राजर्षि जनक कपः ५–१ को गोलको फाकिलो अन्तरले धरानलाइ हरउँदै आयोजक बागमती बिजयी
सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ २८ गते । आयोजक बागमती यूवा क्लव जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । शनिवार सम्पन्न खेलमा धरान फुटवल क्लवलाई ५–१ गोल फराकिलो अन्तरले पराजित गर्दै आयोजक बागमती यूवा क्लव सर्लाही बिजयी भएको छ । खेलको सुरुवाती समयदेखिनै आयोजक बागमतीको टिम हावी देखियो ।
खेलमा आकर्षक अवसर बनाएको बागमतीले सशक्त प्रहार भने गर्न सकेन । निकै आक्रामक खेल प्रस्तुत गरेको बागमतीका लागि जर्सि नम्बर १३ का बिमल घिसिङले खेलको १३ औँ मिनेटमा पहिलो गोल गरे । बागमतीका सृजन गौतमको क्रसपासमा घिसिङले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि बागमतीका खेलाडी थप उत्साहित देखियो ।
खेलको ४१ औँ र ४३ औँ मिनेटमा बागमतीका खेलाडि जर्सि नम्बर २३ का सृजन गौतमले लगातार गोल गरे । सृजनले धरानका रक्षा पंक्ति र गोल रक्षकलाई छलाउदै आकर्षक पहिलो गोल गरे । सृजनाको दुई गोलमा बागमती पहिलो हाफमा ३–० को अवस्थामा पुगेको थियो ।
दोस्रो हाफ पछि पनि बागमतीका खेलाडिको मनोवल उच्च देखिएको थियो, भने, धरान लगातार बागमती सामु निरिह देखियो । खेलको ५७ औँ मिनेटमा बागमतीका खेलाडि सृजन गौतमले गोल पोष्टबाट गरेको प्रहारले धरानका जर्सि नम्बर ४ का खेलाडी सुरज बिकेको शरिरमा बल लागि आफ्नै गोलपोष्टमा जाली चुम्दै गोलमा परिणत भएको हो । आकर्षक क्रस पासमा धरानले उपहार गोल दिएपछि बागमती ४–० को अवस्थामा पुग्यो ।
खेलको ६१ औँ मिनेटमा पेनाल्टी मार्फत धरानका दोर्जे तामाङले सान्त्वना गोल गरेपनि टिमलाई जित दिलाउन भने सकेन्न । डि बक्स भित्र बागमतीका खेलाडि ले गलत ट्याकल गरेपछि धरानले पेनाल्टी पाएको थियो । तामाङले पोनाल्टी बललाई सजिलै बागमतीको जाली चुमाए । खेलको ८१ औँ मिनेटमा बागमतीको लागि अनिल राना मगरको पासमा दिपेश चाम्लिङ राईले पाचौँ गोल गरेका हुन् । यो गोलसंगै आयोजक बागमतीले ५–१ को गोलको फराकिलो अन्तरले धरानलाइ पराजित गरेको हो
बागमतीका लागि ब्यक्तिगत दुई गोल गरेका सृजन गौतम खेलको म्यान अफ दि म्याच बने । उनले नगद १० हजार रुपियाँ पुरस्कार पाए ।
बागमती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा सम्पन्न खेलमा जित निकालेको आयोजक बागमती यूवा क्लवले क्वाटर फईनल खेलमा मच्छिन्द्र फुटवल क्लव काठमाण्डौ सगँको भेट पक्का गरेको छ । यस्तै प्रतियोगिता अन्तरगत आईतवारको पहिलो क्वाटर फाईनल खेलमा साविक विजेता पिप्ले यूवा क्लव हेटौडा र जावलाखेल यूथ क्लव ललितपुर विच प्रतिस्पर्धा हुने भएको छ ।
साविक विजेता पिप्ले यूवा क्लव सिधै बाई पाएर आएको हो । भने, जावला खेल यूथ क्लव ललितपुर विभागिय सशस्त्र प्रहरीको एपिएफ क्लवलाई पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
सर्लाहीको बागमाती नगरपालिका–११ कर्मैयास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा जारी प्रतियोगितामा एक विदेशी क्लब सहित १२ वटा टिम सहभागि प्रतियोगिताका विजेताले नगद १० लाख सहित प्रथम उपाधी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैंया प्राप्त गर्नेछ ‘मधेश प्रदेशको शान, राजा जनक प्रतिको सम्मान’ भन्ने नारा सहित सूरु भएको प्रतियोगिताको आगामी फागुन ७ गते फाईनल खेल हुने आयोजक बागमती क्लबका अध्यक्ष मैनालीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
18 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
21 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
