+977 9854027065 | akulpdsah@gmail.com

पकहाँ मैनपुर गा.पा.का भ्रष्ट अधिकृत राज कुशवाहा कमिशनखोरीमा डुबे, स्थानियले गरे कारवाहीको माग

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

682 Views

रंजित चौरसिया, वीरगंज १८ असार । पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा र आफ्ना एक सहयोगी मार्फत असार मसान्त भन्दै खुल्लेयाम ठेक्केदार एवं एनजिओहरु सँग कमिशन मागी रहेको समाचार प्राप्त भएको छ ।
भ्रष्ट अधिकृत कुशवाहाले भौतिक पूर्वाधारको कार्यमा २० प्रतिशत र सामाजिक विकासको कार्यमा ३० प्रतिशत अनिवार्य कमिशन लिएर मात्रै कार्यादेश दिने गरेको जनाईएको छ । असार मसान्तको अन्तिम बेलामा एनजिओ र क्लबहरुलाई विभिन्न तालिम, शिविर चलाउन कार्यदेश दिंदाकै बखत भ्रष्ट अधिकृत कुशवाहाले कमिशनको मोलमलाई गरी दिने गरेको र कमिशनको कुरा नमिलेका एनजिओहरुलाई अर्को आर्थिक वर्षमा दिने भन्दै झारोटार्ने काम गरिरहेको एक एनजिओका अध्यक्षले बताए ।
आर्थिक वर्ष सकिन लाग्दा लक्षित वर्ग एवं सामाजिक विकासका कार्यक्रमहरु धमाधम कमिशन लिएर कार्यकारी अधिकृत कुशवाहाले विक्रि गरी करोडौं करोड भ्रष्टाचार गरिरहेको समाचार स्रोतले जनाएको छ ।
त्यसैगरी गाउँपालिकाको वडा नम्बर ४ खेश्राहा चौक देखि लहावरथकरी जगसालासम्म जाने सडकखण्डमा भ्रष्ट अधिकृत कुशवाहाले मोटै कमिशन लिएर ग्रेवल गर्न ठेक्का दिएका थिए । १.५ किलोमिटर लम्बाइ रहेको सो बाटो ग्रेवल गरेको एक हप्ता नबित्दै उप्किएको छ । राम्ररी रोलर नै नगरीकन ग्रेवल गर्ने ठाउँमा माटो बालुवा प्रयोग गरिएका कारण ग्रेवल उप्किएको स्थानीयले बताएका छन् ।
ठेक्केदारले पनि के गरोस ? ठेक्का सकार गर्ने बेलामै पालिका अध्यक्ष सुरेश मेहता र कार्यकारी अधिकृत कुशवाहाले आफ्नो कमिशन लिएपछि ठेक्केदारले पनि कमसल सामग्री प्रयोग गरी जेनतेन बाटो ग्रेवल गरेको ठेक्केदार निकट एक कर्मचारीले बताए ।
अधिकृत कुशवाहाले वीरगंजको एक पत्रिकामा गोप्य रुपमा टेण्डर प्रकाशित गराई कमिशनको भरमा ठेक्केदारलाई १ करोड ५० लाख बराबरको टेण्डर दिन सफल भएको बताईएको छ ।
बाटो ग्रेवल गर्ने बेलामा वडा नम्बर ४ का वडाध्यक्ष ढेडी प्रसाद यादवले ढुंगा, गिटी, बालुवा राखेर रोलर चलाउनु पर्नेमा त्यसो नगरी माटो बालुवा मात्र पूरी रहेको देखेपछि पालिका अध्यक्ष मेहता र अधिकृत कुशवाहालाई बारम्बार भन्दा पनि वेवास्ता गरेको बताए । अधिकृत कुशवाहाले इन्जिनियरलाई बोलाई सबै काम ठिकठाक हुंदैछ भनि लेख्न लगाई जबरजस्ती कमसल सामग्री प्रयोग गरे पनि पास गराए ।
अहिले सो सडक पहिलाको जस्तै भएको स्थानियहरुले बताएका छन् । जनताले तिरेको करबाट उठेको राजस्वमा पालिकाका अधिकृत कुशवाहाले रजाई गरिरहेको स्थानियहरुले आरोप लगाएका छन् । अहिले पालिका अन्तर्गतको अधिंकाश कार्यमा कमसल सामग्री प्रयोग गरी निर्माण कार्य गर्न लागिएको एक स्थानीयले बताए । यो पालिकाको विकास नभएर विनाश तर्फ उन्मुख भएको उनको जिकिर छ । सो बाटोको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी समेत भएको स्थानियहरुको भनाई रहेको छ ।
यस विषयमा गाउँपालिका अध्यक्ष सुरेश मेहता संग बुझदा त्यहाँ ग्रेवल नै गरिएको हो भनेर दाबी गरे । ग्रेवल गरी सकेपछि स्थानियबासीहरुको अनुसार माटो पुरिएको भनि हास्यास्पद प्रतिक्रिया दिए । प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहालाई सम्पर्क गर्दा उनि सम्पर्कमा आउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

18 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

21 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

2 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले