मधेसमा पहिलो पटक मिस्टर एण्ड मिस मधेस प्रतियोगिता हुने
निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ ३२ गते । मधेसमा पहिलो पटक मिस्टर एण्ड मिस मधेस प्रतियोगिता हुने भएको छ । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि किशोर किशोरीहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना वाइबी फिल्म्स प्रोडक्सनले आयोजना गर्न लागेका छन् ।
यस प्रतियोगितामा १४ देखि २४ वर्षसम्मका युवा युवती सहभागी हुन पाउने सो प्रतियोगितामा मधेसको रीतिरिवाज, चालचलन, संस्कृति तथा सम्पदाहरुलाई प्रवर्धन गरिने आयोजक राम एकवाल यादवले बताए ।
आयोजकका अनुसार प्रतियोगिताका लागि युवा युवतीहरु रजिस्ट्रेसन गराई रहेको र त्यसमध्ये ५० जनालाई सहभागी गराइने छ । प्रतियोगीहरुको छनौट असार १६ गते हुने अडिसनबाट गरिने छ ।
प्रतियोगीहरुलाई र्याम्प वाक, अन्तराष्ट्रिय स्तरको ग्रुमिंग सेसन, व्यक्तित्व तथा आत्मविश्वास विकास तथा प्रवर्धन, फेसन स्टाइलिंग, सार्वजनिक भाषण कला विकास, स्विमिंग, योग, फोटोसुट भिडियोसुट आदि विधामा प्रशिक्षित गरिने आयोजक यादवले जानकारी गराए।
कार्यक्रमको विजेताले १ लाख नगद पुरस्कार संगसंगै विभिन्न लघु चलचित्र म्यूजिक भिडियोहरुमा अभिनय गर्ने अवसर प्राप्त समेत गरिने बताए ।
२० दिन सम्म चल्ने उक्त कार्यक्रमामा विभिन्न खाले तालिमपश्चात् फाइनल सो हुनेछ, जुन सौन्दर्य प्रतियोगिताको ढांचामा हुनेछ । यस कार्यक्रमको मुख्य प्रशिक्षणको रुपमा रयाम्प ध्बपि, अन्तराष्ट्रिय स्तरको ग्रुमिंग सेसन, व्यक्तित्व तथा आत्मविश्वास विकास तथा प्रवर्धन, फेसन स्टाइलिंग, सार्वजनिक भाषण कला विकास, प्रेरक सेमिनार, स्विमिंग क्लासेसको संगसंगै, मेडिटेसन, डान्सिंग , योग, फोटोसुट भिडियोसुट आदिको कार्यक्रम तथा तालिम दिइनेछ। त्यसैगरि सांस्कृतिक सम्पदाहरुको भ्रमण आदि पनि कार्यक्रममा गरिने छ । यस कार्यक्रमको माध्यममा बाट युवा युवतीको समग्र विकासका लागि हरदम प्रयास गरिनेछ।
मधेश प्रदेशको रीतिरिवाज, चालचलन, संस्कृति तथा सम्पदाहरुलाई प्रवर्धन गर्ने उद्देश्यको साथ प्रतियोगिता हुन लागेको पेजेन्ट कोच तथा एशियाको प्रभावशाली युवा पुरस्कार २०२३ का विजेता अभिविन्द खनियाले बताए ।
मुख्य प्रशिक्षक तथा कोरियोग्राफरको भूमिकामा पेजेन्ट कोच तथा एशियाको प्रभावशाली युवा पुरस्कार २०२३ का विजेता अभिविन्द खनिया रहनुहुनेछ ।
त्यस्तै सांस्कृतिक सम्पदाहरुको भ्रमण आदि पनि कार्यक्रममा गरिने छ । यस कार्यक्रमको माध्यममा बाट युवा युवतीको समग्र विकासका लागि हरदम प्रयास गरिनेछ। ५० जनामा छनोट नहुने आवेदकलाई आवेदन दिन लाग्ने एकहजार शुल्क फिर्ता गरिने आयोजकले जनाएको छ ।
आयेजक संस्थाका अध्यक्ष रामएकवाल यादव (यादव भाई)को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा २०२२ का अन्तराष्ट्रिय नेपाली मोडल समर पुरी, युवा गायक जागेश ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
