आजबाट स्थिर अवधि आरम्भ,यस्मा के–के गर्न पाइँदैन

कमल साह
जनकपुरधाम,मंसिर ३ गते । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्थिर अबधि आज शुक्रबारबाट सुरु भएको छ ।
यस अबधिमा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन । मतदान सुरु हुनु भन्दा ४८ घण्टाअघिदेखि निर्वाचन आयोगले मौन अवधि तोकेको छ । आईतवार मतदान नसकिएसम्म स्थिर अवधि कायम रहनेछ ।
आयोगले निर्वाचनलाई धाँधलीरहित, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला र गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिका विपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने उल्लेखित छ ।
के के गर्न पाइँदैन ?
निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।,एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने ।
समानुपातिक उम्मेदवारहरूलाई परिचय पत्र दिइने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनतर्फका समानुपातिक उम्मेदवारलाई परिचय पत्र दिइने भएको छ ।
प्रदेश तथा प्रतिनिधि सभाका समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिकतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूले परिचयपत्र माग्न आएमा उनीहरूलाई परिचय पत्र दिइने आयोगले जनाएको छ । परिचय पत्र माग्न आएका समानुपातिकतर्फका उम्मेदवारलाई प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरणसहित तोकिएको ढाँचामा परिचय पत्र उपलब्ध गराउन मातहतका कार्यालयलाई निर्देशन दिएको समेत जनाएको छ ।
मतदान केन्द्रमा क्यामरा, मोबाइल लग्नमा निषेध
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्थलमा क्यामरा,मोबाईल लगायतका निषेधित वस्तु लग्न नपाउने निर्देशन निर्वाचन आयोगले गरेको छ । राजनीतिक दलहरु बीच विहवार भएको अचारसंहिता निर्णयमा मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे सहमति भएको आयोगले भनेको छ ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
7 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
7 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
7 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
9 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
14 दिन पहिले
संवाददाता
संवाददाता

