+977 9854027065 | akulpdsah@gmail.com

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बेलावासी मार्कामा

8 महीना पहिले प्रकाशित

Akul Prasad Sah

1170 Views

कमल साह
जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका किसानहरु दुखः भोग्न बाध्य भएका छन ।
गुठी कार्यालय जनकपुर शाखा प्रमुख आनन्द प्रसाद कर्माचार्य ले २०८२ जेष्ठ २३ गते एक पत्र नापी शाखा कार्यालयमा पठाएर गाउँ ब्लकको स्वावासी जग्गा दत्र्ता सम्बन्धमा एकिन निर्णय निर्देशनका लागि गुठी संस्थान प्रधान कार्यालयमा लेखि पठाएको उल्लेखगर्दै सो कार्यालयबाट प्राप्त हुने निर्देशन पश्चात् मात्र जग्गा दत्र्ता सम्बन्धि कारवाही अगाडी बढाउन अनुरोध गरेको छ ।
गुठी कार्यालय जनकपुरले यसरी नापी शाखामा पठाएको पत्रबाट बेला गाउँका झण्डै एक हजार किसान मार्कामा पर्ने जनाएको छ ।
साबिक बिन्धी गाउँ पंचायत वार्ड नं. १,२ र ३ बेला गाउँको जमिन नाप नक्सा गर्नको लागि वि.सं.२०२६ सालमा नापी क्याम्प खटिएको थियो । त्यो बेलाकोे नापी क्याम्पले गाउँ ब्लकको जमिनहरु नापी गर्न छाडेको झण्डै २५ वर्ष पछि नाप नक्सा आरम्भ भएको थियो ।
हाल जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. २३ एवं साबिक बिन्धी गाउँ पालिकाका वा.नं.१,२ र ३ को लागि खटिएको नापी क्याम्पले लगभग २०६० सालमा लालपूर्जा वितरण गरेको स्थानियहरु बताउँदै छन ।
नापी क्याम्पले यो जमिन माल अन्तर्गत रहेको भन्दै मालपोत कार्यालय ले मालपोत दस्तुर उठाउने ठाउँमा गएर बुझाउन समेत भनेको स्थानियबासीको भनाई रहेका छन । गाउँवासी त्यस आदेश अनुसार बेला गाउँका झण्डै एक हजार किसान ले आ–आफ्नो जग्गाको मालपोत दस्तुर पहिला जिल्ला पंचायत कार्यालय धनुषामा बुझाउने गरेको थियो ।
जिल्ला पंचायतको अधिकार पालिकाहरुमा गाभिएपछि सो मालपोत दस्तुर उठाउने अधिकार जनकपुरधाम उपमहानगरपालिका–२३ को वडा कार्यालयमा सारिएको छ । साबिक बिन्धी गाउँपालिका व.नं.१,२ र ३ का झण्डै १००० हजार किसानले गाउँ ब्लक अन्तगर्तको जमिनका मालपोत दस्तुर अचेल जनकपुरधाम नगरपालिका वडा नं.– २३ को कार्यालयमा बुझाउँदै आएका छन ।
गुठी कार्यालय जनकपुर शाखा प्रमुख आनन्द प्रसाद कर्माचार्यले साबि लादो जब्दी अन्तर्गत बिन्धी गाउँ पंचायत वडा नं. १,२ र ३ को गाउँ ब्लकको स्वावासी जग्गा १९८३ सालको लागतबाट राममन्दिर गुठी मौजा अन्तर्गत रहेको भन्दै सो जग्गाको मालपोत दस्तुरदेखि दाखेलखारेजी समेत गुठी कार्यालयमा आउन सकेको भन्नुहुन्छ । उहाँले सो साविक विन्धी १,२ र ३ को जग्गा एकिनको लागि गुठी संस्थान प्रधान कार्यालयबा पत्राचार भएको ले तत्काल जग्गाधनि दर्ता पास लगायतका कार्य रोक्का गर्नको लागि आग्रह गरेको भन्नुभयो ।
