जनकपुरधाममा अन्नकुट पर्वको तयारी
कमल साह
जनकपुरधाम, कार्तिक १० गते । कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि बुधवार का दिन जनकपुरधाम स्थित का मठ मन्दिर मा भव्यता पूर्व क अन्नकुट पर्व मनाई एको छ ।
भगवान् श्रीराम लङ्कामा विजय हाँसिल गरेर श्री सीता महारानी सहित अयोध्या फर्किनु भएको खुशीयाली अवसर मा यहाँ का मठ मन्दिरहरूमा अन्नकुट पर्व मनाईएको छ ।
यसमा भगवानलाई अर्पण गर्नका लागि ५६ प्रकारका बेन्जनहरु तयार पार्ने चलन रहेको छ । यसमा तयार पारेका बेन्जनहरु भगवानलाई अर्पण गरिसकेपछि प्रसादको रुपमा खुवाउने चलन पनि रहेको छ ।
अन्नकुटमा प्रयोग हुने अधिकांश सामाग्रीहरू कृषि कर्मबाट उत्पादित रहने गरेको छ । नयाँ खाद्यान्नहरू यसमा बढी प्रयोग गर्ने चलन रहेको छ ।
देवनगरी जनकपुरधामको जानकी दरबार, राम जी को दरबार,नेपाल को राज पलवैया भनेर चिन्ने तथा जानिने श्री गोविन्द दरवार ( गोविन्द मन्दिर बेला),जनक मन्दिर, विहारकुण्ड, अग्निकुण्ड, रत्नसागर सहितको मठ मन्दिरहरूमा भव्य रुपमा मनाईएको छ ।
श्री राम दरबार अर्थात ् स्वर्ण मण्डप राम मंदिर मा दुई पल्ट अन्नकुट मनायो । दिउँसो राम जी लाई र राति माता राजदेवी को भोजराज गरेर मनाईयो ।
जनकपुरधाममा हुने अन्नकुटको प्रसाद ग्रहण गर्नका लागि ठूला ठूला व्यक्तिहरू आफै मन्दिर पुग्ने गरेका छन् ।
जनकपुरधामको राजदेवी माता मन्दिर, जनकपुरधाम २३ बेला गाउ स्थित श्री गोविन्द मन्दिर, प्रख्यात सीताकुण्डमा हजारौँ भक्तजनहरूले प्रसाद ग्रहण गरेका हुन ।
सीता कुण्डका महन्थ एवं श्रीरामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष रामनरेश दासले भन्नुहुन्छ, एकपटक निम्तो र हकार दिएपछि भक्तहरू अर्को वर्ष देखि आफै वर्षै पिच्छे प्रसाद ग्रहणका लागि आउने गरेका हुन्छन् ।
अन्नकुट राम मन्दिर मा बुधवार दिउँसो र अन्य मन्दिर मा साँझ ६ बजेपछि अन्नकुटको भोग तथा प्रसाद वितरण हुने गरेको थियो ।
कमेन्ट गर्नुहोस्
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
4 दिन पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
11 दिन पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
13 दिन पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
4 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
4 महीना पहिले
संवाददाता
