जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार खोस्ने छ
कमल साह
जनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।
नगर प्रमुख मनोज कुमार साह ले जनकपुरधाम उप महानगरपालिकाकोे १३ औं नगरसभामा पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर जनकपुरधाम उपमहानगरपालिकाले उठाउने प्रस्ताव राख्नु भएको छ । नगरप्रमुख साहले आ.व.२०८२।०८३ देखि मालपोत दस्तुर उठाउने प्रस्ताव साधारण सभाबाट पारित हुँदा कानून बन्नेछ ।
गुठी संस्थान कार्यालयको अधिमानमा रहेको जमिनलाई तीन किसिमको वर्गिकरण गरिएको छ । गुठी संस्थानको पूर्ण स्वामित्व भएको जमिन ‘गुठी तैनाथी’,गुठी संस्थान अन्तर्गत रहेको जमिन भएपनि मनखप लाग्ने खालका जमिनलाई ‘गुठी अधिनस्थ’ र मालपोत मात्र गुठी संस्थान ले उठाउने अधिकार भएको जमिनलाई ‘रैतानी’ भनिन्छ ।
जनकपुरधाम उप महानगरपालिका भित्रमा यस्ता तिनटै प्रकारका जमिन रहेको छ । गुठी अधिनस्थ जग्गा मठाधिश र गुठीका हाकीमदेखि कर्मचारीको सक्रियताले प्रायः समाप्त हुन लागेको छ ।
यत्ता, गुठी संस्थानले रैतानी जमिनबाट मालपोत दस्तुर नेपाल सरकारले कायम गरेको दस्तुर भन्दा झण्डै तीन गुणा बढी प्रतिकठ्ठा २३४ रुपिया असुल गरिदैछ ।
नेपाल सरकार अन्तर्गत रहेको जग्गाबाट प्रतिकठ्ठा ८० रुपियाँ मालपोत मात्र असुल भईरहेको छ । तर, त्यही गुठी कार्यालयले प्रति कठ्ठा रु दुई सय चौंतिस रुपियाँ मालपोत दस्तुर असुल गर्नु चरम शोषणको शिकार नेपाली जनता भईरहेका छन ।
तर,यस मुद्दाको विरोध कुनै राजनीतिक दलबाट भएको छैन । यहाँ यो पनि बडम्बना रहेको छ ।
एकै ठाउँमा दुई किसिमको मालपोत लाग्ने र त्यो पनि झण्डै तीन गुणाबढी दस्तुर रहेको ले उपमहानगर भित्रका किसानहरुले गुठी संस्थानमा मालपोत बुझाउने परम्पराबाट कहिल्ये छुटकारा मिल्ने सोंच रहेको मौकामा उमहानगरपालिकामा आएको प्रस्तावबाट उनिहरु हर्षित छन ।
जनकपुरधाम उप महानगरपालिकाले ल्याएको प्रस्तावको गुठीे रैतानी अन्तर्गतका जग्गाधनीहरु खुसी व्यक्त गर्र्दैछन । गोपाल नाम गरेका किसानले हाम्रो जमिनको मालपोत दस्तुर नगरपालिका ले उठाएमा प्रति कठ्ठा रु ८० मात्र लाग्ने भनेर खुसी मनाउँदै छन ।
कमेन्ट गर्नुहोस्
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
10 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
23 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
25 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
2 महीना पहिले
संवाददाता
