+977 9854027065 | akulpdsah@gmail.com

निर्वाचन निस्पक्ष बनाउन नियोक पर्यवेक्षक तयार पार्दै

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

972 Views

अकुल साह
जनकपुरधाम,कार्तिक २१ गते । अगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई स्वच्छताको लागि नियोक ले धमाधम पर्यवेक्षक तयार पार्नमा जुटेको छ ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था समिति (नियोक) ले यहाँ मधेश प्रदेश स्तरीय पर्यवेक्ष तयार पार्नको लागि चलाएको दुई दिने प्रशिक्षण सोमवार सम्पन्न भएको छ । आईतवार उद्घाटन कार्यक्रम आयोजना गरि प्रशिक्षक पर्यवेक्षण तालिमलाई औपचारीक दिएको थियो । तर, सम्मापन कार्यक्रम अनौपचारीक रुपमा भएको छ ।
राष्ट्रिय पर्यवक्षण समिति (नियोक) मधेश प्रदेशको वैनर तल आरम्भ भएको प्रशिक्षण कार्यक्रममा केन्द्रिय महासचिव एवं प्रमुख प्रशिक्षक डा गोपाल कृष्ण शिवाकोटी ले नियोक देशको ७४ वटा जिल्लामा पर्यवेक्षण गर्नको लागि प्रशिक्षण कार्यक्रम जारी रहेको बताउनु् भयो ।
उहाँले निर्वाचन आयुक्त दिनेश थपलियाले नियोकलाई नम्बर १ को संस्था बताउँदैै आएको मुल्य र मान्यतालाई कायम राख्न अब तपाईहरुको हातमा रहेको थप्नुभयो ।
त्यस्तै मधेश प्रदेशका संयोजक एवं वरिष्ठ पत्रकार कमल साह ले स्वतन्त्र,निस्पक्ष र भयरहित निर्वाचन बनाउन सहयोगको लागि नियोक पछिल्ला ३० वर्ष देखि पर्यवेक्षण गर्दै आएको जानकारी गराउनु भयो ।


उहाँले विगतमा जसरी निर्वाचन निस्पक्षरुपमा सम्पन्न गराउन पर्यवेक्षक सहायक बन्दै आएको झैं यसपालि को निर्वाचनलाई स्वच्छता पार्न पर्यवेक्षक तयार भईरहेको बताउनु भयो । उहाँले यस प्रशिक्षण कार्यक्रमलाई गम्भिरता पुर्वक तपाईहरुले सिक्नु हुने कला भोली आ–आफ्नो जिल्लामा असल पर्यवेक्षक तयार गर्नुहोला भनि विश्वास व्यक्त गर्नुभयो ।
उक्त उद्घाटन सत्रमा नियोक धनुषाका अध्यक्ष एवं अधिवक्ता राजकुमार महासेठ, पर्यवेक्षण कार्यक्रमको दातृ संस्थाबाट एलेक्स पोमर लगायतका व्यक्तित्वहरुले निर्वाचनका लागि तयार पार्न लागेको प्रशिक्षक तथा पर्यवेक्षक हरु निर्वाचन निस्पक्ष बनाउनमा सहायक हुने बताउनु भयो ।
नियोकले यतिखेर ७ वटै प्रदेशमा जिल्ला स्तरीय प्रशिक्षक तयार गरिरहेको छ । यस तालिमबाट तयार भएको प्रशिक्षकहरु आ–आफ्नो जिल्लामा गएर पर्यवेक्षक तयार पार्ने जनाएको छ ।
जिल्ला स्तरीय प्रशिक्षक तयार पार्नको लागि डा.गोपाल कृष्ण शिवाकोट,तेज प्रसाद तिम्लसिना, बिबिसी नेपाली कार्यक्रमका सम्वाददाता प्रतिक्षा दुलाल ले प्रशिक्षण दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

28 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले