+977 9854027065 | akulpdsah@gmail.com

हिमाली इंग्लिस बोर्डिङ स्कूलले भव्य र सभ्य सांस्कृति कार्यक्रम गरि मनाइयो

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1058 Views

कमल साह
जनकपुरधाम, पुष २१ गते । यहाँका हिमाली इंग्लिस बोर्डिङ स्कूलले भव्य र सभ्य सांस्कृतिक कार्यक्रम .आयोजना गरी स्थापना दिवस मनाइयो ।
हिमाली इंग्लिस बोर्डिंग स्कूल ले आयोजना गरेको ३० औँ वार्षिकोत्सवको अन्तिम दिन सांस्कृतिक कार्यक्रम गरी मनाएको छ ।
सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथी जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह ले हिमाली बोर्डिंग ईंगलिश स्कूलले आफ्नो स्थापना दिवसको अवसमा पाँच दिने कार्यक्रम ले समाजलाई पनि शिख मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले यो विद्यालयले विद्यार्थीलाई उर्जा प्रदनको लागि आयोजना गरेको सांस्कृतिक कार्यक्रम पनि उत्तम रहेको थप्नुभयो ।
सो कार्यक्रमका विशिष्ट अतिथी जिल्ला शिक्षा समन्वय समितिका प्रमुख युक्त प्रसाद शर्माले विद्यार्थीमा अतिरिक्त ज्ञान एवं कला आवश्यकता रहेको बताउँदै यस्ता खाले कार्यक्रम अगामी दिनहरुमा पनि आयोजना गरिदै रहोस भने कामना गर्नुभयो ।


त्यस्तै प्राध्यापक दिनेशचन्द्र गुप्ता ले शुभकामाना मन्तव्य राख्दै सोमवार आयोजना भएको विज्ञान प्रदर्शनीबाट विद्यार्थीलाई प्रस्फुटनमा मद्दत मिल्ने विश्वास व्यक्त गर्नुृभयो ।
विद्यालयका संस्थापक तथा प्रधानध्यापक रमेश साह को अध्यक्षतामा आयोजित सांस्कृतिक कार्यक्रममा पत्रकार एवं जनकपुरधाम उमनपा २३ का वडा अध्यक्ष राघवेन्द्र साह ले पनि शुभकामना मन्तव्य राख्नुभयो ।
कार्यक्रमको उद्घोष हिमाली बो.ई.स्कूलका सहायक प्रधानध्यापक सुपेश कुमार आलेले गर्नुभयो ।
सांकृतिक कार्यक्रममा शहरलाई सफा राख्न फोहर जथाभावी नफाल्न, आक्सीजनमा कमि नल्याउनको लागि जथाभावी रुख नकाट्न सन्देश मुलक सामुहिक नृत्य समेत प्रदर्शन गरियो ।
त्यस्तै युवाहरुमा बढदै गएको लागु पदार्श सेवनबाट आफ्नो भविष्य नखडा गरौं लगायतका संदेश समेत सो सांस्कृतिक कार्यक्रममा छात्रछात्राहरुले प्रस्तुत गर्नुभयो ।
सो सांस्कृतिक कार्यक्रममा युकेजी देखि कक्षा १० सम्मका विद्यार्थी भाग लिएका हुन ।
त्यस्तै सोमबार आयोजित विज्ञान प्रदर्शनीमा पत्रकार कमल साह, डा. शम्भु साह, पत्रकार एवं वडाध्यक्ष राघवेन्द्र साह,प्राध्यापक सुरेश साह लगायतका वक्ताहरुले शुभकामना राख्दै विचार समेत व्यक्त गर्नुभयो ।
प्राधानाध्यापक रमेश साह को अध्यक्षतामा अयोजित समारोहको प्रमुख अतिथ्य जिल्ला शिक्षा समन्वय समिति प्रमुख युक्त प्रसाद शर्मा ले गर्नु भएको थियो । त्यस्तै विशिष्ट अतिथी प्रध्यापक दिनेशचन्द्र गुप्ता ले गर्नुभएको थियो ।


हिमाली ई.बो. स्कूलको वार्षिकोत्सव अवसरमा शुक्रबार स्कूल हातामै रक्तदान कार्यक्रम आयोजन गरिएको थियो । रक्तदान कार्यक्रममा २५ जनाद्वारा रक्तदान गरिएको प्राधानाध्यापक रमेश साहले जानकारी दिनुभयो । सो कार्यक्रममा जनकपुरधाम कार्यपालिका सदस्य दिपेन्द्र साह, शिक्षक रुपेश आले लगायत रक्तदान गर्नुभयो ।
विद्यालयको वार्षिकोत्सव अवसरर्मा पाँच दिवसीय कार्यक्रम गरिएको छ ।
तेश्रोदिन जानकी विद्धाश्रम र कविर वाल वत्सल्य आश्रममा फलफूल वितरण गरिएको थियो । त्यस्तै दोश्रोदिन प्रभातफेरी र सरसफाई कार्यक्रम संचालन गरेको थियो ।
सहायक प्राधानाध्यापक रुपेश आले को नेतृत्वमा आयोजित प्रभातफेरी शिवचौक,जनकचौक,रामचौक,पुरानोबजार हुँदै जानकी मंदिर हुँदै पुनः विद्यालय परिसरमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

5 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

25 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले