जानकी जन्मोत्सव साप्ताह व्यापी मनाईदै

कमल साह
जनकपुरधाम, वैशाख १५ गते । श्री जानकी नवमी शुक्रबार मिथिलांचल क्षेत्रका घरघरमा मनाईने तयारी भर्ईरहेको छ । तर,यहाँका मठ मन्दिरहरुमा सप्ताह व्यापि कार्यक्रमहरु जारी रहेका छन ।
आदर्श नारीको प्रतीक मिथिलाको धरोहर श्री जानकीको अवतरण (जन्म) धरतीबाट वैशाख शुक्ल पक्ष नवमी तिथीमा भएको थियो ।
तस्र्थ मिथिलावासीका लागि जानकी नवमी एक विशेष तिथि हो । त्रेता युगमा मिथिलामा अनिकाल परेपछि मिथिला नरेश राजर्षि जनकले हलेष्टि यज्ञ गरेर हलो जोत्दा श्री सीता जी को जन्म भएको धार्मिक मान्यता रहेको छ ।
जानकी नवमीमा पूरै मिथिलाञ्चलमा विशेष हर्षोल्लासका साथ मनाईने गरिन्छ । यस अवसरमा सम्पूर्ण मिथिलावासीलाई बेलुका दिपावली मनाउन आग्रह धार्मिक संघ संगठनहरुले गरेका छन् ।
जानकी नवमीका दिन शुक्रबार दुधमति नदीमा स्नान गर्ने र ब्रत गर्ने परम्परा रहेको छ । जानकी नवमी व्रत गर्नाले पुत्रलाभको ईच्छा पुरा हुने विश्वास गरिन्छ । श्री जानकी महारानी लक्ष्मीको अवतार मानिन्छ । श्री कीशोरी जी को ब्रत गर्नाले घर–घरमा सुख, समृद्धि र धनको बृद्धि हुने विश्वास गरिन्छ ।
त्रेता युगमा मिथिलामा वर्षोसम्म अनिकाल परेपछि राजा जनकले हलेष्ठि यज्ञ गरेर स्वयं हलो जोत्नु भयो । राजर्षि जनकले अढाई मोर हलो चलाउँदा भूमिबाट श्री सीता जी प्रकट हुनुभएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाईन्छ । श्री जानकीको नाम सीता राख्नु पछाडीको कारण यसैसंग जोडिएको छ । हलोको डोब(सिराउर) लाई संस्कृतमा सीत भनिन्छ । त्यसैले राजा जनकले उनको नाम सीता राख्नु भएको मान्यता रहेछ ।
राजा जनकले हलो जोत्दा सीतामडईमा सीता प्रकट भएकी थिइन् । जानकी नवमीको अवसरमा यहाँ जानकी मन्दिरमा विशेष पूजा आर्चा हुने गर्दछन । त्यस कारण भक्तजनहरु जनकपुरधाम आउने गर्छन् । विक्रम सवंत १४१७ मा जनकपुर भ्रमणमा भारतको राजस्थानबाट महन्थ सुरकिशोर दास आउनु भयो । उहाँले रामजानकीको प्रतिमा मन्दिर भएको ठाउँमा नै फेला पार्नु भएको थिए । वि. सं. १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बीघा जमिन दान दिएको लिखत् प्रमाण अझैछ ।
त्यसपछि भारतको टिकमगढकी महारानी बृषभानु कुमारीले जनकपुरमा भव्य मन्दिर बनाउनु भएका थिए । मिथिला, राजपुत, मुगल र हिन्दुकलाशैलीको समिश्रण रहेको जानकी मन्दिर सन् १८९४ मा शिलान्यास भई सन १९११ मा निमार्ण सम्पन्न भएको थियो । धैर्य, संयम र विवेककी प्रतिमूर्ति सीताको आदर्श कथा संसारभरि प्रसिद्ध रहेको छ । पुराणको सन्दर्भलाई हेर्ने हो भने उनका बराबरकी आदर्श नारी कोही देखिदैँन् ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
20 घन्टा पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
20 घन्टा पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
12 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
12 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
13 दिन पहिले

