+977 9854027065 | akulpdsah@gmail.com

नबौँ राष्ट्रिय खेलकुदको लागी सर्लाहीमा हुन लागेको ताईक्वान्दो खेलको सेलेक्सन अवरोधको कारण स्थगित

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

2275 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र १० गते । नबौँ राष्ट्रिय खेलकुदको लागी सर्लाहीमा हुन लागेको ताईक्वान्दो खेलको सेलेक्सन अवरोधको कारण स्थगित गरिएको छ । राष्ट्रिय तेईक्वान्दो संघ नेपाल र नेपाल ताईक्वान्दो संघ विचको बिवादले सेलेक्सनमा अवरोध आएको हो ।
राखेपले गराएको खेलमा हामीलेपनि सहभागिता जानाउन पाउनु पर्छ भन्दै राष्ट्रिय तेईक्वान्दो संघ नेपालमा आबद्ध खेलाडीहरु सेलेक्सनमा उत्रे पछि नेपाल ताईक्वान्दो संघले राखेपमा हामी मात्र (नेपाल ताईक्वान्दो संघ ) आबद्ध भएको हुदा अरु संघले सहभागिता जानाउन पाउदैन भनेपछि बिवाद भएको हो ।
राखेपमा दुबै संघ आबद्ध छन् त्येसैले हामीले पनि यो सेलेक्सनमा सहभागिता जनाउन पाउनु पर्छ भन्दै खेलाडी उतारेको राष्ट्रिय तेईक्वान्दो संघ नेपालका मधेस प्रदेश उपाध्यक्ष जयमान पाख्रिनले बताउनु भयो । राखेपले खेलाउन चाहदा चाहदै पनि नेपाल ताईक्वान्दो संघको अवरोधका कारण सेलेक्सन खेल रद्ध हुन पुगेको राष्ट्रिय तेईक्वान्दो संघ नेपालका मधेस प्रदेश उपाध्यक्ष पाख्रिनले बताउनुभयो ।
यता सर्लाही जिल्ला खेलकुद विकास समितीका अधिकृत गोपाल बाहादुर लामाले भने दुबै संघ मिलेर आउनु, खेल्नु भन्दा नेपाल ताईक्वान्दो संघका सर्लाही जिल्ला अध्यक्ष बद्रि सापकोटाले अवरोध गर्नुभएको बताउनु भयो ।
यो तपाईको जिममेवारीहो सेलेक्सन जसरीपनि गराउनु पथ्र्यो खेलाडी भाई बहिनीहरुको भविष्य संग संम्बन्धित बिषय भएको हो भनि पत्रकारको प्रश्नमा लामाले त्यसरी जबरजस्ति सेलेक्सन गराउदा ३ जानाबिच सेलेक्सन गराउनु पर्ने र त्यसमा एक जाना मात्रै सेलेक्सन हुने तर राखेपले १२ जाना सेलेक्ट गरी पठाउनु भनेको हुदा त्यसो नगरेको बताउनु भयो ।
राखेप बाट आधिकारीक रुपमा सेलेक्सन खेल गराउने जिम्मा पाउनु भएका राखेपका प्रशिक्षक जिवन राजभण्डारीले दुबै संघ राखेपमा आबद्ध हुन्, दुबैले खेल्न पाउनु पर्नेहो तर नेपाल ताईक्वान्दो संघले हामी मात्र आधिकारीक भएको हुदा अरु संघ संग हामी नखेल्ने भनेपछी सेकेल्कसन रद्ध गरिएको हो ।
अव रखेपले दुबै संघलाई मर्ज गर्नु पर्यो कि दुबैलाई सेलेक्सन गरी पठाउनु पर्यो भनी अर्को परिपत्र नआउन्जेल सेलेक्साल रद्ध गएिको राजभण्डारीले बताउनु भयो ।
राष्ट्रिय खेलकुद परिसद अन्तरगत ताईक्वान्दो खेलको सेलेक्सन आज ( शुक्रवार ) लालबन्दिमा हुन गईरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

16 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

18 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

2 महीना पहिले