+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधामका दुई होनहार युवाको भारतमा अपहरणपछि हत्या

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

878 Views

कमल साह
जनकपुरधाम, माघ ८ गते । जनकपुरधाम उपमहानगरका दुई होनहार युवाको भारतमा अपहरणपछि हत्या गरिएको छ ।

हत्याराले अपहरण गरेर उनीहरू परिवार संग ५० लाख फिरौती माग्दा माग्दै दुइटै युवाको घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको थियो. सोहि अवस्थामा शव फेला परेको जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका– ८ का पृथ्वी साह को नाती जगदीश साह को १९ वर्षीय छोर रोहित कुमार साह र वडा नम्बर १३ पिडारीको पछियारी टोलका रामकिशोर साह को नाती रामबाबू साह को २२ वर्षीय छोरा विष्णु साहको भारतको बिहार राज्य को सितामढी जिल्लामा अपहरणपछि हत्या भएको हो ।

उनी दुवै जना पुस २७ गते आफ्नो आफन्तको घर भारतको सितामढी जिल्ल का बेला परिहार गाउँमा भोज खान गएका बेला अपहरणमा परेको र २० लाख रुपैयाँ फिरौती मागिएको थियो . परिवारजनले २० लाख जोहो गरिदा लुटेरा डाकाले फेरी ५० लाख फिरौती मागिएको थियो. पिडित परिवार ले यही माघ ४ गते प्रहरीमा उजुरी दिनु भएको थियो ।

भारतीय प्रहरीसँग मिलेर अनुसन्धान गर्दा बिहारको सितामढीमा खाडलमा गाडिएको अवस्थामा दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

यसैबीच, अपहरणपछि हत्या घटनामा संलग्न भएको आशङ्कामा भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको समाचार प्राप्त भएको छ ।

नेपाल प्रहरीले पनि अन्य दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

18 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

22 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले