+977 9854027065 | akulpdsah@gmail.com

नेपाल प्रहरीकै ताज बने हवल्दार राजेश

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

522 Views

रश्मि पटेल, रौतहट
रौतहट, कार्तिक २२ गते । अकाउन्टविलिटी ल्याब नेपालले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह जयसवाल लाई सम्मानित गर्नेभएको छ ।
अकाउन्टविलिटी ल्याब नेपालले सन् २०१४ देखि इन्टेग्रिटी आइकन मार्फत सार्वजनिक संयन्त्र भित्रका कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्ने उदेश्यले इन्टेग्रिटी आइकन मार्फत सम्मान गर्ने गरेको छ । यस वर्ष पनि इन्टेग्रिटी आइकन २०२२ मार्फत सार्वजनिक संयन्त्र भित्रका पाँच जना कर्मचारीहरु सम्मानित हुने भएको छ । इन्टेग्रिटी आइकन २०२२ मार्फत रौतहटको राजदेवी नगरपालिका वडा नं. ७ मुडवलवा बस्ने हाल जिल्ला प्रहरी कार्याय सर्लाहीमा कार्यरत राजेश साह जयसवाल पनि सम्मानित हुने भएको छ । उनि करिव ६ वर्ष देखि उनी जिल्ला प्रहरी कार्यालय, सर्लाही अन्तर्गत प्रादेशिक अस्पताल, सर्लाहीमा कार्यरत छन् ।

कसरी छानिए इन्टेग्रिटी आइकन नेपाल–२०२२ मा जयसवाल

राजेशले सानै हुँदा आमा गुमाए । उनका बुबाले दुख गरेर उनी र उनका दाईलाई हुर्काए । उनले बुबाको दुख पनि देखे र आफुले पनि दुःख भोगे । द्वन्दकालमा एकातिर सुरक्षाकर्मी र माओबादी बिचको द्वन्दको त्रास हुन्थ्यो भने, अर्को तर्फ तराईमा सीमा पारिबाट आउने लुटेराहरुले दुःख दिने गर्दथे । युवाहरू रातभरी चोकचोकमा अनिँदै बस्ति कुरेर बस्दथे । त्यही समयमा प्रहरी आउँदा उनीहरूमा क्षणिक भए पनि आशा र भरोसा पलाएर आउंथ्यो ।
त्यो घटनाले पनि उनलाई प्रहरी सेवामा आउन प्रेरित ग¥यो ।उनि करिव ६ वर्ष देखि उनी जिल्ला प्रहरी कार्यालय, सर्लाही अन्तर्गत प्रादेशिक अस्पताल, सर्लाहीमा कार्यरत छन् । उनको जिम्मेवारी भनेको अस्पतालमा आएका केसहरूको विवरण राख्ने र सम्बन्धित निकाएमा खबर गर्ने हो । तर, उनि भने तोकिएको जिम्मेवारीसँगै मानवीयतालाई पनि महत्व दिने गर्दछन ।
कोहि असहाय व्यक्ति सेवा लिन आयो भने उसलाई सहयोग गर्नु आफ्नो दायित्व ठान्दछन राजेशले । यस्ता थुप्रै व्यक्तिको उनले आफ्नै पहलमा उद्दार गरेका छन । मलंगवामा एकजना बोल्न नसक्ने बेवारिसे व्यक्तिको दुर्घटना भयो । जैसवालले उनलाई अस्पताल लगे । आफन्त कोहि नभएकोले उनको अस्पताल परिसरमै बस्ने खाने व्यवस्था गरिदिए । ६ महिना पछि आफन्त पत्ता लगाए । त्यसपछि जैसवालले नै उक्त व्यक्तिलाई रौतहट घर सम्म जाने व्यवस्था मिलाईदिए ।
कोभिडको सुरुवाती अवस्थामा कर्मचारीहरू बिरामी नजिक जान डराउँथे । शुरुमा पञ्जा, मास्क, पी.पी.ई. सबै सामाग्रीको अभाव थियो । राष्ट्रसेवक नै पछाडी हट्यो भने जनता पनि डराउँछन् भनेर उनी अगाडी सर्दथे । चिकित्सक पनि पछी हटेको अवस्था थियो । उनी आफै बिरामीको नजिक गएर समस्या बुझ्दथे । कसैको मृत्यु भयो भने पोष्टमार्टम गर्ने ठाउँमा शव लैजान उनले नै सहयोग गरिदिन्थे । अस्पतालमा पोस्टमार्टम गर्ने व्यवस्थित स्थल थिएन । एउटा मात्र कोठा थियो र त्यहाँ फ्रिज पनि थिएन । बेवारिसे लास आयो भने त कति दिन सम्म राखिन्थ्यो र निकै गन्हाएर सहिनसक्नु हुन्थ्यो ।

बेला बेलामा उनले नै मट्टीतेल छर्केर गन्ध हटाउने गर्दथे । त्यो कुरा उनले वडा कार्यालय र अस्पतालका प्रमुखसँग राखे । उनले भने बमोजिम त्यो ठाउँ अहिले व्यवस्थित भएको छ ।अस्पतालमा प्रहरी बस्नको लागि एउटा सानो टिनको छाप्रो मात्र थियो, जहाँ एउटा सानो खाट बाहेक केहि अट्दैनथ्यो । सोही ठाउँलाई उनले आफैले व्यवस्थित गरेर कार्यालयको रुप दिएकाछन् । अहिले सेवाग्राही आउँदा पनि उनलाई सम्पर्क गर्न सजिलो भएको छ ।

प्रहरी भन्ने बितिकै कतिजना डराउँछन् तर, उनि भने नरम बोल्ने, जनता संग अन्तरक्रिया गर्ने, सालिन स्वभाब भएको व्यक्तिव भएकोले सबैले उनीसंग आफ्ना कुरा सजिलै राख्न सक्छन । त्यसैले उनकै स्वभावका कारण अहिले स्थानीयको प्रहरी प्रतिको दृष्टिकोण नै फेरिएको छ ।२०४२ साल फागुन १० गते रौतहटको मुडलवामा सामान्य परिवारमा जन्मेका हुन् राजेश साह जैसवाल ।

उनले २०६३ साल चैत १ गतेबाट नेपाल प्रहरीमा सेवा सुरु गरे । उनको २०७६ सालमा बढुवा भयो । उनी हाल मलंगवा अस्पतालमा उनको दरबन्दी छ ।मैले पीडामा परेका मान्छेलाई देख्न सक्दिनँ । आत्मसन्तुष्टि र मानवताका नाताले गर्न सक्ने सेवा सहयोग गर्छु । मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो,’ जयसवाल भन्छन्, ‘हरेक नागरिकले मानव हुनुको उत्तरदायित्व र जिम्मेवारी निभाउनुपर्छ ।’यस वर्ष इन्टेग्रिटी आइकनका लागि देशभरबाट प्राप्त भएका ४१० जनामध्येबाट निर्णायक समितिले राजेशसहित पाँच जनालाई छनोट गरेको हो ।आइकनको निर्णयक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजकत्वमा प्रशासनविद् काशीराज दाहाल, पूर्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र प्रा. डा. सुचेता प्याकुरेल थिए ।

काउन्टबिलिटी ल्याब नेपालका सहायक निर्देशक सुरेश चन्दले नेपाली आइकनको मुख्य उद्देश्य सरकारी सेवाप्रति सर्वसाधारणको वितृष्णा कम गरी राम्रो काम गर्ने, जिम्मेवार र जवाफदेही कर्मचारीको कामलाई बाहिर ल्याउनु रहेको बताए ।ल्याबले आइकन हुनका लागि केही मापदण्ड बनाएको छ, जसलाई छनोटकर्ताले पूरा गरेको हुनु पर्छ । ‘छनोटकर्ताको काम, आचरण र व्यवहारका बारेमा सेवाग्राही र सुपरभाइजर गर्ने व्यक्तिले बोल्नुपर्छ ।

मनोनयन आइकन हुने व्यक्तिले नभई सेवाग्राहीले गरिदिनुपर्छ,’ चन्द भन्छन् । ल्याबले सूचना संकलन गरी निर्णयक समितिलाई बुझाउँछ । निर्णयक समितिले ल्याबले बुझाएको सूचना र व्यवहार हेरेर निर्णय गर्छ ।सन् २०१४ बाट इन्टेग्रिटी आइकन नेपाल सुरु भएको हो । अहिले आइकन पाकिस्तान, श्रीलंका, लाइबेरिया, माली, मेक्सिको, दक्षिण अफ्रिका, जिम्बावे, नाइजेरिया, मेक्सिको लगायत १५ देशमा विस्तार भइसकेको छ ।इन्टेग्रिटी आइकन नेपालमा छनोट भएकालाई ल्याबले मंसिर २४ गते काठमाडौंमा सम्मान गर्ने भएको छ ।
ल्याबले छनोट गरेका राजेश साह जयसवाल कल्पना अधिकारी, इन्जिनियर, सडक विभाग, काठमाण्डौ, मोहन कृष्ण महर्जन, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाण्डौ , रोशनी देवी कार्की, उपसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाण्डौ र सुजन कुमारी बर्देवा, शाखा अधिकृत, सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बु गरी पाँच जनालाई सम्मानपत्र र ट्रफीसहित सम्मान गर्ने चन्दले बताए ।‘राम्रो काम गर्ने सार्वजनिक संयन्त्रका कर्मचारीलाई बाहिर ल्याई उनीहरुलाई उत्प्रेरणा–हौसला दिई नराम्रो काम गर्नेलाई पनि पाठ सिकाई जिम्मेवार र उत्तरदायी बनाउनु आइकनको काम हो,’ कार्यकारी निर्देशक चन्दले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

पंचकोशी परिक्रमा आईपुग्यो सोमबार अन्तरगृह परिक्रमा र ह..

कमल साहजनकपुुरधाम,चैत्र ११ गते । पन्द्रह दिने मिथिला पंचकोसी आज आईतवार जनकपुरधाम आई पुगेका छन । भाली सोमवार अन्त..

5 दिन पहिले

बेला लादो बिन्धीमा लगभग साढेचौध बिगहा सर्वाजनिक सम्पति ..

कमल साहजनकपुरधाम, चैत्र ११ गते । जनकपुरधाम उपमहान पालिका २३ वडा (साबिक बिन्धी गाउँ पालिका) अन्तर्ग लगभग साढे १४ वि..

5 दिन पहिले

नारायणी अस्पतालको मुद्दा तत्काल छिनोफानो गर्न सांसद या..

रंजित चौरसिया, वीरगंज, वीरगंज चैत्र २ गते । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले नारायणी..

14 दिन पहिले

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र २ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्..

14 दिन पहिले

पंचकोशी परिक्रमा मटिहानीबाट जलेश्वर हुँदै मडई पुग्यो

कमल साहजनकपुुरधाम,चैत्र २ गते । पन्द्रह दिने मिथिला पंचकोसी परिक्रमा मटिहानीबाट जलेश्वर हुँदै आज मडई पुगेको छ । ..

14 दिन पहिले