जानकी जन्मोत्सव साप्ताह व्यापी मनाईदै
कमल साह
जनकपुरधाम, वैशाख १५ गते । श्री जानकी नवमी शुक्रबार मिथिलांचल क्षेत्रका घरघरमा मनाईने तयारी भर्ईरहेको छ । तर,यहाँका मठ मन्दिरहरुमा सप्ताह व्यापि कार्यक्रमहरु जारी रहेका छन ।
आदर्श नारीको प्रतीक मिथिलाको धरोहर श्री जानकीको अवतरण (जन्म) धरतीबाट वैशाख शुक्ल पक्ष नवमी तिथीमा भएको थियो ।
तस्र्थ मिथिलावासीका लागि जानकी नवमी एक विशेष तिथि हो । त्रेता युगमा मिथिलामा अनिकाल परेपछि मिथिला नरेश राजर्षि जनकले हलेष्टि यज्ञ गरेर हलो जोत्दा श्री सीता जी को जन्म भएको धार्मिक मान्यता रहेको छ ।
जानकी नवमीमा पूरै मिथिलाञ्चलमा विशेष हर्षोल्लासका साथ मनाईने गरिन्छ । यस अवसरमा सम्पूर्ण मिथिलावासीलाई बेलुका दिपावली मनाउन आग्रह धार्मिक संघ संगठनहरुले गरेका छन् ।
जानकी नवमीका दिन शुक्रबार दुधमति नदीमा स्नान गर्ने र ब्रत गर्ने परम्परा रहेको छ । जानकी नवमी व्रत गर्नाले पुत्रलाभको ईच्छा पुरा हुने विश्वास गरिन्छ । श्री जानकी महारानी लक्ष्मीको अवतार मानिन्छ । श्री कीशोरी जी को ब्रत गर्नाले घर–घरमा सुख, समृद्धि र धनको बृद्धि हुने विश्वास गरिन्छ ।
.jpg)
त्रेता युगमा मिथिलामा वर्षोसम्म अनिकाल परेपछि राजा जनकले हलेष्ठि यज्ञ गरेर स्वयं हलो जोत्नु भयो । राजर्षि जनकले अढाई मोर हलो चलाउँदा भूमिबाट श्री सीता जी प्रकट हुनुभएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाईन्छ । श्री जानकीको नाम सीता राख्नु पछाडीको कारण यसैसंग जोडिएको छ । हलोको डोब(सिराउर) लाई संस्कृतमा सीत भनिन्छ । त्यसैले राजा जनकले उनको नाम सीता राख्नु भएको मान्यता रहेछ ।
राजा जनकले हलो जोत्दा सीतामडईमा सीता प्रकट भएकी थिइन् । जानकी नवमीको अवसरमा यहाँ जानकी मन्दिरमा विशेष पूजा आर्चा हुने गर्दछन । त्यस कारण भक्तजनहरु जनकपुरधाम आउने गर्छन् । विक्रम सवंत १४१७ मा जनकपुर भ्रमणमा भारतको राजस्थानबाट महन्थ सुरकिशोर दास आउनु भयो । उहाँले रामजानकीको प्रतिमा मन्दिर भएको ठाउँमा नै फेला पार्नु भएको थिए । वि. सं. १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बीघा जमिन दान दिएको लिखत् प्रमाण अझैछ ।
त्यसपछि भारतको टिकमगढकी महारानी बृषभानु कुमारीले जनकपुरमा भव्य मन्दिर बनाउनु भएका थिए । मिथिला, राजपुत, मुगल र हिन्दुकलाशैलीको समिश्रण रहेको जानकी मन्दिर सन् १८९४ मा शिलान्यास भई सन १९११ मा निमार्ण सम्पन्न भएको थियो । धैर्य, संयम र विवेककी प्रतिमूर्ति सीताको आदर्श कथा संसारभरि प्रसिद्ध रहेको छ । पुराणको सन्दर्भलाई हेर्ने हो भने उनका बराबरकी आदर्श नारी कोही देखिदैँन् ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
24 घन्टा पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
3 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
