घुमुवा प्रहरी हुँ भनी धाकधम्की दिई नगद लुटपाट गर्ने एक जना पक्राउ
धिरेश दत्त
जनकपुरधाम, भदौ २९ गते शुक्रबार । घुमुवा प्रहरी हुँ भनी धाकधम्की दिई नगद लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा जिल्लाको महिनाथपुरबाट एउटै मोटरसाईकलमा तीनजना सबार भई तिनकोरिया तर्फ आउँदै गर्दा ज ७ प ६०८६ नं.को माटरसाईकल मा सबार जनकपुर उप–महानगरपालिका वडा नं. २४ सोनापरा बस्ने क्रमशः सुरज मण्डल,सुमित कुमार राम र फेकुन मण्डल जादै गरेको ब्यक्तीहरुलाई मोटरसाईकल रोकी धनुषा जिल्लाको कमला न.पा.३ लग्मा बस्ने वर्ष ३१ को अमरेश कुमार यादबले ज १० प ३७०५ नं.को मो.सा.मा २ जना चढी आएका र हामी घुमुवा प्रहरी हो भनी धाक धम्की डर देखाई गाडी रोक्न लगाएका थिए ।
उसले धाक धम्की डर देखाई तिनीहरुका साथमा रहेको नगद रू.४,०००÷– लुटी भाग्दै गरेको अवस्थामा ईलाका प्रहरीकार्यालय दुहवी धनुषाबाट खटिएको प्रहरी टोलिले लुटपाटमा संलगन ज १० प ३७०५ नं.को मो.सा.र चालक जिल्ला धनुषा कमलान.पा.३ लग्मा बस्ने वर्ष ३१ को अमरेश कुमार यादब लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको र अन्य १ जना फरार रहेकोलाई तिव्ररूपमा खोजतलाश जारीरहेको प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले बताए ।
कमेन्ट गर्नुहोस्
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
1 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
1 महीना पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
2 महीना पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
5 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
5 महीना पहिले
संवाददाता