यत्ता, जनकपुरधाम– २३ को वडाध्यक्ष राघवेन्द्र साह भन्नुहुन्छ, ‘गुठी संस्थान चिर निन्द्रा खुल्दा यति खेर गाउँका किसानलाई समस्यामा राख्ने कार्य भई रहेको छ ।’ यो राम्रो कुरा होईन उहाँले थप्नुभयो । नापी कार्यालय धनुषाले खटाएको नापी क्याम्प साविक बिन्धी गाउं पंचायतको बेला स्थितको गाउँ ब्लक जग्गा नाप नक्सा भऐपछि सूचना प्रकाशन भएको होला,गुठी कार्यालयलाई सूचना टाँसको सूचना पठाएको होला । तर, त्यो बेलाका तत्कालिन अड्डा प्रमुखले वास्तै गरिएनन् । झण्डै तीन दशक पछि गुठी कार्यालयले नापी कार्यालायलाई सूचना पठाएर बेलाका बासिन्दाको टाउकोमा झमेला थोप्न लागेको भन्दै बिरोध जनाएका छन ।
वडाध्यक्ष साह ले यदी गुठी कार्यालयलाई जे जस्तो कानूनी कार्यवाही सरकार संग गर्नुपर्ने हो बताउँदै उहाँले गुठी प्रमुख कर्माचार्यले किसानलाई मार्कामा नपारेर सरकार संग लडन सुझाब दिनुहुन्छ ।
किसानको मांग हामीलाई
मालमै रहन देउ
गुठी कार्यालय जनकपुरले जनकपुरधाम– २३ को वडा कार्यालयमा पठाएको बोधार्थ पत्र गाउँवासी माझमा पुग्दा हाम्रो जमिनलाई मालमै रहन दिन सरकार संग मांग गरिरहेका छन । उनिहरुले गाउँ ब्लको जमिनको मालको ठहर गरिसकेको ले त्यसैमा रहन दिनको लागि नेपाल सरकार संग अपिल गरिरहेका छन । उनिहरुले हामीलाई माल मै भएको जग्गामा सहजता रहेको बताईरहेका छन । उनिहरुले एक कठ्ठा जग्गाको मालपोत दस्तुर बुझाउन जाँदा मात्र ८० रुपिया लाग्ने बताउँदै सोही जग्गाको गुठीमा मालपोत दस्तुर २३४ रुपियाँ लिईरहेका बताउनु हुन्छ ।
एकजना किसानले गुठी डाँका रहेको भन्दै नेपाल सरकारले ८० रुपियाँ माल दस्तुर लिने जमिनको २३४ लिन नै डाँका हो थप्नुभयो ।
गुठी संस्थान धर्मलाई संरक्षण गर्ने नाउमा जनता लुटेरा संस्था रहेको आरोप लगाएका हुन । त्यस्तै अर्का एकजना सुधिर नामका किसानले गुठी कार्यालय हकैवादी तथा लुटेरको अड्डा भएको आरोप लगाएका छन । उहाँले गाउँब्लकका जमिनलाई मालमै रहन दिन नेपाल सरकार संग आग्रह गरिरहेका छन ।
गुठीले संस्थाले दाखिल खारेजीको नाउदेखि मालपोत दस्तुरसम्मको कार्यमा लुट्ने गरेको सुधिर भन्छन, ‘नेपाल सरकारको नियम विपरित मालपोत दस्तुर उठाउने संस्थामा हामी रहन चाहेका चाहिरहेका छैनौ ।’
सरकारको मालपोत दस्तुर भन्दा झण्डै तिन गुणाबढी
नेपाल सरकारले प्रति कठ्ठा रु. ८० को दरले मालपोत दस्तुर लिंदै आएको बताउँदै गुठीमा भएको जमिनको प्रति कठ्ठा २ सय ३४ रुपिया मालपोत दस्तुर तिर्नुपने बाध्यता रहेको गाउँवासहरु गुणासो गरिरहेका छन । उनिहरुले हामीलाई माल अन्तर्गत कै जग्गाधनिमा राख्न सरकारसंग आग्रह गरिरहेका छन ।
स्थानीवासीले यदी सरकारले गर्न सकियो भने बेला गाउँका तमामा गुठी रैतानीलाई परिवर्तन गरेर माल मै परिणत गरिदिनको लागि आग्रह गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

13 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

26 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

28 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले