अपांग संघमा लामा निर्वाचित
कमल साह
जनकपुरधाम,मंसिर २३ गते । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका सम्पन्न निर्वाचनबाट केन्द्रिय अध्यक्षमा साम्देन लामा निर्वाचित भएका छन ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रीय सभा यहाँ मंसिर १९ गते आयोजित भएको थियो । त्यस अधिवेशनबाट केन्द्रिय कार्यसमितिमा लामा समुह बहुमतबाट निर्वाचित भएका हुन ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जनकपुरधाममा आयोजित ३४ औं साधारण सभामा लामा ले ७१ मत ल्यएर निर्वाचित भएका छन । उहाँका प्रतिद्वन्दी कुशश्री न्यौपाने ले ४२ मत ल्याई पराजित भएका छन ।
त्यस्तै अपांगबाट सदस्य पदमा निर्वाचित हुनेहरुमा तारा बदन सेडाई (८५) मत रामचन्द्र जोशी (८०) मत, राम प्रसाद कोईराला (६५) मत,शिवचन्द्र साह (६९मत ,इन्द्र कुमार झा (६३ मत, भगवती बुढाथोकी (६४) मत ,सुस्मा विक (७३) मत र भावुक जंग थापा (७६) मत पाएर विजयी भएका छन ।
विधान अनुसार अपांगबाट ८ जना सदस्य पदमा निर्वाचित हुने प्राब्धान रहेको छ । त्यसपदमा १३ जना उम्मेदवारी दिनुभएको थियो ।
लामा समुहबाट उम्मेदवारी दिने अपांग सदस्य पदका लागि धर्मराज घिमिरे ले ४१ मत मात्र ल्याउन पाएका छन ।
त्यस्तै सपांगबाट सदस्य पदमा उम्मेदवारी दिने १० जनामा ७ जना निर्वाचित भएका छन । त्यसमा धर्मराज पन्त (७३) मत,नन्दकिशोर महासेठ (७३) मत,बलराम सुबेदी (८०) मत, बालध्वज कार्की (८०) मत ,सुरेश श्रेष्ठ (७२) मत ,चन्द्र प्रसाद तिमिल्सिना (८७) मत र शरद अधिकारी (७६) मत ल्याएर विजयी भएका छन । पराजितहुनेहरुमा सर्वश्रेष्ठ (२६) मत ल्याउने पुण्य प्रसाद सापकोटा रहेका छन ।

सो केन्द्रिय सभाको उद्घाटन धनुषा क्षेत्र नं. ३ का नव निर्वाचित सांसद एवं पूर्व मंत्री जुली महतोले प्रमुख अतिथीको आसनबाट गर्नुभयो ।
केन्द्रिय अध्यक्ष धनजुजु श्रेष्ठको अध्यक्षतामा आरम्भ भएको उद्घाटन समारोहमा नेपाल अपांग सघ खगेन्द्र नवजीवन केन्द्र जनकपुरका संस्थापक मकेश्वर प्रसाद सिंह का नाती रितेश सिंह,शिवशंकर साह हिरा,संतोष यादव,भोला सिंह हमाल,प्रभाकर ढुंगाना लगायतका वक्ताहरुले शुभकामना मतव्य संगै विचार राख्नुभयो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
18 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
