जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या कि हत्या ?
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झा र अंशा सदा बीचको प्रेमले अन्तरजातीय विवाहको साहसिक निर्णयमा परिणत भएको केही महिनामात्रै भएको थियो । तर, सोमबार राति अंशा सदाको रहस्यमय मृत्युसँगै यो प्रेमकथा एउटा दर्दनाक मोडमा पुगेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१५, नोचा पोखरीस्थित सुटिङ स्थलमा सोमबार राति करिब ९ बजे अंशा सदा घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । घटनाको प्रकृति र पृष्ठभूमिका कारण यो आत्महत्या हो कि योजनाबद्ध हत्या भन्ने प्रश्न उठिरहेको छ ।
दलित समुदायका अगुवा चन्देश्वर सदा भन्छन्, “कसैले आफैखुसी आत्महत्या गर्दैन । दुई सम्भावित कारण हुन सक्छन– अन्तरजातीय विवाहपछि बढ्दो सामाजिक र पारिवारिक दबाबले आत्महत्या गर्नुप¥यो वा कसैले हत्या गरेर झुण्ड्याएको हुनसक्छ ।“
सुटिङस्थलमा उपस्थित कलाकारहरूका अनुसार अंशा खाना पकाउँदै गर्दा अचानक गायब भएकी थिइन् । खोजी गर्दा घरभित्र बाँसमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको बताइएको छ ।
श्रीमान् अविनाश झाले अंशाको स्वास्थ्य केही समयदेखि कमजोर रहेको जानकारी गराउँदै भने, “उहाँ केही दिनदेखि बिरामी हुनुहुन्थ्यो। तर यस्तो अप्रत्याशित घटना कसरी भयो, अझै बुझ्न सकेको छैन ।“
अंशाका पिता रतन सदा पनि घटनाले स्तब्ध भएको बताउँदै भन्छन्, “अंशाले आफ्ना श्रीमानलाई जातीय कारणले टर्चर हुने गरेको कुरा बताएकी थिइन् । तर यस्तो अन्त्य होला भन्ने सोचेको थिइनँ । कान्छी छोरी मन्साले राति ९ः३० बजे फोन गरेर दिदीको मृत्यु भएको खबर दिइन्, म शून्य भएँ ।“
कान्छी बहिनी मन्साका अनुसार अंशाको कहिलेकाहीं स्वास्थ्य कमजोर हुने गरे पनि घटनाको केही घण्टाअघि मात्र भेट भएको र अवस्था सामान्य देखिएको थियो । “राति ८ बजेसम्म दिदीसँग भेटेर फर्केकी थिएँ, केही असामान्य देखिएन । तर केहीबेरमै यस्तो खबर सुन्दा म बेहोस भइहालेँ,“ मन्साले भनिन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुण बहादुर सिंहका अनुसार घटना सोमबार रातिको हो भन्ने पुष्टि भइसकेको छ। अंशाको शव प्रदेशिक अस्पताल जनकपुरधाममा पोष्टमार्टमका लागि लगिएको छ र घटनाको अनुसन्धान जारी रहेको जानकारी दिइएको छ ।
गत माघ महिनामा अविनाश झा र अंशा सदाबीच अन्तरजातीय विवाह भएको थियो। यो विवाह पछि अंशाले आफ्नो सामाजिक पहिचान र पारिवारिक सम्बन्धलाई नयाँ मोड दिन खोजेकी थिइन्, तर समाजको कठोर व्यवहार र अव्यक्त दबाबले उनको जीवन यति चाँडै अन्त्य भयो कि–यो प्रश्न रहिरहनेछ ।
कमेन्ट गर्नुहोस्
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
6 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
1 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
2 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
2 महीना पहिले
संवाददाता
