+977 9854027065 | akulpdsah@gmail.com

एम्नेस्टि समुह ५७ का संयोजकमा पुनःसम्पादक साह चयन

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

989 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम,असोज १३ गते । एम्नेष्टी इन्टरनेशनल नेपाल युवा समुह–५७ को संयोजकमा खोजवीन साप्ताहिक का सम्पादक कमल साह पुनः निर्विरोध निर्वाचित भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको सभाकक्षमा शनिवार आयोजित सधारण सभाबाट खोजवीन साप्ताहिकका सम्पादक साह को संयोजकत्वमा ९ सदस्यीय नयां कार्यसमिति सर्वसम्मतिबाट चयन भएको छ ।
संयोजक कमल साह को अध्यक्षतामा संचालन भएको सधारणसभाबाट सह संयोजकमा उर्मिला यादब,सचिवमा अम्बिका प्रसाद कर्ण, सह–सचिवमा आनन्द कुमार चौधरी र कोषाध्यक्षमा रमेश कुमार साह चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा क्रमशः बिणा देबी साह, सुनिता कुमारी यादव, मनिश कुमार झा र कैलाश प्रसाद सर्वसम्मतिबाट चयन भएका छन ।
बन्द सत्र भन्दा अघि उद्घाटन सत्र आरम्भ भएको थियो । एआई नेपालको केन्द्रिय प्रतिनिधी प्राध्यापक धु्रव राय ले सो समारोहकोे प्रमुख आतिथ्य गर्दै मानव अधिकार क्षेत्रमा वकालत गर्ने संसारमा पहिलो संस्था एम्नेस्टि ईन्टरनेशनल रहेको जानकारी गराउनु भयो । उहाँले यो स्वयंसेवी संस्था रहेको बताउँदै संसारमा ६० लाख सदस्य रहेको बताउनु भयो ।
सो समारोहमा आफ्नो अध्यक्षिय मन्तत्व राख्दै एआई नेपाल समुह ५७ का संयोजक कमल साह ले कामको खोजीमा विदेशिएका नेपालीहरुमाथि भईरहेको श्रमशोसनको आवाज बुलन्द पार्ने र नेपाली महिला आंग खस्ने बाट पिडीत बन्दै आएको खुलासा गर्दै एआई नेपाल वकालत गरेको स्मरण गराउनु भयो ।
सो कार्यक्रममा एआई नेपाल समुह १५ का संयोजक, मुरारी मिश्र, उप संयोजक हिरा भगत, महिला समुह ४६ का संयोजक शान्ति घिमिरे,पूर्व संयोजक इन्द्रा झा, नागरिक सरोकार समुहका अध्यक्ष एवं जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कुमार साह,निर्माण व्यावसायी तथा लोसपाका केन्द्रिय सदस्य कामेश्वर झा लगायतका उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

4 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

24 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले