स्व. मकेश्वर प्रसाद सिंह को १२ औं स्मृति दिवस सम्पन
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, पुस ७ गते । सधै निष्ठा र सिद्धान्तमा रसह समाजिक उत्थानका लागि मन, वचन र कर्मले समर्पित अनुकरणीय आदर्श चरित्रका व्यक्तित्व विकास पुरुष स्व. मकेश्वर प्रसाद सिंह को १२ औं स्मृति दिवसको अवसरमा भवयता का साथ श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

सो सभामा एभिन्यूज टिभि र उज्यालोका धनुषा समाचारदाता सुजीतकुमार झालाई मकेश्वरबाबू उत्कृष्ठ सामाजिक सेवा पुरस्कारले बुधवार सम्मानित गरिएको छ ।
जनकपुरधामको समाजिक क्षेत्रका अग्रणी व्यक्तित्व मकेश्वरप्रसाद सिंहको नाउँमा स्थापित सो पुरस्कार सिंहको १२ स्मृति दिवसको अवसरमा प्रदान गरिएको छ ।
पुरस्कारमा ५१ सय ५ नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ । पत्रकारिता र मैथिली साहित्यको माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सो पुरस्कार प्रदान गरिएको छ ।
अढाइ दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहेका पत्रकार झाको मैथिली भाषामा १५ वटा पुस्तक प्रकाशित रहेको छ । झा मैथिली, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर समेत गरेका छन ।
विकास पुरुष मकेश्वर बाबू सामाजिक प्रतिष्ठानका अध्यक्ष रीतेशकुमार सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी अमरचन्द्र अनिल, नेकपा एस का पोलिटव्यूरो सदस्य श्रीप्रसाद साह, जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाशचन्द्र साह, कृष्ण दिक्षीत, सम्मानित हुने पत्रकार सुजीतकुमार झा लगायतका वक्ताहरुले बोलेका सो कार्यक्रमा बिभिन्न व्यत्तिहरु उपस्थिती भएको थियो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
5 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
25 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
