+977 9854027065 | akulpdsah@gmail.com

प्रदेश सरकारले प्रेस स्वतन्त्रतासेनानी श्री राजेश्वर नेपालीलाई मधेश रत्न सम्मानबाट विभुषित गर्नुपर्ने आवश्यकता

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

355 Views

कमल साह
जनकपुरधाम, १८ गते । तत्कालिन बिन्धी गाउ पंचायत वार्ड नं. २ हाल जनकपुरधाम उपमहानगरपालिका– २३ बेला गाउँका मध्यमवर्गिय किसान परिवारमा वि.सं. २००२ साल भाद्र १९ गते राजेश्वर साह जन्मुभयो । बाबु स्व.रामदुलार साह र आमा इन्द्रमणि देवीको दोश्रो पुत्ररत्न यस मृत्युलोकमा आउनु भयो राजेश्वर नेपाली जी । प्रखर वक्ताको स्वीकारोक्ती नेपाली जी को स्कुलि शिक्षा पछि कोलेज स्तरको शिक्षा प्राप्त गर्ने व्यक्ति बेला गाउँमै त्यो बेला एक्लै हुनुहुन्थ्यो । उनि एम.ए. सम्मको अध्ययन गर्नुभयो यहाँका रामसागर रामस्वरुप क्याम्पसबाट । प्रमाण पत्र प्रविन्ता तह पढाईकै क्रमदेखि समाजसेवा,साहित्य झुकाब संगै पत्रकारिता तर्फ उहाँमा लगन शिल्ता देखिन्छ । किनकि नेपाली सरको पूर्वजहरुले समाजलाई सेवागरेर आफ्ना आत्मालाई संतुष्ट पार्दै आएको बुझाई छ । उनको छैठौं सातौं पुस्ताका पूर्वज स्व.रामप्रसाद साह र स्व.लक्ष्ण साहको बुढी आमा ले गाउँमा पोखरी खनाउनु भईन । यो पहिलो उदाहरण हो । गाउँमा कतिपय सुखि सम्पन्न थिए । गाउँमै जमिन्दार पनि थिए । उनि काठमाण्डौ बासी थिए । स्व. हरिहर प्रसाद रेग्मीको बाबु बाजे ले बेला गाउँमा विर्ता पाएको थियो । तर, सो परिवारले पनि गाउँका लागि कुनै धार्मिक कृत गरेको पाईएनन् । उस्तै गाउँका अन्य मध्यवर्गिय किसानमा हाँसी खुसी जीवन विताउने हरुबाट पनि कसैले धार्मिक कृति गर्न सकेको थिएनन् । २०२६ सालमा नापी हुँदा बुढी आमा ले खनाउनु भएको पोखरी राजेश्वर नेपाली जी कै नाउमा दत्र्ता भएको रहेछ । तर, त्यो बेला पोखरी सेवा भावले खनाएको र त्यसबाट कुनै आर्थिक लाभ हुने नगरेको ले पारिवारिक सदस्यहरु पोखरीको लाल पूर्जा निकाल्ने प्रयास गरेनन् । सो पोखरी सार्वजनिक भएपनि बेला गाउँका मुसलमानहरुको अधिनमा अचेल रहेकोछ । जनकपुर जलेश्वर जाने बोटोको पश्चिम तर्फ रहेको उक्त पोखरीको उत्तरी डिलमा गाउँकै मुसलमानले लोटन हाजी नामका सादी हल निर्माण गरिसकेका छन । उनिहरुले बनाएको सादी हलमा कतै जग्गाधनिको नाम उल्लेख गर्नुभएको छन । त्यस्तै दक्षिण तर्फको डिल गाउँकै अर्का मुसलमान समुहले मस्जित र मदर्सा निर्माण गरिसकेका छन ।
जनकपुर जलेश्वर कच्चिसडकमा हिड्ने पैदल यात्रु र टायर गाडा,बैलगाडामा सवारी गर्ने तथा गाडमा जोतिएको गोरुलाई पानी खान, गाउँका मान्छे नुहाउन र मवेशीलाई पानी खानेलगायतका सुख सुविधा होस् सोंचबाट पोखरी खनिएको थियो । करिब ५ बिगहा क्षेत्रफलको जमिनमा बुढी आमाले पोखरी खनाएर सामाजिक कार्य गर्दै आफ्ना सन्ततिलाई सामाजिक कार्य गर्न राह देखाईन । उक्त पोखरीमा ‘जाईठ’ गाडदा यज्ञ भएको थियो । जानकी मन्दिरको यज्ञ र नेपाली जी का पूर्वजले खनाएको तलाउमा ‘जाईठ’ गाडने कार्य एउटै दिन भएको बुढापाकाहरु बताउने गरिन्थ्यो । बुढी आमाको सामाजिक राहमै नेपाली जी को बुआ रामदुलार साह, काकाश्री रक्षा साह र राजनन्द साह संगै द्वय दाजु निरंजन प्रसाद साह र भागवत साह लाग्नु भयो । उनिहरु समाज उत्थानका लागि गर्नुभएको कार्यको अनुसरनमा राजेश्वर नेपाली जी पनि लागेको ले नै अंचलाधिश कार्यालयमा पाएको जागिर त्याग गर्नुभयो ।
नेपालबाट तानाशाही व्यवस्था फाल्न महान योद्धाहरुलाई बाबु रामदुलार साह शारिरीक तथा आर्थिक सहयोग गरि रहनु भएको थियो । तनासाही व्यवस्था हटाउनको लागि उनको बुआ रामदुलार साह लगायतका युवाहरु आफ्ना रक्तबाट हस्ताक्षर अक्षय तृतिया का दिन गर्नुभएको थिए । बेलाकुटीमा रहेका आन्दोलनकारीलाई चाहिएको रासनपुर्तिको लागि उनका बुआ र आन्दोलनकारी बीचको कुराकानी चिठ्ठी ओहोर दोहोर बाट हुन्थ्यो । त्यस चिठ्ठीलाई पु¥याउने माध्यम नेपाली जी हुनुहुन्थ्यो । उहाँ नेपालबाट भेदभाव अन्त्यकै लागि राजेश्वर साह बाट थर बदलेर नेपाली उल्लेख गर्नुभयो । गान्धी बिचार धाराका राजेश्वर नेपाली जी मा अफुलाई कुनै पदको लोभ नभएको देखिन्छ । यो कुरा २०४८ साल को संसदीय निर्वाचनतका आफ्नो नाम कतै नल्याई अरु अरुको नाम सिफारिस गर्नुभएको थिए । नेपाली कांग्रेसले मधेशको मुद्दा छोडदा उनि सद्भावना परिषद स्थापनाको लागि सक्रियता पूर्वक लाग्नु भयो । जनकपुरमै भएको परिषदको बैठकको मांगहरु सो बेलाको तत्कालिन सरकार समक्ष पनि चढाएको थियो । परिषदका उक्त मांगको दस्ताबेज जिल्ला हुलाक कार्यालय धनुषामा रजिष्ट्री गर्नको लागि मलाई उहाँ दिनु भएको खाम स्मरण छर्लंग भईरहेको छ । तर, पछि सद्भावना पाटी गठन हुँदा उत्ता जानु भएन उहाँ ।
सत्य अहिंसाका पुजारी राजेश्वर नेपाली एक बहुयामिक पाठशाला हुनुहुन्थ्योे । उनि कतिलाई राजनितीकर्मी बन्न, कतिलाई पत्रकार बन्न र कतिलाई साहित्यकार बन्न प्रेरणा दिएका हुन । फेरी सबैलाई हौसला प्रदान गर्नको लागि बेलावखतमा सम्पर्क पनि गर्नु हुन्थ्यो उनि । नेपाल र नेपालीको उत्थानका लागि संधै सोच्ने सर्जक वौधिक व्यक्तित्व महामान राजेश्वर नेपालीलाई मधेश रत्न विभुषणबाट मधेश सरकारले सम्मान गर्नु आवश्यकता रहेको छ ।
अन्तमा स्व.नेपाली प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवालाई धैर्यधारण गर्ने शक्ति ईश्वर ले प्रदान गरुन भनि कामाना गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मैथिली विकास कोषको निर्माणाधीन भवनका अवलोकन गर्दै ः मुख..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, कार्तिक १ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मैथिली विकास कोष..

5 दिन पहिले

नेसपाको महाधिवेशन जनपुरधाममा मंसिर १ गते गर्ने – अध्यक्..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज ३० गते । नेपाल सद्भावना पार्टीको अध्यक्ष राम कुमार महतोले पार्टी कार्या..

6 दिन पहिले

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन सम्मानित

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज २६ गते । प्रकृति तथा संस्कृति संरक्षणका लागि स्वतन्त्र राष्ट्रसेवक कर्म..

10 दिन पहिले

पत्रकार गुप्तामाथि दुर्व्यवहार गर्नेलाई कडा कारवाहीको ..

प्रिंन्स मिश्रा, कपिलवस्तुबाँके , असोज २४ गते । पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रका..

12 दिन पहिले

वडादशैंमा राजदेवीमाताको प्रत्यक्ष दर्शनबाट नारीहरु बं..

कमल साहजनकपुरधाम,असोज २२ गते । असुर अर्थात राक्षसलाई मार्नको लागि ब्रम्हा, विष्णु, महादेव लगायतका देवताहरुले आ&ndash..

12 दिन पहिले