै पूजा समितिले श्रीकृष्ण मन्दिरलाई दुल्ही झैं सजाएको छ ।
शुक्रबार राति १२ बजे भगवान कृष्णको जन्म भएको मान्यता अनुसार विधिविधानका साथ मन्दिरमा पुजा अर्चना गरि कृष्णाष्टमी उत्सव मनाइरहेका छन् । सामान्यतया दिनहुँ जसो भीड रहने सो मन्दिर कृष्णाष्टमीको अवसरमा अझै बढि आकर्षक बनेको छ ।
हातमा मुरली , शिरमा मयूरको प्वाँख लगाई बाँसुरीको मधूर धूनमा मस्त भगवान श्रीकृष्णको आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ ।
सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष हिन्दुधर्मावलम्बीहरुले धुमधामका साथ श्रीकृष्णाजन्माष्टमी मनाउने गरेका छन् । गोविन्द , कान्हा , कन्हैया , काले , मुरलीमनोहर , श्यामसुन्दर , माखनचोर , आदि बिभिन्न नामबाट बोलाईने कृष्णलाई जगतका सम्पुर्ण घटनाको मुख्य सर्जकाका रुपमा पनि स्मरण गरि पुजा अर्चना गरिने गरिएको छ । एका तर्फ न्याय र धर्मको रक्षार्थ विनाश र युद्धको नियतिसंग समानान्तर रुपमा गएको कृष्णको जीवन अर्को तर्फ शान्ति र मानवता तर्फ पूर्ण रुपमा निर्दिष्ट रहेको छ ।
श्रीकृष्ण जन्माष्टमी को अवसरमा शनिबार देखि संस्कृतिक प्रोग्राम ,नाच आयोजना गरेको मेला समिति बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपालमा करीब अढाई लाख मगहीभाषी रहेको दावी मैलेपनि जनगणन..

कैलास दास, जनकपुरधामजनकपुरधाम, २७ माघ । राष्ट्रिय जनगणना अनुसार नेपालमा दुई लाख ३० हजार मगही भाषाभाषी रहेको बताइ..

14 दिन पहिले

प्याब्सनको नृत्य प्रतियोगितामा हिमाली ईबो स्कुल प्रथम ..

कमल साह जनकपुरधाम, माघ २७ गते । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आयोजना गरेको नगर स्तरीय न..

14 दिन पहिले

नेपालका लागि भारतले ११ अर्ब २० करोड बजेट छुट्टयायो

कमल साहजनकपुरधाम,माघ २७ गते । भारत सरकारले नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको समाचार प्..

14 दिन पहिले

औरही नगरपालिकामा ३० दलित परिवारकालागि का लागि शिलान्या..

कमल साहजनकपुरधाम,माघ २६ गते । औरही नगरपालिका– २ चेपकट गाउँका बिपन्न दलित परिवारका लागि ३० वटा घर निर्माण हुने भए..

15 दिन पहिले

कपडा अभावमा पढाइबाट बञ्चित हुन नपरोस् – मेयर हरि मण्डल

कमल साहजनकपुरधाम,माघ २६ गते । मटिहानी नगरपालिकाको वडा नं.– १ सिरसियामामा संचालित राष्ट्रिय माध्यमिक विद्यालयक..

15 दिन पहिले