विजय कुमार साह को अन्तरवार्ता
प्र. तपाई को परिचय पाऊ ?
ः– मेरो नाम विजय कुमार साह हो ,
मेरो घर जनकपुरभाम–४, धनुषा
राम चौकमा रहेको छ ।
प्र. यस पल्ट को चुनावमा तपाई यस जनकपुर उद्योग वाणिज्य संघमा कुन पदको लागि अगाडी बढनु भएको छ ?
ः– म यस पाली जनकपुर उद्योग वाणिज्य संघ को चुनावमा कोषाध्यक्ष पदको लागि चुनावी प्रतीस्प्रधामा छु ।
प्र. तपाई यही कोषाध्यक्ष पदको लागि किन लडनु भएको रहेको छ ?
ः– म कोषाध्यक्ष पदको लागि लडनुको कारण म यस भन्दा पहिले जनकपुरधामको धार्मीक एवं सामाजीक संस्था श्री राम युवा कमीटीको कोषाध्यक्ष पदमा रही काम गरेको अनुभव, जनकपुरधामको व्यापारीक संस्था नेपाल औषधी व्यावसाहीक संघ जील्ला शाखा को कोषाध्यक्षमा वर्तमानमा काम गरीरहेको अवस्था यही सस्थाहरुको अनुभवलाई जनकपुर उद्योग वाणिज्य संघको कार्य समितिको कोषाध्यक्ष पदमा लडन तयार भएको छ ।
प्र. विगत तपाई कोषाध्यक्ष पदमा केही भोटले हार्नु भएको थियो तर यस पल्ट पनी कोषाध्यक्ष पदमा फेरी आउनुको कारण के होला ?
ः– म विगतमा केही मतले कोषाध्यक्ष पदमा हारेको तर यस पल्ट होस्ला बुलन्द गरी व्यापारीहरुको चाहना अनुसार फेरी यस पल्ट कोषाध्यक्ष पदमा लडने र व्यापारीहरुलाई सेवा गर्ने मौका प्राप्त गर्न को लागी पुनःउमेदवारी दिएको छु ।
प्र. तपाईलाई व्यापारीहरुले त मन पराएको रहेको छ तर तपाई व्यापारीहरुको लागि के–के समस्याहरु समाधानको लागी अगाडी बडनु भएको
छ ?
ः– म व्यापारीहरुको लागी प्रमुख तिन ओटा एजेन्डा लिएर मैदानमा ओर्लिएको छु ।
क) व्यापारीहरुको प्रमुख कारण मोनोपोली ढङ्गले घर धनीहरुले भाडा बृद्धिदर यस लाई नियन्त्रण गर्नु पर्दछ ।
ख) उपभोक्ताहरुले आफ्नो बजारमा सामान नकिनीकन बाहीरवाट जुन सामान किन प्रवीती छ यसलाई सुधार गर्नु पर्ने ।
ग) राज्य पक्ष अर्थात भंसार कार्यलय बाट व्यापारीहरु माथी बारमबार माल सामान को धरपकर (कवजा) गर्ने जुन प्रविती रहेको छ त्यसलाई मुल धारमा ल्याउनु पर्ने ।
प्र. अहीले तपाई भोटको लागि सम्पूर्ण व्यापारीहरु संग प्रत्यक्ष भेटघाट भएको रहेको छ वहाँहरु प्रती तपाईको के धारणा रहेको छ ?
ः– व्यापारीहरुलाई जुन समयमा कुनै पनि समस्या पर्दछ भने त्यसै समय वा त्यसै बेला प्रत्यक्ष अगाडी आई समस्या को समाधान गर्ने छु ।
प्र. आज कल चुनावमा भोट लिने वेलामा व्यापारीहरु संग धेरै कुरो गर्ने वाचा गर्ने गर्दछ तर जीते पक्षी व्यापारहरु संघ भेटघाट गर्ने छोडीन्छ यस को बारेमा तपाईको के धरणा रहेको छ ?
ः– अन्तमा जील्लाहरुको व्यापारीहरुलाई सादर नमस्कार यसपालीको चुनावमा आ–आफ्नो मत दिई मलाई अत्याधीक मतले विजय बनाई म व्यापारीलाई सधै सेवा गर्ने मौका दिनुहोस् र साथै व्यापार संघको अर्थतन्त्रलाई मजबुतीको साथ अगाडी वढाउने छु । जय व्यापारी, जय व्यापार, सबको साथ सबैको विकास ।
कमेन्ट गर्नुहोस्
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
1 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
2 महीना पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
6 महीना पहिले
संवाददाता
संवाददाता
संवाददाता
