+977 9854027065 | akulpdsah@gmail.com

वीपी कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

833 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, चैत्र १८ गते । धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित वीपी कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ परेका छन् ।
निरीक्षक यादवले कक्षाकोठा बाहिरबाट प्रश्नपत्र हल गराई आफ्नो मोबाइलमा पठाउन लगाएर विद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि प क्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिएका छन् ।
यादवलाई जनता आधारभूत माध्यमिक विद्यालय बनिगामा लक्ष्मिनीयाँबाट सो वीपी कोइराला माविको परीक्षा निरीक्षकमा खटाइएको थियो ।
परीक्षाको पहिलो दिन नै उनले मर्यादा विपरीतको काम गरेपछि प क्राउ परेका हुन् । परीक्षा निरीक्षकले नै मोबाइल प्रयोग गरी वाट्सअपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाएको र सोही माध्यमबाट उत्तर आएपछि विद्यार्थीहरूमा मोबाइल मार्फत नै विद्यार्थीसम्म पुर्‍याएको र केहीलाई उतार गराइरहेको क्रममा प क्राउ परेका थिए ।
प्रश्नपत्र उत्तरसहित फेला परेको उनको मोबाइल अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रजिअ दाहालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

5 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

25 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले