नेपालको विकासमा छिमेकी राष्ट्रहरूको महत्वपूर्ण योगदान हो– ईश्वर पोखरेल
कमल साह,जेठ २२ गते ।
जनकपुरधाम । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको विकासमा हाम्रा दुई छिमेकी मित्र राष्ट्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
यहाँका सरस्वती नमूना माध्यमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्री हस्तारण समारोहका प्रमुख अतिथीको आसनबाट उक्तकुरा उहाँले राख्नुभयो ।
चीन सरकारको चाईना फाण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपाल कार्यालयद्वारा डेक्स बेन्च, स्मार्ट बोर्ड तथा सेते बोर्ड हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरेले नेपालको आर्थिक विकासमा चीन सरकारको महत्वपूर्ण योगदान रहेको बताउँदै पछिल्लो समयमा चाईना फाउण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपाल संस्था मार्फत नेपालको ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा गरिरहेको काम फदायी रहेको बताउनु भयो ।
उहाँले नेपाललाई बनाउनका लागि आफूहरूले नेपालका दुवै छिमेकी राष्ट्र भारत र चिन सँग मित्रवत् सम्बन्ध राख्न चाहेको बताउनुभयो ।
उहाँले सबै कुरा बदल्न मिल्छ ,तर पडोसीलाई बदल्न नसक्ने भएकाले नेपाल दुवै देशसँग समानान्तर सम्बन्ध राख्न चाहेको भन्नुभयो । उहाँले नेपाललाई समृद्ध बनाउन ठूलो जनसङ्ख्या तथा अर्थतन्त्र भएको दुवै मित्र देशको साथ र सहयोग निरंतर चाहि रहने बिचार थप्नुभयो ।
सरस्वती नमूना माविका पूर्व विद्यार्थी रहिसकेको उहाँले जानकारी गराउँदै आफुले एसएलसीसम्म अध्ययन गरेको विद्यालयको सुदृढ होस् ,नेपालमै नमूना को विद्यालय होस् चाहना रहेको बताउँदै प्रधान अध्यापक नागेश्वसर साहलाई भन्नुभयो मेरोे आवश्यकता महशुस भएको बेलामा सम्झनु होला,सहयोग गर्न प्रतिब्ध छु ।
सो समारोहका विशिष्ठ अतिथी नेकपा एमालेका नेत्री एवं प्रतिनिधि सभाका सदस्य जुली कुमारी महतोले नेपालको भौतिक पूर्वाधारको निर्माणमा चीन सरकारको महत्वपूर्ण योगदान रहेको बताउँदै नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि थप लगानी बढाउन आग्रह गर्नुभयो ।
उहाँले अगामी आर्थिक वर्षको योजनामा जनकपुरधामका सरस्वती नमूना मावि र रुपैठा माविमा पूर्वाधार निर्माणका लागि ८३ लाख रुपियाँ विनियोजन भएको जानकारी गराउँदै त्यस रकमबाट विद्यालयलाई चाहिने आबश्यकता पुर्तिमा खर्चिन बताउनु भयो ।
सो समारोहका अध्यक्षता गर्दै विद्यालयका प्रधानाध्यापक नागेश्वर साहले विद्यालयको शैक्षिक विकासका लागि चीन सरकारको तर्फबाट प्राप्त भएको शैक्षिक सामग्रीहरूले सहयोग मिल्ने बताउनुभयो । नेपालका लागि चिनिया राजदूतावासका वाणिज्य काउन्सीलर सीईयू, चाईना फाण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपालका कन्ट्री डाईरेक्टर जाओ स्याङ्ग र राजदूतावासका राजनीतिक तथा प्रेस मामिला निर्देशक यु पेङ्गचेङ्गले विद्यालयलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्नुभयो ।
त्यसैगरि जनकपुरधामका प्रादेशिक अस्पतालका प्रसूति गृहका लागि चाईना फाण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपालले आरामदायी बर्थिङ्ग अभियान अन्तर्गत पाँच थान इयरकण्डिशनर मेशिन अस्पतालका निर्देशक डा. जामुन प्रसाद सिंहलाई हस्तान्तरण गर्नुभयो ।
सो कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले हाम्रा छिमेकी दुई मित्र देशले नेपालका शिक्षा,स्वास्थ्य लगायका क्षेत्रमा विकास आफ्नै सम्झेर गरिदिनको लागि आग्रह गर्नुभयो ।
जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा.जामुन प्रसाद सिहंले मधेश प्रदेशको ६० लाख जनसंख्याको स्वास्थ्य उपचारका लागि एक हजार बेडको अत्याधुनिक अस्पताल निर्माण गरिदिनको लागि चिन सरकार संग आग्रह गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
15 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
