+977 9854027065 | akulpdsah@gmail.com

किसानका मुद्दा उठान गरी हरिवनमा चक्काजाम

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

909 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, श्रावण १२ गते । किसानका बिभिन्न माग राख्दै सर्लाहीको हरिवनमा आज (शुक्रबार) चक्काजाम गरिएको छ । नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघ मधेश प्रदेशले किसानका मुद्दा उठान गरी पूर्वपश्चिम लोकमार्ग अन्तर्गत हरिवन बजार क्षेत्रमा मध्याह्न करिब २ घण्टा राजमार्ग अवरुद्ध गरेको हो ।
महासंघले लम्पी स्कीनलाई महामारी घोषणा गरी मरेका पशुको क्षतिपूर्तिको व्यवस्था गर्न र मरेका पशुको बीमा भुक्तानी तत्काल हुनुपर्ने माग राख्दै चक्काजाम गरिएको जनाएको छ । लम्पी स्किनले पशु चौपाय धमाधम मर्दा पनि रोगविरुद्धको खोप लगाउन बेवास्ता गरिएकाले सरकारको ध्यानाकर्षण गराउन चक्काजाम गरिएको अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।
उखुको अनुदानवापत सरकारले दिनुपर्ने रकम (प्रतिक्विन्टल ७० रुपैयाँ) तत्काल प्रदान गर्न पनि महासंघले माग गरेको छ । चक्काजामको क्रममा रासायनिक मलको सहज आपूर्ति गर्नुपर्ने, मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्नुपर्ने लगायतको माग अघि सारिएको थियो । तराई क्षेत्रमा अहिले खडेरी जाँदा किसानको बिजोक भइरहेको छ ।
पानी नपर्दा किसानले रोपाइँ गर्न पाएका छैनन् भने जसोतसो रोपेको धान पनि सुकेर गइरहेको छ । खडेरीले प्रभावित यस्ता किसानलाई राहत प्याकेज प्रदान गर्न माग गरिएको महासंघका उपाध्यक्ष उप्रेतीले बताए । कार्यक्रममा अखिल नेपाल किसान महासंघ मधेश प्रदेशका आठ ओटै जिल्लाका अध्यक्ष लगायत नेताहरुले सम्बोधन थगरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

4 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

17 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

19 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

2 महीना पहिले