जनकपुरधाममा करेन्ट लागेर दुई युवकको मृत्यु
कमल साह
जनकपुरधाम, कार्तिक ९ गते । जनकपुरधाम उपमहानगर पालिकामा दीपावलीकै दिन करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ ।
दीपावलीका घरलाई झिलिमिली पार्क लागि बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुई युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ बेल्ही बस्ने सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादव र जनकपुरधाम–२२ बसबिट्टी बस्ने नवल मिश्रका १९ वर्षीय छोरा अमित मिश्र रहेका छन् ।
आइतबार साँझ साढे ७ बजेको समयमा दीपावलीका लागि आफ्नो घरमा झिलिमिली बत्ती जोड्ने क्रममा शिवराजलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका मिश्र को यहाका प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार बिहान साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी गराउनु भयो ।
त्यस्तै, जनकपुरधाम–२२ बसबिट्टीस्थित आफ्नो घरमा सोमबार दिउँसो करिव साढे १२ बजे झिलिमिली बत्ती जोडिरहेको बेला १९ वर्षीय अमित मिश्रलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका मिश्रको जनकपुरधाम–७ स्थित स्वस्तिका अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी क्षेत्रीले बताउनुभयो ।
मृतक दुबैजनाको शव पोष्टमार्टमपश्चात परिवारजनको जिम्मा लगाइएको धनुषा प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
19 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
