+977 9854027065 | [email protected]
`

आसन ग्रहण; पुँजि, पद र प्रोटोकल

3 महीना पहिले प्रकाशित

Akul Prasad Sah

`

कविराज सुवेदी
वागमती ४, सर्लाही


सार्वजनिक कार्यक्रमका बिभिन्न खण्डमध्ये केहीलाई रोमाञ्चमक लाग्ने र धेरैलाई पट्यार लाग्ने खण्ड हो आसन ग्रहण। आसन ग्रहणको ऐतिहासिक उद्विकासको बारेमा लेखिएका लेखहरु दुर्लभ प्रायःछन् ।
बरिष्ठ पत्रकार किशोर नेपालका अनुसार देशमा राजनीतिक,आर्थिक र साँस्कृतिक वार्ता र छलफलको लागि सार्वजनिक मञ्चहरुको आयोजना गर्न थालेपछि संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पूर्नस्थापना पछि देशका समस्याहरुमाथि छलफल गर्ने चलन ह्वातै बढेसँगै आसन ग्रहणको चलन पनि बढ्यो ।
तर यसले कसरी हालको अबस्था ग्रहण गर्न सक्यो भन्न चाहि गाह्रो छ। यति त भन्न सकिन्छ कि आयोजना गरिएको कार्यक्रमको श्रृङ्गारिएको मञ्चमा केही मान्छे विभिन्न अलङ्कारको साथ मञ्चमा उक्लने र मञ्च अघि भएका सहभागि तिर फर्केर आफ्नो उपस्थितिको महत्वको बारेमा मौन एकलाप गरेर मुहारबाट वा आँखाबाट संप्रेषण गरिरहेका हुन्छन्। आसन ग्रहणको क्रम यसरी चल्छ मानौ कि मञ्चमा बस्ने पुज्य र दर्शकदीर्घामा बस्ने त्याज्य हुन्छन् ।
समानताका लागि गएिका कार्यक्रमहरुमा पनि आसन ग्रहणको प्रचलनले अन्तत्वगोत्व असमानता नै दिएको छ। जब व्यक्तिलाई निहित स्वार्थको लागि देवत्वकरण गर्न खोजिन्छ, नाम र पदलाई मन्त्रजस्तै तन्मयताका साथ उच्चारण गरिन्छ। जब पुँजि, पद र प्रोटोकल अनुसार व्यक्तिको मर्यादा कायम गरिन्छ समाजमा वर्ग र विभेदको खाडल त्यहीँबाट खनिन्छ र ठालू प्रथा कायमै रहन्छ। आसन ग्रहण प्रथाले ‘मञ्चमा आसिन सहभागि बढी महत्वका र दर्शकदीर्घामा बस्नेहरु केवल बुख्याचा हुन्’ भन्ने तथ्य प्रमाणित गर्न खोजिरहेको हुन्छ, जर्ज अर्वेलको उपन्यास एनिमल फार्ममा भनिएजस्तै(सबै प्राणि बराबर हुन तर केही प्राणिहरु अन्यभन्दा बढी बराबरी हुन् ।
अर्को कुरा(कैयन् कार्यक्रम त आसन ग्रहणमा मर्यादाक्रम नमिलेर संचालन हुन नसकेका समाचार त हामीले अक्सर पढ्ने गरेकै छौं । कति कार्यक्रममा त आसन ग्रहणकै बिषयलाई लिएर विवाद र झडप नै हुने गरेको घटना तपाइँहाम्रोलागि नौलो हैन। हामी यस्तो कार्यक्रममा पनि सहभाथि भएका छौं जहाँ आसन ग्रहणमा मर्यादाक्रम मिलाउनकै लागि कार्यक्रम संचालक÷उद्घोषक र आयोजक संस्थाको प्रमुखको सम्पूर्ण उर्जा र सिर्जनशीलता खर्च भएको हुन्छ ।
अर्को घतलाग्दो कुरा आसन ग्रहणको क्रम कार्यक्रमको समयावधिभर निरनतर चलिरहन्छ। बसिरहेको मान्छेलाई उठाएर आसन ग्रहण गराउदा बसाएको हो कि उठाएको हो छुट्याउन गाहृो हुन्छ ।
धेरैलाई थाहा नहुन सक्छ सार्वजनिक निकायको लागि भने आसन ग्रहणसँग सम्बन्धित कानुन पनि बनेको रहेछ(सार्वजनिक निकायको औपचारिक वैठक तथा समारोह सञ्चालन निर्देशिका। यस निर्देशिकाको परिच्छेद ३, नियम १२ मा आसन ग्रहणसँग सम्बन्धित व्यवस्था रहेको छ जसको उपनियम १ मा आयोजकले समारोह शरु हुनु अगावै सभाध्यक्ष, प्रमुख अतिथि र अतिथिलाई मात्र आसन ग्रहणको लागि अनुरोध गर्न सकिने भनिएको छ। पंक्तिकारलाई भने के लाग्छ भने कानुन पनि नजिरमा आधारित भएर बन्छ र त्यो नजिर जंगबहादुरको मुलुकी ऐन पनि हुनसक्छ ।

कविराज सुवेदी
वागमती ४, सर्लाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

12 comments
रौतहटको प्रेस मंचको अध्यक्षमा पुनः किशोरी यादव

रश्मि पटेल, रौतहटरौतहट, चैत्र १३ गते । प्रेस मंच नेपालको पहिलो जिल्ला अधिवेशन रौतहटको सदरमुकाम गौरमा सोमबारका दि..

3 महीना पहिले

मिटरब्याजी पिडितको पैदल यात्राको तेस्रो दिन हरिवनमा

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र ३ गते । आन्दोलन गर्न काठमाण्डौँसम्म पैदल हिँडेका मिटरब्याजी पीडितले शनिवार द..

3 महीना पहिले

प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अधिवेशन चैत्र १६ गते..

रश्मि पटेल, रौतहटरौतहट, चैत्र ३ गते । मधेश प्रदेस समिती प्रथम बैठक प्रेस मंच नेपालको आयोजनामा भएको छ । जनता समाजवा..

3 महीना पहिले

जानकी मन्दिरमा फुलमाला बेच्नेलाई लक्ष्मण मन्दिरको पसल ..

कमल साहजनकपुरधाम,फागुन २२ गते । जानकी मन्दिर परिसरमा रहेको लक्ष्मण मन्दिरको पसल कबल खाली गराएर फुलमाल गर्नेेलाई ..

3 महीना पहिले

प्रेस स्वतंत्रता सेनानी श्री नेपाली शिघ्र स्वास्थ्य ला..

कमल साहजनकपुरधाम, फागुन १४ गते । संघिय लोकतान्त्रिक गणतन्त्रका अथक योद्धा,साहित्य स्रष्टा नेपाली पत्रकारिताका ..

3 महीना पहिले