+977 9854027065 | akulpdsah@gmail.com

श्रोत खुल्न नसकेको साढे २० लाख रूपैयाँ सहित एक जना पक्राउ

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

732 Views

धिरेश दत्त
जनकपुरधाम, भदौ २२ गते शुक्रबार । जनकपुरधाम ( श्रोत खुल्न नसकेको साढे २० लाख नेपाली रूपैयाँ सहित एक जना मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पक्राउ परेको छ ।
आज ( शुक्रबार) साढे १ बजेको समयमा एक जना व्यक्ती भारतबाट नेपाली रुपैया पैठारी गरी आफ्नो साथमा लुकाई छिपाई ओसार पसार गरी ल्याई रहेको भनी विषेश सुराकीको आधारमा जिल्ला धनुषा जनकपुरधाम उ.म.न.पा. वडा न.–४ स्थित सडक खण्डबाट उनलाई पक्राउ गरिएको हो ।

जिप्रका धनुषा तथा मातहत प्रहरी चौकी जनकपुरधाम धनुषा समेतबाट चेकजाँचको लागि खटिएको संयुक्त प्रहरी टोलीले चेकप्वाईन्ट खडा गरी चेकजाच गरी रहेको अबस्थामा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने बर्ष २० को राजेश साह माथि शंका लागि कानूनी रितपुर्वक उनकोे शरिर तथा उसले बोकेको झोला समेतको खानतलासी गर्दा उसले लगाएको पाईन्टको अगाडीको दाहिने खल्ति भित्रबाट ९८०३४५२३५८ नम्बरको सिमकार्ड सहितको अपो लेखेको स्क्रिनटच मोबाईल थान–१ र उसले आफ्नो पिठ्युमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम रू १ हजार दरको नोट १८५० थान र रू ५पाँच सय दरको नोट ४०० थान गरी जम्मा रू बीस लाख पच्चास हजार फेला परेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका रकम र सामान सहित साहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

1 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 महीना पहिले