मधेसमा पहिलो पटक मिस्टर एण्ड मिस मधेस प्रतियोगिता हुने
निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ ३२ गते । मधेसमा पहिलो पटक मिस्टर एण्ड मिस मधेस प्रतियोगिता हुने भएको छ । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि किशोर किशोरीहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना वाइबी फिल्म्स प्रोडक्सनले आयोजना गर्न लागेका छन् ।
यस प्रतियोगितामा १४ देखि २४ वर्षसम्मका युवा युवती सहभागी हुन पाउने सो प्रतियोगितामा मधेसको रीतिरिवाज, चालचलन, संस्कृति तथा सम्पदाहरुलाई प्रवर्धन गरिने आयोजक राम एकवाल यादवले बताए ।
आयोजकका अनुसार प्रतियोगिताका लागि युवा युवतीहरु रजिस्ट्रेसन गराई रहेको र त्यसमध्ये ५० जनालाई सहभागी गराइने छ । प्रतियोगीहरुको छनौट असार १६ गते हुने अडिसनबाट गरिने छ ।
प्रतियोगीहरुलाई र्याम्प वाक, अन्तराष्ट्रिय स्तरको ग्रुमिंग सेसन, व्यक्तित्व तथा आत्मविश्वास विकास तथा प्रवर्धन, फेसन स्टाइलिंग, सार्वजनिक भाषण कला विकास, स्विमिंग, योग, फोटोसुट भिडियोसुट आदि विधामा प्रशिक्षित गरिने आयोजक यादवले जानकारी गराए।
कार्यक्रमको विजेताले १ लाख नगद पुरस्कार संगसंगै विभिन्न लघु चलचित्र म्यूजिक भिडियोहरुमा अभिनय गर्ने अवसर प्राप्त समेत गरिने बताए ।
२० दिन सम्म चल्ने उक्त कार्यक्रमामा विभिन्न खाले तालिमपश्चात् फाइनल सो हुनेछ, जुन सौन्दर्य प्रतियोगिताको ढांचामा हुनेछ । यस कार्यक्रमको मुख्य प्रशिक्षणको रुपमा रयाम्प ध्बपि, अन्तराष्ट्रिय स्तरको ग्रुमिंग सेसन, व्यक्तित्व तथा आत्मविश्वास विकास तथा प्रवर्धन, फेसन स्टाइलिंग, सार्वजनिक भाषण कला विकास, प्रेरक सेमिनार, स्विमिंग क्लासेसको संगसंगै, मेडिटेसन, डान्सिंग , योग, फोटोसुट भिडियोसुट आदिको कार्यक्रम तथा तालिम दिइनेछ। त्यसैगरि सांस्कृतिक सम्पदाहरुको भ्रमण आदि पनि कार्यक्रममा गरिने छ । यस कार्यक्रमको माध्यममा बाट युवा युवतीको समग्र विकासका लागि हरदम प्रयास गरिनेछ।
मधेश प्रदेशको रीतिरिवाज, चालचलन, संस्कृति तथा सम्पदाहरुलाई प्रवर्धन गर्ने उद्देश्यको साथ प्रतियोगिता हुन लागेको पेजेन्ट कोच तथा एशियाको प्रभावशाली युवा पुरस्कार २०२३ का विजेता अभिविन्द खनियाले बताए ।
मुख्य प्रशिक्षक तथा कोरियोग्राफरको भूमिकामा पेजेन्ट कोच तथा एशियाको प्रभावशाली युवा पुरस्कार २०२३ का विजेता अभिविन्द खनिया रहनुहुनेछ ।
त्यस्तै सांस्कृतिक सम्पदाहरुको भ्रमण आदि पनि कार्यक्रममा गरिने छ । यस कार्यक्रमको माध्यममा बाट युवा युवतीको समग्र विकासका लागि हरदम प्रयास गरिनेछ। ५० जनामा छनोट नहुने आवेदकलाई आवेदन दिन लाग्ने एकहजार शुल्क फिर्ता गरिने आयोजकले जनाएको छ ।
आयेजक संस्थाका अध्यक्ष रामएकवाल यादव (यादव भाई)को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा २०२२ का अन्तराष्ट्रिय नेपाली मोडल समर पुरी, युवा गायक जागेश ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
18 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
21 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
